Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जस्तो कर्म गरिएको थियो, त्यस्तै फल प्राप्त भएको छः अध्यक्ष जिम्बा

प्रभातफेरी अनलाइन ५७८ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १५, मंगलबार (१ साल अघि)
जस्तो कर्म गरिएको थियो, त्यस्तै फल प्राप्त भएको छः अध्यक्ष जिम्बा

महाभारत । राज्यको निकायमा हुने कारोबारको प्रत्यक्ष सरोकार राख्ने महालेखापरिक्षकको कार्यालयले आफ्नो ६१औं वार्षिक प्रतिवेदन हालै सार्वजनिक गरेको छ ।
उक्त प्रतिवेदन अनुसार काभ्रे जिल्लाको अत्यन्तै विकट पालिकाको रुपमा परिचित महाभारत गाउँपालिकाको बेरुजू शुन्य रहेको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० को महाभारत गाउँपालिकाले प्रशासनिक र विकास निर्माणका सवालमा कति पारदर्शिता ढंगबाट काम गर्दाे रहेछ भन्ने कुराको बलियो प्रमाणका रुपमा देखिएको छ ।
महालेखापरिक्षकको कार्यालयले आईतवार सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनमा महाभारत गाउँपालिकाको वेरुजु शून्य रहेको सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार महाभारत गाउँपालिकापछि पनौती नगरपालिकाले दोस्रो स्थानमा आफूलाई स्थापित गरेको छ । त्यसैगरी क्रमशः कम बेरुजुमा परेका रोशी गाउँपालिका तेस्रो स्थानमा रहेको छ । सार्वजनिक प्रतिवेदनमा महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरिक्षण गरेकोमा बेरुजु शून्य रहेको छ । त्यसैगरी पनौती नगरपालिकाले २ अर्व ६६ करोड ५९ लाख ९७ हजारको लेखापरिक्षण गरेकोमा शून्य दशमलव १६ प्रतिशत अर्थात ४२ लाख ४ हजार वेरुजु रहेको छ । त्यस्तै रोशी गाउँपालिकाले एक अर्ब ८२ करोड ५१ लाख ४७ हजारको लेखापरिक्षण गरेकोमा शून्य दशमलव २२ प्रतिशत अर्थात ४० लाख ७७ हजार बेरुजु रहेको छ । काभ्रेको स्थानीय तहहरूमध्ये सबै भन्दा बढी बेरुजु भुम्लु गाउँपालिको रहेको छ । जसको आर्थिक वर्ष २०७९÷०८० मा एक अर्व २० करोड ६९ लाख ४ हजारको लेखापरिक्षण गरेकोमा ४ दशमलव २३ प्रतिशत अर्थात ५ करोड ९ लाख ९४ हजार बेरुजु रहेको छ ।
त्यस्तै नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा एक अर्ब ५६ करोड ८८ लाख ९० हजारको लेखापरिक्षण गरेकोमा ३ दशमलव २६ प्रतिशत अथांत ५ करोड ११ लाख ६९ हजार बेरुजु रहेको छ । पाँचखाल नगरपालिकाको एक अर्ब ८५ करोड ५८ लाख ४३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ९९ प्रतिशत अर्थात ३ करोड ६९ लाख ४३ हजार, चौरीदेउरालीको एक अर्व १ करोड ८३ लाख ८१ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ७९ अर्थात १ करोड ८२ लाख ७३ हजार, धुलिखेल नगरपालिकाको एक अर्व ६३ करोड ४५ लाख ४० हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ६३ प्रतिशत अर्थात २ करोड ६६ लाख ८८ हजार, मण्डनदेउपुर नगरपालिकाको १ अर्ब ६७ करोड १७ लाख ९९ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ४२ प्रतिशत अर्थात २ करोड ९ लाख ७३ हजार, बेथानचोक गाउँपालिकाको एक अर्व ४२ करोड २७ लाख ४३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव २१ अर्थात १ करोड ७१ लाख ८४ हजार, खानीखोला गाउँ पालिकाको ८९ करोड ८६ लाख ३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव १९ प्रतिशत अर्थात ७ लाख ८ हजार, बनेपा नगरपालिकाको २ अर्व ४२ करोड ३७ लाख ९३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ०२ प्रतिशत अर्थात २ करोड ४७ लाख २५ हजार र तेमाल गाउँपालिकाको १ अर्व २६ करोड २५ लाख ७ हजारको लेखापरिक्षण गरेकोमा शुन्य दशमलव ६६ प्रतिशत अर्थात ८३ लाख ४५ हजार बेरुजु रहेको प्रतिवेदनबाट सार्वजनिक भएको छ ।
महालेखापरिक्षकको प्रतिवेदन सार्वजनिक पश्चात् बेरुजू शुन्य हुनुको रहस्यका बारेमा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बासँग प्रतिक्रिया माग्दा जस्तो कर्म गरिएको थियो, त्यस्तै फल प्राप्त भएको अभिव्यक्ति दिनुभएको छ । हामीले पारदर्शी ढंगबाट काम गरेका छौं, जनप्रतिनिधिदेखि कर्मचारीसम्मले जुन किसिमबाट पारदर्शिता देखाउनुभएको छ, त्यसैको नमूना मान्नुपर्छ महालेखाले सार्वजनिक गरेको प्रतिवेदन भन्ने लाग्छ । हुन त जिल्लाको अत्यन्तै विकट र ठगिएको भूगोलमा रहेका हामी महाभारतवासीका लागि यो प्रतिवेदनले अझ काम गर्न उर्जा थपिदिएको छ । जसका कारण जनप्रतिनिधि र कर्मचारीहरुमा काम गर्ने प्रेरणा मिलेको छ भन्ने महसुस यो प्रतिवेदन सार्वजनिक भएपश्चात् गरेको छु ।
महाभारत गाउँपालिकाभित्र सञ्चालित संघीयदेखि स्थानीय सरकारसम्मका विकास निर्माणहरुका सवालमा हामी प्रतिबद्ध छौं कि यहाँ कुनै किसिमको ढिलासुस्ती र अनियमितता हुने छैन भन्ने विश्वास दिलाउन सफल भएका छौं । गाउँपालिकामा अध्यक्ष जिम्बाले अघिल्लो वर्ष केही बेरुजू देखिएपछि शून्यता कायम गर्न विकास बजेटलाई सही सदुपयोग गरिएको बताएका छन् । उहाँका अनुसार बेरुजू शून्यमा झार्नु पनि गौरवको विषय हो, शतप्रतिशत विकास हो । महाभारत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘अति दुर्गम’ मा सूचीकृत गाउँपालिका हो ।
महालेखापरिक्षकका अनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय सरकारको लेखापरीक्षण गरिएकामा पाँच तहका शुन्य बेरुजू देखिएको हो । महाभारत गाउँपालिकामा उक्त आ.व.मा एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरीक्षण भएको थियो । गत आ.व. ०७८÷७९ मा गरिएको लेखापरीक्षणमा शुन्य दशमलव २६ प्रतिशत बेरुजू देखिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0