Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

प्रभातफेरी अनलाइन १९६९ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ २२, मंगलबार (१ साल अघि)
कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका दाप्चामा रहेको सुत्केरीढुंगा स्थानमा आमा शुभलक्ष्मी श्रेष्ठ र बुबा माधवकृष्ण श्रेष्ठबाट जन्मनुभएकी कान्छी छोरी सिर्जना श्रेष्ठ पेशाले नर्स हुनुहुन्छ । हाल पनि ग्राण्डी सिटीको अप्रेशन विभाग (ओटि) मा कार्यरत नर्स श्रेष्ठ मेडिकल क्षेत्रमा मात्र आफूलाई सीमित नराखी समयको माग र चाहनाअनुसार कृषि पेशालाई अब्बल रुपमा पछ्याउन पुग्नुभएको छ । आफ्नो मेडिकल क्षेत्रको विज्ञता एकातिर रहँदारहँदै भौगोलिक बनावट र मुलुकको पहिलो आवश्यकता कृषिलाई सम्झी कृषि पेशा अनिवार्य छ है भन्ने प्रेरणाको स्रोतका रुपमा आफूलाई उभ्याउन पछि पर्नुभएन । जसको पहिलो प्रयास नयाँ प्रविधिको प्रयोग गर्दै पोलिब्याग खेतीबाट कृषि व्यवसायलाई अगाडि बढाउन पुग्नुभएको छ । अब उहाँ नर्समा मात्र सीमित नरही अब्बल किसानका रुपमा स्थापित भएको आभाष मिलेको छ । हिजो नर्स सिर्जना भनेर बस्तीले चिनिन्थ्यो भने अब सफल किसानका रुपमा आफ्नो पहिचान बनाउन पुग्नुभएको छ । आफ्नो पेशाबारे सिर्जना श्रेष्ठका अभिव्यक्तिहरुले पनि यि कुराहरुलाई सहज स्वीकार्नुहुन्छ भन्ने आशय पाएका छौं ।
किसानहरुको उत्पादन माटोमा मिलिरहेको अवस्थामा जुन प्रविधिबाट कृषि खेती गरेर प्रेरणाको स्रोत स्थापित हुन खोजिरहनुभएका कृषि व्यवसायी सिर्जना श्रेष्ठसँग प्रभातफेरी टिमका लागि हाम्रा प्रतिनिधि बिपशना शाक्यले लिएको संवादको केही अंश यहाँ प्रस्तुत गरेका छौं । स.

 

० तपाईं फरक पृष्ठभूमिबाट आउनुभएको, किन कृषि व्यवसाय रोज्नुभयो ?
म किसानको परिवारमा जन्मेको र विवाह गरी आएको घरमा पनि श्रीमान् कृषि क्षेत्रमा निकै लगाव राख्ने व्यक्ति हुनुहुँदो रहेछ । उहाँकै प्रेरणा, साथ, सहयोगकै कारण मलाई यस कृषि पेशा आकर्षित ग¥यो । मैले हासिल गरेको मेडिकल क्षेत्रको सीप सँगसँगै श्रीमान्का अपेक्षा र चाहनाहरुलाई पनि सघाउनुपर्छ भन्ने भावनाका साथ यो प्रविधिलाई अँगालेर बढेको छु ।
० फरक प्रविधि भन्नुभएको छ, त्यसको बारेमा प्रष्ट्याई दिनसक्नुहुन्छ ! आज किसानलाई आफ्नो उत्पादनको मूल्य नपाइरहेको बेला तपाईंले आँट गर्नुभएको छ, यसमा भविष्य देख्नुभएको छ ?
अवश्य, यो प्रविधिका बारेमा मैले बुझाउनै पर्छ । जुन प्रविधि हामीले सुरु गरेका छौं, त्यसबाट किसानहरुको लागत कम उत्पादन बढी र जैविकताको संरक्षण पनि हुन्छ । अझ भन्नुपर्दा, यो प्रविधिबाट खेती गर्दा सिंचाईमा धेरै समस्या नआउने, उत्पादनलाई अनावश्यक झार, किरा फट्यांग्राहरुले दुःख दिन नसक्ने भएकै कारणले यो प्रविधि हाम्रो माटो सुहाउँदो छ भन्ने विश्वास मैले लिएको छु । कृषि प्रविधिअन्तर्गत यस किसिमको खेतीलाई आजकाल पोलिब्याग खेती वा पोलिब्याग नर्सरी पनि भनिन्छ, पोलिब्यागमा बिरुवाहरु उब्जाउने एक विधि हो । जुन एकल बिरुवाहरुको गहन हेरचाह र स्याहारका लागि प्रयोग गर्न सकिन्छ । पोलिब्याग खेतीलाई परम्परागत खेतीभन्दा बढी व्यवहारिक र उत्पादनमुलकका रुपमा प्राथमिकता दिइन्छ । किनभने यस खेती प्रणालीमा समग्र बिरुवाको विकास र स्वास्थ्य गहन हेरचाह गर्न सकिने प्रविधि पनि हो ।
यो प्रविधि अन्तर्गत कुनै पनि रसायनहरु बिना उत्पादन लिन सकिन्छ । जसको कारण आज हामीले सहज रुपमा बजार पाएका छौं । आजका उपभोक्ताहरु स्वस्थ जीवनोपयोगी तरकारी र खाद्यान्नको खोजीमा छन् । जसको कारण हाम्रो उत्पादनले बजारको समस्या खेप्न परेको छैन । जैविक (अर्गानिक) उत्पादन भएकोले यसको बजार धेरै ठूलो छैन, विशेष किसिमका ग्राहकहरुले मात्रै हाम्रो उत्पादन खरिद गर्नुहुन्छ । ग्राहकहरु चण्डी अर्गानिक एग्रीकल्चर एण्ड रिसर्च सेन्टरमा नै आएर लिन आउनुहुन्छ । यो हाम्रो सानो प्रयास भएकोले भविष्यमा यसको दायरा (स्कोप) धेरै हुन्छ भन्ने आशा गरेको छु ।
० अहिले प्रत्येक वस्तुमा बिचौलियाहरुको दबदबा चलेको छ, यो अवस्थामा तपाईंको उत्पादनले सहज रुपमा बजार पाउँछ भन्ने निश्चित के छ ?
मैले माथि पनि भनिसकेको छु । हाम्रो उत्पादनहरु फार्मबाटै बिक्रि वितरण हुँदै आएका छन् । बचेको केही उत्पादन अर्डर अनुसार प्याकिङ्ग गरी सम्बन्धित उपभोक्तासम्म पु¥याउने गरेका छौं । जसको कारण बिचौलियाको सिकार हुन परेको छैन । हुन त भोलि उत्पादनको मात्रा वृद्धि भएपछि बजार खोज्नैपर्छ । यतिमै सीमित रहने कुरा पनि त रहँदैन । त्यतिबेला तपाईंले भने जस्तो समस्या नआउला भन्न सकिँदैन । त्यसका लागि किसानको उत्पादनको जिम्मा राज्यले लिनुपर्छ । तब मात्रै बिचौलियाबाट किसान र उपभोक्ता दुईटै बच्न सक्छन् । यसतर्फ स्थानीय सरकारदेखि संघीय सरकारसम्म सचेत हुनुको विकल्प छैन भन्ने महसुस मैले गरेको छु ।


० जुन प्रविधिबाट व्यवसाय गरिरहनुभएको छ, त्यो प्रविधि र परम्परागत प्रविधिमा के भिन्नता छ ? कुन प्रविधि नेपालको माटो सुहाउँदो छ ?
हुन त मैले केही अंश माथि पनि राखिसकें । आज हामीले प्रयोग गरेको प्रविधिलाई पोलिब्याग प्रविधि भनिन्छ । जसमा माटोलाई एउटा पोलिब्यागमा भरिएर टनेलभित्र क्रमबद्ध रुपमा राखी एउटा–एउटा बिरुवा मात्रै रोपिन्छ । जुन प्रविधि परम्परागत भन्दा धेरै फरक छ । यो प्रविधिमा प्रारम्भिक खर्च बढी भए पनि सुरु भइसकेपछिको खर्च भने कम हुँदै जान्छ । यसको भिन्नता भनेको परम्परागतको भन्दा प्राविधिक पक्ष र कृषि पक्ष हुन्छ । प्राविधिक पक्षमा पोलिब्याग प्रयोग हुन्छ । यसमा पानी र मल दिन थोपा सिंचाइको प्रयोग गरिएको हुन्छ । जसले गर्दा दैनिक पानी दिइरहन झन्झट हुँदैन । त्यसैगरी घाँस उखल्नेदेखि लिएर गोडमेल गर्न धेरै खेतालाको आवश्यक पर्दैन । त्यस्तै कृषि पक्षमा हामीले बोटको बेर्ना एउटा पोलिब्यागमा एउटै मात्र रोप्न भएकाले रोग, किरा नियन्त्रण गर्न सजिलो हुन्छ र बोटबिरुवाको हेरचाह गर्न पनि निकै सजिलो हुन्छ । त्यसकारणले पनि यसमा खर्च कम नै हुन्छ । मेरो विचारमा नेपालमा अहिले कृषि क्रान्तिको आवश्यकता छ र त्यही भएर परम्परागत विधिभन्दा यस प्रविधिलाई प्रयोग गरेर कृषिलाई आधुनिकीकरण र उत्पादन वृद्धिमा यो प्रविधि नेपाली माटोको लागि अति उपयुक्त देख्छु ।
० तपाईंले यो प्रविधि भित्र्याएर कति क्षेत्रफलमा कुन–कुन बाली लगाउनुभएको छ ? खेती गरेअनुसारको अहिलेको अवस्था के छ ?
अहिले हामीले चण्डेश्वरी–५ मा २ रोपनी जग्गामा यो खेती गरिरहेका छौं । अहिलेको सिजनमा हामीले बन्दा, गोलभेडा, भेडेखुर्सानी, खुर्सानी, अकबरे खुर्सानी, सिन्डोभी फर्सी (मादले फर्सी), धुन्धुको साग र चुकन्दरको बाली लगाएका छौं । हामीले खेती सुरु गरेको करिब ३ वर्ष हुन लाग्यो, अहिलेसम्म घरको तरकारीको माग पूरा गरी बजारमा समेत बिक्रि वितरण गरी केही प्रतिशत आय आर्जन पनि गरिरहेका छौं ।
० पोलिब्याग प्रविधि प्रारम्भिकमा धेरै खर्चालु हुने भएर बजारमा प्रतिस्पर्धा गर्न कतिको कठिनाइ छ ? अनुभव सुनाइदिनुस् न ।
यो प्रविधि आधुनिक कृषि अन्तर्गत भएकोले यसको प्रारम्भिक खर्च बढी नै हुन्छ । जसमा पोलिब्याग खरिद, थोपा सिंचाइलाई आवश्यक सामग्री खरिद गरिने भएकोले प्रारम्भिक खर्च बढी भएता पनि क्रमशः वर्षैपिच्छे यसमा खर्च कम हुँदै जान्छ । त्यसैले बजारमा परम्परागत प्रविधिबाट उत्पादन भएको र पोलिब्याग प्रविधिबाट भएको उत्पादनको मूल्यमा त्यति फरक नपर्ला । अझ व्यवसायिक रुपमा पोलिब्याग प्रविधि प्रयोग गर्नुभयो भने तरकारीको लागतमा कटौती गर्न सकिन्छ ।
० यो व्यवसाय कतिको सन्तोषजनक छ र कति जनालाई रोजगारी प्रदान गर्नुभएको छ ?
हालको अवस्थामा कृषि व्यवसाय त्यति सन्तोषजनक नभएता पनि हामीले भित्र्याएको प्रविधिले निराश पनि बनाएको छैन । हामी उत्साहित भएरै यो पेशालाई निरन्तर रुपमा अगाडि बढाउने गुरुयोजना सहित लागिपरेका छौं । जैविक खेती भएकै कारण बोटबिरुवालाई अलि धेरै रोग तथा किटाणुले सताउने गर्दछ । त्यसबाहेक अरु सबै कुरामा सन्तोषजनक नै छ । सवाल रोजगारीको छ, यो व्यवसायको लागि कम नै श्रमिक लाग्ने भएकोले हामी आफ्नै श्रमले थेगेका छौं । अन्य बाहिरी जनशक्तिलाई रोजगारीका रुपमा अगाडि ल्याउनुपरेको छैन ।
० राज्यले कृषिको क्षेत्रमा लगानी बढाइरहेको छ, तपाईंले अनुदान लिनुभएको छ कि छैन ? के अपेक्षा राख्नुभएको छ ?
हो, सरकारले कृषकहरुको उत्पादनलाई महत्व दिएर धेरै अनुदान तथा सहयोग दिइराखेको छ । तर यो प्रविधि र रिसर्चको लागि भने नितान्त हाम्रो आफ्नै लगानी मात्र रहेको छ । हामीले सरकारको अनुदान लिएका छैनौं । आगामी दिनमा स्थानीय सरकारबाट सहयोग भएको खण्डमा यसलाई व्यावसायिक रुपमा नै रोजगारी सिर्जना हुने गरी अघि बढाउँदै लग्ने छौं ।
० कौसी खेती भनेर बनेपा नगरपालिकाले आफ्नो योजना अघि सारेको छ । पोलिब्याग खेती र कौसी खेतीमा के भिन्नता छ ?
कौसी खती र पोलिब्याग प्रविधि नितान्त फरक पाटो हो । कौसी खेती भन्ने बितिकै कौसीमै मात्र सीमित हुने खेती हो । यो सोचेजतिको व्यावसायिक खेती हुँदैन । तर पोलिब्याग प्रविधिमा भने परम्परागत खेती गरेजस्तै ठूलो क्षेत्रफलमा गर्न सकिने हुँदा यसलाई व्यावसायिक रुपमा अगाडि बढाउन सकिन्छ । बनेपा नगरपालिकाले कौसी खेतीमा पोलिब्याग प्रविधि प्रयोग गरी फोहोर व्यवस्थापनका साथै तरकारी उत्पादनमा वृद्धि गरी यस प्रविधिलाई जोड दिए हुन्थ्यो भन्ने मलाई लाग्छ ।
० कृषकहरुको समस्याको रुपमा रहेको सिंचाईका बारेमा यो प्रविधिमा थोपा सिंचाईले कतिको मदत पु¥याएको छ र सरकारले यसमा के गरिदिए हुन्थ्यो भन्ने लाग्छ ? स्पष्ट पारिदिनुस् न ।
नेपालमा सिंचाईको समस्यासँगै मौसमी खेतीको प्रचलन पहिलेदेखि नै रहँदै आएको छ । यहि समस्या समाधारको लागि पनि पोलिब्याग प्रविधिमा थोपा सिंचाई प्रयोग गर्न सकिन्छ । जसले गर्दा पानीको उचित उपयोग हुन्छ र पानीको लागि मौसमको प्रतिक्षा गर्नुपर्दैन । थोपा सिंचाइको लागि सरकारले प्रारम्भिक लगानीमा अनुदान प्रदान गरिदिएमा कृषकहरुलाई धेरै सजिलो र राहत हुनेछ भन्ने विश्वास लिएको छु ।
० अन्त्यमा मैले सोध्न छुटेका र तपाईंले राख्न खोज्नुभएको केही बाँकी छ ?
सर्वप्रथमतः मलाई यो मौका दिनुभएकोमा तपाईं र प्रभातफेरी टिमलाई धेरै धन्यवाद । यस प्रविधिबाट व्यावसायिक रुपमा कृषकहरुले खेती गरी प्रविधिको उचित प्रयोग, उत्पादनमा वृद्धि र कृषिलाई व्यावसायिकरण गर्न मिल्ने भएकोले यस प्रविधिलाई सकभर सबै कृषकले अँगालेर अगाडि बढिदिनुहुन अनुरोध समेत गर्दछु । साथै यो विधिबाट व्यवस्थित कौसी खेती गर्न मिल्ने भएकोले यो विषयलाई सम्बन्धित सरकारले गहन अध्ययन गरी बजेटको सही सदुपयोग हुने किसिमबाट यो प्रविधिलाई अँगाल्ने छ भन्ने अपेक्षा पनि लिएको छु । जुन प्रविधिको हामीले शुभारम्भ गरेका छौं, त्यसका लागि प्राविधिकहरुको खाँचो एकातिर पर्छ भने किसानहरुले राम्रोसँग जानकारी पाएका छैनन् । जसकाले कारण परम्परागत प्रविधिमै अल्मलिएका छन् । यो अवस्थामा स्थानीय सरकारले पोलिब्याग प्रविधिबाट खेती गर्न प्रोत्साहन दिन आवश्यक छ एकातिर भने अर्काेतर्फ परम्परागत रसायन प्रयोग भएको खाद्यवस्तुले शरीरमा पारिरहेको नकारात्मक असर र पोलिब्याग प्रविधिबाट उत्पादन भएका खानेकुराहरुको फाइदाका बारेमा जनस्तरमा सचेतनामुलक अभियान सञ्चालन गरेर स्वस्थ नागरिक स्थापित गर्न राज्यसत्ता उद्धत्त होस् भन्ने अपेक्षा पनि राख्दछु । त्यसका लागि आवश्यक पर्ने जनशक्ति उपलब्ध गराउन पनि हाम्रो फार्म तयार रहेको जानकारी यिनै संवादमार्फत् सार्वजनिक गर्न चाहन्छौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%८%१%
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • Post Thumbnail

    जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको सम्बन्ध न· र मासुको जस्तो छ, पाँचखालमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका छौं

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0