काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेको आयोजना र पनौती नगरपालिकाको व्यवस्थापनमा सुरु गरिएको नागरिकता तथा शान्ति सुरक्षा सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्थानीय सत्ताले नागरिकलाई कानूनी राज्यको प्रत्याभूति गराउनुपर्ने कार्यक्रमका प्रमुख अतिथि एवं पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बताउनुभएको छ ।
अन्तरक्रियामा उठेका सवालहरुतर्फ इंकित गर्दै नगर प्रमुख भण्डारीले जनप्रतिनिधि भन्दा पनि कर्मचारी प्रशासनिक पक्षका स्थायी सरकार हुन् । जसमा सत्ता सञ्चालनको सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञानको समेत निपुणता हुन आवश्यक छ । आजको अन्तरक्रियाले नागरिकताका सवालमा कुनै पनि अड्चनहरु रहने छैनन् । सेवाग्राहीले सहज र सरल ढंगबाट सिफारिस प्राप्त गर्नेछन् भन्ने विश्वास आफूले लिएको स्मरण गराउनुहुँदै स्थानीय तहले कार्य सम्पादनको क्षेत्रमा नीतिसंगत काम गर्ने बताउनुभएको छ ।
स्थानीय सत्ता सञ्चालन ऐन, कानूनभित्र रहेर आइपर्ने सम्पूर्ण अड्चनहरु समाधान गर्न उद्धत हुनेछौं । जसले स्थानीय सत्ता सञ्चालनका सवालमा यो एउटा कोसेढुंगा सावित हुनेछ भन्ने विश्वास समेत लिएको खुलासा गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गर्ने कार्यक्रममा स्थानीय तहको महत्वपूर्ण भुमिका रहने बताउनुहुँदै अभियानका रुपमा यस किसिमको अन्तरक्रिया गर्नुका बारेमा प्रकाश पार्नुभएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिएका सेवाप्रति नागरिकहरुबाट के–कस्तो प्रतिक्रिया आउँछ भन्ने अभिप्रायले नै यो कार्यक्रम गरिएको प्रजिअ शर्माले खुलासा गर्नुभएको छ ।
यस्ता किसिमको कार्यक्रमबाट नागरिकका गुनासाहरु सम्बोधन हुनेमा जिल्ला प्रशासन कार्यालय आशावादी रहेको र सेवाग्राहीसँग आत्मीयताको विकास हुने अपेक्षा समेत यो कार्यक्रममा राखिएको बताउनुहुँदै प्रजिअ शर्मा थप्नुहुन्छ– यस कार्यक्रमलाई जिल्लाका १३ वटै पालिकामा लैजाने र जनगुनासो सम्बोधन गर्ने उद्देश्यका साथ अभियानका रुपमा रहेका छौं । यस किसिमको अन्तरक्रियाले सेवाग्राहीले पाउने सेवामा निखारता आउनुको साथै विषयवस्तुको सम्बोधन समेत हुनेछ र सेवा प्रवाह र शान्तिसुरक्षासँग जोडिएका अन्तरवस्तुहरुलाई केलाउने एउटा चौतारीको रुपमा लिनेछौं भन्नुहुँदै जहाँ जे भनिएता पनि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको सम्बन्ध नङ र मासुको रहनेछ । स्थानीय तहको सिफारिसबिना जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई कुनै पनि सेवा दिन असमर्थ रहनेछ । त्यसैले पनि आजको यस अन्तक्र्रियाले पुलको काम गर्नेछ भन्ने अपेक्षा आफूले लिएको स्मरण गराउनुहुँदै भन्दा तितो होला तर यथार्थ र सत्य घटनासँग हाम्रो साइनो रहनेछ ।
अन्तरक्रियामा उठेका सवाल जवाफहरुतर्फ इंकित गर्दै सेवाग्राहीले निर्वाह गर्नुपर्ने दायित्व, कर्तव्य पूरा नगर्दा अड्चनहरु आएका हुन् । त्यसैले तत् तत् समयमा तत् तत् घटना दर्ता मात्र गरिदिए पनि ७५ प्रतिशत अड्चनहरु फुक्नेछन् । जसले सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्नेछन् भने सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय चुस्त दुरुस्त हुन बल पुग्नेछ । त्यसैले आजको यस अन्तक्र्रियामा जे जति, जो जस्ता विषयवस्तु उठे यसले जिल्ला प्रशासन कार्यालयलाई सेवा प्रवाहमा कोसेढुंगा सावित हुन मदत पु¥याउने छ । जसबाट जनगुनासाहरु न्यून भएर जानेछन् भन्ने विश्वास आफूले लिएको प्रजिअ शर्मा बताउनुभएको छ । सम्बोधनकै क्रममा सेवाग्राहीहरुलाई सहज रुपमा सेवा दिनका लागि छिट्टै नै जिल्ला प्रशासनको प्रांगणमा विश्रामस्थल बनाउने प्रतिबद्धता समेत प्रजिअ शर्माले गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी शर्मा स्वयं फिल्डमा पुगेर जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा सुविधा र जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारेमा सरोकारवालाहरुसँग अन्तक्रिया थाल्नु भएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा २०८० भदौ १८ गते पदबहाली गर्नु भएपछि उहाँले सबै स्थानीय तहहरुमा पुगेर यसरी अन्तक्रिया गर्ने घोषणा गर्न भएको हो। पहिलो अन्तक्रियाका रुपमा मंगलबार पनौती नगरपालिकामा प्रजिअ शर्मासहित कार्यालयका सम्बन्धित फाँटका कर्मचारीहरुको सहभागिता रहेको छ ।
त्यसैगरी शान्ति सुरक्षातर्फ उठेका विषयवस्तुको सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भागेन्द्रपुरुष ढकालले जिल्लाको शान्ति सुरक्षामा प्रश्न उठन दिने छैनौ भन्नुभएको छ । जिल्लाको शान्ति सुरक्षाको सवालमा गम्भीर रहेको र चाडपर्व केन्द्रीय रहेर विशेष चाडवाड सुरक्षा योजना २०८० भनेर जिल्लाले कार्ययोजना नै बनाएर लागिपरेको खुलासा समेत गर्नुभएको छ । जसले जिल्लामा महत्वपूर्ण उपलब्धी हासिल गरेको तथ्य रहेको जानकारी गराउनुभएको छ ।
जिल्ला कमाण्ड पोष्ट प्रहरी उपरीक्षकको कमाण्डमा १० जना जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, जिल्ला रिजर्भ फोर्स प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा स्टेण्डबाई, स्ट्राईकिङ्ग प्रहरी निरीक्षकको कमाण्डमा १० जना धुलिखेल न.पा. ४ नं. वडा २८ किलो, त्तच्त् ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १० जना अरनिको राजमार्ग बनेपा चारदोबाटोमा, प्रहरी निरीक्षकको कमाण्डमा बि.पि. राजमार्गको धुलिखेल न.पा. ६ भकुण्डेचोकमा, जुनियर प्रहरी अधिकृतको कमाण्डमा ९ वटा स्थानमा २७ जना ट्राफिक प्रहरी सहित चेकिङ टोली परिचालन गरिएको स्मरण गराउनुहुँदै उपरीक्षक ढकालले थप जानकारी दिने क्रममा जिल्लाको संकास्पद पाँच स्थानमा जुनियर प्रहरी अधिकृतको कमाण्डमा २० जना मा.प.से. चेकिङ्गको व्यवस्था, जिल्लाको ६ वटा स्थानमा जुनियर प्रहरी अधिकृतको कमाण्डमा २५ जना प्रहरी जनशक्ति रेगुलर चेकिङ्ग डिउटी परिचालन, चारपाँग्रे गाडी मोबाईल ८ वटा परिचालन गरिएको प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना, जि.प्र.का.काभ्रे–१, ई.प्र.का.बनेपा–१, ई.प्र.का. मंगलटार–१, ई.प्र.का. कात्तिकेदेउराली–१, ई.प्र.का. देविटार–१, प्र.चौ. पाँचखाल–१, प्र.चौ. पनौती–१, प्र.चौ. भकुण्डेवेशी–१ जिल्ला प्रहरी कार्यालय तथा निम्न मातहत प्रहरी इकाई समेतबाट मोटरसाइकल गस्ती ३८ वटा प्रहरी वरिष्ठ हवलदार तथा प्रहरी हवलदारको कमाण्डमा ७२ जना प्रहरी परिचालन गरिएकोमा जि.प्र.का. काभ्रे –१ वटा, क) श्रेणीको ई.प्र.का–४ वटा, ख) श्रेणीको ई.प्र.का.–२ वटा, प्र.चौ.–२८ वटा, अस्थायी प्रहरी पोष्ट –३ वटा गरी जम्मा ३८ वटा, पैदल गस्तीअन्तर्गत जिल्लाका संकास्पद स्थानहरुमा २४ सै घण्टा जुनियर प्रहरी अधिकृतको कमाण्डमा ३८ वटा प्रहरी इकाईबाट ७७ जना प्रहरी जनशक्ति परिचालन गरिरहेको जानकारी गराउनुभएको छ ।
पिकेट डियुटीमा संवेदनशिल १५ वटा स्थानमा प्र.ब.ह.÷प्र.ह.को कमाण्डमा ३३ जना प्रहरी जनशक्ति परिचालन, राजमार्ग गस्तीमा अरनिको राजमार्ग तथा वि.पि. राजमार्गको संवेदनशिल १२ वटा स्थानहरुमा जुनियर प्रहरी अधिकृतको कमाण्डमा ३६ जना प्रहरी जनशक्ति परिचालन, यात्रुसहयता कक्ष बसपार्क, टिकट काउण्टर, बस बिसौनी लगायतका स्थानमा यात्रुहरुको सुरक्षाको लागि जुनियर प्रहरी अधिकृतको कमाण्डमा २७ जना प्रहरी जनशक्ति परिचालन, बैंक तथा बित्तिय संघ सस्था एटिएम भएका स्थानहरुको सुरक्षाको लागि २६ स्थानमा ५० जना प्रहरी जनशक्ति परिचालन, बजार अनुगमन दैनिक अत्यावश्यक उपभोग्य वस्तु तथा सामग्री कृतिम अभाव, कालो बजारी नियन्त्रणको लागी सरोकारवाला निकायहरुसँग बजार अनुगमनको गर्नको लागि प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी जनशक्ति परिचालन, लामो दुरीका यात्रुबाहक सवारीसाधनमा यात्रुहरुको सुरक्षाको लागी ११ वटा प्रहरी इकाईबाट २२ जना प्रहरी जनशक्ति परिचालन, राजनैतिक कार्यक्रम सुरक्षा चाडपर्वको समयमा राजनैतिक पार्टीहरुले गर्न सक्ने राजनैतिक कार्यक्रम सुरक्षाको लागि प्रहरी निरीक्षकको कमाण्डमा १५ जना प्रहरी जनशक्ति परिचालन, एलआरपि गस्तीमा जिल्लाका बिकट ग्रामिण भेगहरुमा स्थानिय मानिस तथा जनप्रतिनिधीहरुलाई चाडपर्वको समयमा शान्ति सुरक्षाको लागि प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी जनशक्ति परिचालन, बिशिष्ट व्यक्तिहरुको आगमन तथा निवासमा जुनियर प्रहरी अधिकृतको कमाण्डमा २० जना प्रहरी जनशक्ति सुरक्षाको लागि परिचालन, झै–झगडामा कार्यालय तथा मातहतको प्रहरी इकाई समेतबाट संकास्पद २१ वटा स्थानहरुमा जुनियर प्रहरी अधिकृतको कमाण्डमा ४० जना प्रहरी जनशक्ति परीचालन, अवैध घरेलु मदिरा नियन्त्रणमा कार्यालय तथा मातहतको प्रहरी इकाई समेतबाट विभिन्न होटल तथा लजहरुमा चेकजाँच गरी अवैध घरेलु मदिरा नियन्त्रणको लागि जुनियर प्रहरी अधिकृतको कमाण्डमा ४५ जना प्रहरी जनशक्ति परीचालन गरिरहेको जानकारी दिनुभएको छ ।
त्यस्तै राजमार्ग रात्रिकालिन वेशमा वि.पि. राजमार्गको रोशी गा.पा. वडा नं.–९ मंगलटारमा प्रहरी निरीक्षकको कमाण्डमा १० जना, अरनिको राजमार्ग पाँचखालको लामीडाँडामा प्रहरी निरीक्षकको कमाण्डमा १० जना, चाडपर्वको सुरक्षाको लागी दर्जागत प्रहरी जनशक्ति खटिरहेका छन् । जसमा प्रहरी उपरीक्षक–१ जना, प्रहरी नायव उपरीक्षक–२ जना, प्रहरी निरीक्षक –९ जना, प्रहरी वरिष्ठ नायव निरीक्षक–११ जना, प्रहरी नायव निरीक्षक–१५ जना, प्रहरी सहायक निरीक्षक–७१ जना, प्रहरी वरिष्ठ हवलदार–४८ जना, प्रहरी हवलदार–१०९ जना, प्रहरी सहायक हवलदार–१४८ जना, प्रहरी जवान–२९२ जना गरी कुल जम्मा ७ सय ६ जना परिचालन भइरहेको कार्यक्रममा जानकारी गराउनुभएको छ ।
अन्तक्र्रिया कार्यक्रममा पनौती नगरका उपप्रमुख गिता बञ्जारा, प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, उपसचिव प्रणयराज पौडेल, सशस्त्र प्रहरी उपरीक्षक अच्युत कुमार मजगैया, अनुसन्धान प्रमुख राजनविक्रम प्रजापति लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको छ । कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्ष, वडा सचिव, विभागीय प्रमुख लगायतले आफ्नो जिम्मेवारीसँग जोडिएका जिज्ञासाहरु राखेका र समाधान गरेका थिए । प्रजिअ रुद्रादेवी शर्माको अनुमतिले प्रशासकीय अधिकृत दिपेश उप्रेतीले पछिल्लो नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीका बारेमा आएका नीतिगत विषयका बारेमा सहभागीहरुलाई वृत्तचित्रबाट प्रष्ट्याउनुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |