Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

म तपाईंको कडा परिश्रम, समर्पण र नेतृत्व गुणहरूको उच्च कदर गर्न चाहन्छुः गर्भनर केसी

प्रभातफेरी अनलाइन ६७२ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १९, बिहिबार (२ साल अघि)
म तपाईंको कडा परिश्रम, समर्पण र नेतृत्व गुणहरूको उच्च कदर गर्न चाहन्छुः गर्भनर केसी

तेस्रो क्याविनेट मिटिङमा सहभागिताका लागि लायन्सको निम्तो

काठमाडौं । “क्याविनेट मिटिङलाई सबै किसिमले उत्कृष्ट बनाउन चाहन्छौं, धेरै भन्दा धेरैको रजिष्ट्रेसन रहोस् भन्ने हाम्रो चाहना छ” लायनवादको माध्यमबाट नेपाललाई विश्वमा सुन्ने, चिन्ने र सबल मुलुकको रुपमा स्थापित गर्नुपर्नेछ । म तपाईंको कडा परिश्रम, समर्पण र नेतृत्व गुणहरूको उच्च कदर गर्न चाहन्छु भन्नुहुँदै आगामी माघ ५ र ६ गते लमजुङमा हुने तेस्रो क्याविनेट मिटिङलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण लायनहरुलाई सार्वजनिक रुपमा गर्भनर लायन चन्द्रकुमार केसीले निम्तो गर्नुभएको छ ।


तेस्रो क्याविनेट मिटिङमा उल्लेख्य सहभागिताका गराईदिई आयोजकको हौंसला प्रदान गर्नका लागि लायनवादका अभियान्ताहरुलाई निम्तो दिनुभएको जानकारी तेस्रो क्याविनेट मिटिङ मूल आयोजक समितिका संयोजक लायन सुरेश कुमार प्रधानले दिनुभएको छ । तयारी तीव्र गतिले अघि बढ़ेको छ, तयारी कै क्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन लिडरहरूलाई विशेष निमन्त्रणा गरेको लायन प्रधानले बताउनुभएको छ ।
भेलालाई सम्बोधन गर्दै निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन रामबहादुर बसेलले लमजुङ एरियामा लायन्सलाई ब्राण्डिंग गर्नका लागि यो कार्यक्रम कोशेढ़ुङगा सावित हुनेमा विस्वस्त रहेको बताउदै उपस्थित क्लब अध्यक्षहरूलाई प्रि–रजिष्ट्रेसन गर्न अनुरोध गर्नुभएको छ । प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर लायन बिनोद ढुङगानाले पोखरा स्थित सम्पूर्ण क्लबको साथ र सहयोग रहने प्रतिबद्वता व्यक्त गर्दै क्लब अध्यक्षहरूलाई क्लब सदस्यहरूको उल्लेख्य सहभागिता गराई फेलोशिप गराउने अवसरको सदुपयोग गर्न सुझाउनुभएको छ ।
तेस्रो क्याबिनेट मिटिङ तयारीका लागि लायन सुरेशकुमार प्रधानको संयोजकत्वमा मूल आयोजक समिति गठन गरि विभिन्न १४ वटा उप–समितिले आफ्नो जिम्मेवारीलाई तदारुकताका साथ अगाडि बढाइरहेको पनि बताउनुभएको छ ।
संयोजक लायन प्रधानले सहभागिताका लागि सबैलाई निम्तो दिँदै मिटिङ लमजुङस्थित चार वटा क्लबले आयोजना गरेको भएता पनि सम्पूर्ण लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबहरूको कार्यक्रम हो । त्यसैले, कार्यक्रममा सहभागी भइ दिन सम्पूर्ण लायन्स सदस्यहरुलाई अनुरोध गर्नुभएको छ ।
दुई दिनसम्म चल्ने बैठकले लमजुङ जिल्लाको संस्थागत क्षमता सुदृढिकरण, सामाजिक सेवाका क्षेत्रमा सकरात्मक सन्देशप्रवाह, व्यापार व्यवसायमा गतिशिलता, पर्यटन प्रर्वद्धन तथा समग्र जिल्लाको प्रचारप्रसार प्रर्वद्धन हुने अपेक्षा गरिएको छ । वर्तमान आर्थिक मन्दीको अवस्थामा यस कार्यक्रमले थोरै भएपनि व्यापारी व्यवसायीले राहतको अनुभूति गर्न सक्नेछन् । ग्रामिण पर्यटन, होमस्टे पर्यटन, कृषि पर्यटन, पर्यापर्यटन, धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक पर्यटन, साहसिक पर्यटन जस्ता पर्यटकीय क्षेत्रको धेरै संभावना भएकाले जिल्लाको प्रचारप्रसार र समग्र पर्यटन क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी मिटिङका लागि आवश्यक तयारी द्रुत गतिमा अगाडी बढ़ेको सचिवालय उप–समितिका संयोजक लायन किसान संगीतले जानकारी दिनुहुँदै कार्यक्रमको तयारी द्रुत गतिमा भइरहेको र कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न तयारीमा जुटिरहेका छौं भन्नुभएको छ ।
‘क्याविनेट मिटिङलाई सबै किसिमले उत्कृष्ट बनाउन चाहन्छौं, धेरै भन्दा धेरैको रजिष्ट्रेसन रहोस् भन्ने हाम्रो चाहना छ’ मिटिङका लागि रजिष्ट्रेशन उप–समिति संयोजक एवं लायन्स क्लब अफ लमजुङ टुगेदरका वि क्यानका अध्यक्ष लायन शोभा ठकुरीले भन्नुभयो– ‘रजिष्ट्रेसन उप–समितिले आफ्नो कामलाई अगाडी बढाएको छ । प्रि–रजिष्ट्रेशनका लागि बाग्मती क्षेत्रमा लायन धिरज श्रेष्ठ, लायन रामहरी अर्याल, लायन संगिता शर्मा, लायन संगिता थापा के सी र लायन शुशिलकुमार बस्न्यात साथै गण्डकी क्षेत्रमा लायन नगेन्द्र राज बराल, लायन हिरा भण्डारी, लायन गंगा बिलास लोहनी, लायन मोहन राज पौडेललाई जिम्मेवारी प्रदान गरिएको संयोजक लायन ठकुरीले जानकारी गराउनुभएको छ । डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण क्लबहरूलाई फोनमार्फÞत निमन्त्रणा गर्दै प्रि–रजिष्ट्रेशनका लागि समेत अनुरोध गरे बमोजिम रजिष्ट्रेसनको काम अघि बढिरहेको बताउनुहुँदै तेस्रो क्याबिनेट मिटिङ लमजुङवासीको लागि प्रतिष्ठाको विषयसँग जोडिएको समेत बताउनुभएको छ ।
जिल्लास्थित चार वटा लायन्स क्लवहरू लायन्स क्लब अफ लमजुङ बेसीशहर, टुगेदर वि क्यान, लमजुङ दरबार र लमजुङ ग्लोवल सिटीको संयुक्त व्यवस्थापनमा सम्पन्न हुने बैठकमा डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण क्लवबाट करिब १ हजार २ सयको सहभागिता रहने अनुमान गरिएको छ भने बैठकका लागि बेसीशहर नगरपालिका वडा नं ८ स्थित फूलबारी मञ्च परिसरमा तय गरिएको छ ।
मूल आयोजक समितिका संयोजक लायन सुरेश कुमार प्रधानको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन रामबहादुर बसेलको प्रमुख आतिथ्यता डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर लायन बिनोद ढुङगानाको बिशेष आतिथ्यतामा सम्पन्न तयारी भेलामा सिनियर लिडरसहित क्लब अध्यक्षहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
लायन्स क्लब अफ लमजुङ दरबारका सचिव संचारकर्मी किसान संगीतको संचालनमा रहेको कार्यक्रममा डिष्ट्रिक्ट पिआरओ ईन चिफ लायन शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट को–अर्डिनेटर लायन हरिराज पन्त, सिनियर एडभाईजर लायन मोहनराज पौडेल, लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष लायन युवराज खनाल, आदर्श चौतारीका अध्यक्ष लायन दामोदर आचार्य लगायतले आयोजकलाई आफ्नो जिज्ञासा सहित महत्वपूर्ण सुझाव दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0