logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

गजल

प्रभातफेरी अनलाइन४३६ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख ४, मंगलबार(२ साल अघि)
गजल

विनोद बिम्बित
भयो भन्छौ जमाना याद ताजै छन्
अझैसम्मन् पुराना याद ताजै छन्

एकै पुस्तक लिने गर्थ्यौँ दिने गर्थ्यौँ
गजब हुन्थ्यो बहाना याद ताजै छन्

तिमी लज्जावती बन्थ्यौ मजा हुन्थ्यो
म तोड्थेँ हर सिमाना याद ताजै छन्

सुकेको फूल पुस्तक माझमा भेटेँ
दुरुस्तै छन् निसाना याद ताजै छन्

अझै शायर तिनै गल्लीहरू घुम्छ
कहाँ भुल्थ्यो ठेगाना याद ताजै छन्