logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

मुक्तक

प्रभातफेरी अनलाइन६९९ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख ४, मंगलबार(२ साल अघि)
मुक्तक

रचना मोक्तान
१.
जलसम्पदा अमूल्य धन हो हुनुपर्छ ज्ञानी
जलविद्युत बन्नुपर्छ उपयुक्त ठाउँ छानी
उज्यालो नेपाल बल्ल हुने छाँटकाँट आयो
सही नारा नेपालको पानी जनताको लगानी
२.
डाँफे जस्तै हिमालमा नाचौंला नि बरू
छातीमा देशको माया साँचौंला नि बरु
बैरीको सामु शिर झुक्नु हुन्न कहिल्यै
सगरमाथा शिरमा राखी बाँचौंला नि बरु
३.
सडकमा मान्छे भोकै बस्नुपर्ने दिन आयो
तिनैलाई हरेक दिन डस्नुपर्ने दिन आयो
दुई तिहाईको फूँई अब नलागाउँदा हुन्छ
नेता जतिलाई पाता कस्नुपर्ने दिन आयो
४.
सुन्दर तालहरूछन हिमालको छाया
मनमोहक दृश्यहरू रैछन दायाँबायाँ
घुम्दै जाँदा कता–कता हराए झैं लाग्ने
मुटुभरि साँचिरहेछु पोखराको माया
५.
तराईतिर जरुरी खबर एउटा पठाउ
कुसंस्कार र कुरीति डाँडै पारी कटाउ
दाईजोको निहुँमा चेली मारिंदैछ किन ?
तत्काल समाजको दाइजो प्रथा हटाउ।