Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जस्तो कर्म गरिएको थियो, त्यस्तै फल प्राप्त भएको छः अध्यक्ष जिम्बा

प्रभातफेरी अनलाइन ५४७ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १५, मंगलबार (१ साल अघि)
जस्तो कर्म गरिएको थियो, त्यस्तै फल प्राप्त भएको छः अध्यक्ष जिम्बा

महाभारत । राज्यको निकायमा हुने कारोबारको प्रत्यक्ष सरोकार राख्ने महालेखापरिक्षकको कार्यालयले आफ्नो ६१औं वार्षिक प्रतिवेदन हालै सार्वजनिक गरेको छ ।
उक्त प्रतिवेदन अनुसार काभ्रे जिल्लाको अत्यन्तै विकट पालिकाको रुपमा परिचित महाभारत गाउँपालिकाको बेरुजू शुन्य रहेको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० को महाभारत गाउँपालिकाले प्रशासनिक र विकास निर्माणका सवालमा कति पारदर्शिता ढंगबाट काम गर्दाे रहेछ भन्ने कुराको बलियो प्रमाणका रुपमा देखिएको छ ।
महालेखापरिक्षकको कार्यालयले आईतवार सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनमा महाभारत गाउँपालिकाको वेरुजु शून्य रहेको सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार महाभारत गाउँपालिकापछि पनौती नगरपालिकाले दोस्रो स्थानमा आफूलाई स्थापित गरेको छ । त्यसैगरी क्रमशः कम बेरुजुमा परेका रोशी गाउँपालिका तेस्रो स्थानमा रहेको छ । सार्वजनिक प्रतिवेदनमा महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरिक्षण गरेकोमा बेरुजु शून्य रहेको छ । त्यसैगरी पनौती नगरपालिकाले २ अर्व ६६ करोड ५९ लाख ९७ हजारको लेखापरिक्षण गरेकोमा शून्य दशमलव १६ प्रतिशत अर्थात ४२ लाख ४ हजार वेरुजु रहेको छ । त्यस्तै रोशी गाउँपालिकाले एक अर्ब ८२ करोड ५१ लाख ४७ हजारको लेखापरिक्षण गरेकोमा शून्य दशमलव २२ प्रतिशत अर्थात ४० लाख ७७ हजार बेरुजु रहेको छ । काभ्रेको स्थानीय तहहरूमध्ये सबै भन्दा बढी बेरुजु भुम्लु गाउँपालिको रहेको छ । जसको आर्थिक वर्ष २०७९÷०८० मा एक अर्व २० करोड ६९ लाख ४ हजारको लेखापरिक्षण गरेकोमा ४ दशमलव २३ प्रतिशत अर्थात ५ करोड ९ लाख ९४ हजार बेरुजु रहेको छ ।
त्यस्तै नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा एक अर्ब ५६ करोड ८८ लाख ९० हजारको लेखापरिक्षण गरेकोमा ३ दशमलव २६ प्रतिशत अथांत ५ करोड ११ लाख ६९ हजार बेरुजु रहेको छ । पाँचखाल नगरपालिकाको एक अर्ब ८५ करोड ५८ लाख ४३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ९९ प्रतिशत अर्थात ३ करोड ६९ लाख ४३ हजार, चौरीदेउरालीको एक अर्व १ करोड ८३ लाख ८१ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ७९ अर्थात १ करोड ८२ लाख ७३ हजार, धुलिखेल नगरपालिकाको एक अर्व ६३ करोड ४५ लाख ४० हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ६३ प्रतिशत अर्थात २ करोड ६६ लाख ८८ हजार, मण्डनदेउपुर नगरपालिकाको १ अर्ब ६७ करोड १७ लाख ९९ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ४२ प्रतिशत अर्थात २ करोड ९ लाख ७३ हजार, बेथानचोक गाउँपालिकाको एक अर्व ४२ करोड २७ लाख ४३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव २१ अर्थात १ करोड ७१ लाख ८४ हजार, खानीखोला गाउँ पालिकाको ८९ करोड ८६ लाख ३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव १९ प्रतिशत अर्थात ७ लाख ८ हजार, बनेपा नगरपालिकाको २ अर्व ४२ करोड ३७ लाख ९३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ०२ प्रतिशत अर्थात २ करोड ४७ लाख २५ हजार र तेमाल गाउँपालिकाको १ अर्व २६ करोड २५ लाख ७ हजारको लेखापरिक्षण गरेकोमा शुन्य दशमलव ६६ प्रतिशत अर्थात ८३ लाख ४५ हजार बेरुजु रहेको प्रतिवेदनबाट सार्वजनिक भएको छ ।
महालेखापरिक्षकको प्रतिवेदन सार्वजनिक पश्चात् बेरुजू शुन्य हुनुको रहस्यका बारेमा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बासँग प्रतिक्रिया माग्दा जस्तो कर्म गरिएको थियो, त्यस्तै फल प्राप्त भएको अभिव्यक्ति दिनुभएको छ । हामीले पारदर्शी ढंगबाट काम गरेका छौं, जनप्रतिनिधिदेखि कर्मचारीसम्मले जुन किसिमबाट पारदर्शिता देखाउनुभएको छ, त्यसैको नमूना मान्नुपर्छ महालेखाले सार्वजनिक गरेको प्रतिवेदन भन्ने लाग्छ । हुन त जिल्लाको अत्यन्तै विकट र ठगिएको भूगोलमा रहेका हामी महाभारतवासीका लागि यो प्रतिवेदनले अझ काम गर्न उर्जा थपिदिएको छ । जसका कारण जनप्रतिनिधि र कर्मचारीहरुमा काम गर्ने प्रेरणा मिलेको छ भन्ने महसुस यो प्रतिवेदन सार्वजनिक भएपश्चात् गरेको छु ।
महाभारत गाउँपालिकाभित्र सञ्चालित संघीयदेखि स्थानीय सरकारसम्मका विकास निर्माणहरुका सवालमा हामी प्रतिबद्ध छौं कि यहाँ कुनै किसिमको ढिलासुस्ती र अनियमितता हुने छैन भन्ने विश्वास दिलाउन सफल भएका छौं । गाउँपालिकामा अध्यक्ष जिम्बाले अघिल्लो वर्ष केही बेरुजू देखिएपछि शून्यता कायम गर्न विकास बजेटलाई सही सदुपयोग गरिएको बताएका छन् । उहाँका अनुसार बेरुजू शून्यमा झार्नु पनि गौरवको विषय हो, शतप्रतिशत विकास हो । महाभारत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘अति दुर्गम’ मा सूचीकृत गाउँपालिका हो ।
महालेखापरिक्षकका अनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय सरकारको लेखापरीक्षण गरिएकामा पाँच तहका शुन्य बेरुजू देखिएको हो । महाभारत गाउँपालिकामा उक्त आ.व.मा एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरीक्षण भएको थियो । गत आ.व. ०७८÷७९ मा गरिएको लेखापरीक्षणमा शुन्य दशमलव २६ प्रतिशत बेरुजू देखिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0