Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शैक्षिक जगत्भित्रका सक्रिय नामः उत्तामकृष्ण कर्माचार्य

प्रभातफेरी अनलाइन ३१३ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ २२, मंगलबार (१ साल अघि)
शैक्षिक जगत्भित्रका सक्रिय नामः उत्तामकृष्ण कर्माचार्य

मोहन दुवाल, वरिष्ठ साहित्यकार
‘I am retired but not tired’ भन्नुहुने प्रा.डा. उत्तमकृष्ण कर्माचार्य ८० वर्ष नाघेर पनि निकै जाँगरिला, हेर्दैमा ऊर्जाशील, ख्यालठट्टा गर्न सिपालु फुर्तिला व्यक्तिका रुपमा क्रियाशील जेष्ठ नागरिक हुनुहुन्छ । कसैको अगाडि पुग्नुुहुँदा, सभा–समारोहमा वक्ताका रुपमा उभिने गर्नुहुँदा रसिक व्यक्तित्वका रुपमा उहाँ आफूलाई प्रस्तुत गुर्नहुन्छ । फराकिलोपन र सबैसँग भिजिने मन भएकै कारणले उहाँ सबैसँग घुलमिल गर्न रुचाउनु हुन्छ । उहाँको पन, उहाँको व्यवहार र उहाँको बोलीवचन कसैलाई मन पर्ला–नपर्ला आ–आफ्नो दृष्टि र सोचले उहाँलाई हेर्ने गर्लान् त्यो त उहाँहरुकै दृष्टि र सोचले मापन गर्ने विषय हो । त्यसैले भन्न मन लाग्यो मलाई; उहाँ कलुषित मन भएको खराब मान्छे पक्कै होइन । यही दृष्टि राखेर म उत्तम कर्माचार्यलाई मापन गर्न रुचाइरहेछु ।
२०८१ जेठ ४ गते मात्र मित्र उत्तमजीको निम्तोमा उहाँ सक्रिय रहँदै आउनुभएको भक्तपुर सल्लाघारीस्थित ‘इवामुरा’ शैक्षिक प्राङ्गणभित्र छिर्न पाएको हुँ । उहाँ खुसीले उफ्रिनु भयो र मलाई स्वागत गर्दै ‘भारती किन नआएकी ?’ भनेर सोध्नुभयो । आफ्नो कम्प्युटर स्क्रिनमा साहित्यकार ‘मोहन दुवाललाई स्वागतम्’ भन्ने आफ्नो मनदेखिको मप्रतिको ऊर्जामय वाणी मलाई सुनाउनु भयो । आफ्नै धुनमा सबैथोकको ख्याल राख्नुभएर भक्तपुरको माटोमा ‘इवामुरा’ मार्फत् शैक्षिक सेवा पु¥याउनुहुँदै जेष्ठ नागरिक भइसकेको शारीरिक स्थितिलाई ख्यालै नगरी निरन्तर सेवामा जुटिरहनुभएको छ । यस्तै खालका मेरो मनले खाएका समाज र राष्ट्रमा देखाउन सकिने मित्रको अनुहार चिनाउन मन परेर उहाँको व्यक्तित्व चिनाउन म खोजिरहेछु । पुस्तक, शैक्षिक ज्ञान एक–अर्कामा साटासाट भयो । केही मित्रहरुसँग चिनाजानी गराउनु भयो । खुसी लाग्यो, इवामुराको शैक्षिक कोठामा रमेर उत्तमजीसँग उहाँको शैक्षिक कृयाकलाप र भावनासँग मन साटासाट गर्ने मौका मिल्यो ।
बनेपामा मामाघर भएकैले आजाद माविमा प्रारम्भिक शिक्षा प्राप्त गर्नुहुने उहाँले बनेपाबाट नै प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो । बनेपामा थुप्रै मित्र बनाउनुभयो । बनेपालाई आफ्नो घरजस्तो सम्झिनुभयो । बनेपाका इतिहासकार केदारनाथ प्रधान, समाजसेवक हरिभक्त भोछिभोया, ज्ञानविज्ञानका विज्ञ जवाहर पलाञ्चोके उहाँका समकालीन मित्रहरु हुन् । शिक्षासेवी रामभक्त कोख श्रेष्ठ, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, शिक्षणसेवाका अग्रज आशाकाजी श्रेष्ठ (सेवक) उहाँका लागि बनेपाका अग्रज नामहरु र उहाँका प्रिय नामहरु हुन् । रामभक्त कोख श्रेष्ठ बनेपाका नगरप्रमुख छँदा उत्तम कर्माचार्यले निरक्षरता उन्मुलन गर्ने अभियानमा सक्रिय रहनुभयो । २० मे १९४६ मा भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं. ८ को तुलाछेँमा पिता हिरण्यभक्त कर्माचार्य माता भक्तिमाया कर्माचार्यका जेष्ठ सुपुत्रका रुपमा जन्मिनुभएका उहाँले आफ्नो जीवनको पाँचदशकभन्दा बढी लामो समयसम्म नेपालमा शिक्षा सेवामा आफ्नो सक्रिय योगदान पु¥याउनुभयो । नेपालको शैक्षिक क्षेत्रको विकास र प्रवद्र्धनमा निरन्तर क्रियाशील रहनुभयो । हालसम्म पनि उहाँ ‘डा. इवामुरा कलेज अफ हेल्थ साइन्स’ मा कार्यकारी निर्देशक र ‘डा. इवामुरा मेमोरियल हस्पिटल’ मा निर्देशक रही सेवा पु¥याइरहनुभएको देखिन्छ ।
सन् १९८७ सालमा भारतको विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधी गर्नुभएका उहाँले थुप्रै पुस्तकहरुको सम्पादन र सङ्ग्रह गर्नुभई प्रकाशन गर्नुभएको देखिन्छ । उहाँले नेपालको शैक्षिक विकासमा आफूलाई थाक्न नदिई निकै महत्वपूर्ण शैक्षिक कृयाकलापहरुमा योगदान पु¥याउनुभयो । उहाँको पछिल्लो प्रकाशित कृति हो – ‘नेपालमा शिक्षक शिक्षा र आधुनिकता’ । उहाँका अधिकांश कृतिहरुमा शिक्षा, शिक्षक–शिक्षिका, विद्यालय, शिक्षालयहरुकै सन्दर्भमा चर्चा भएको पाइन्छ । उहाँकै सक्रियतामा ३४ वटा शिक्षासँग सम्बन्धित पुस्तक, पत्रिका, स्मारिका प्रकाशित भएका छन् । शिक्षामा उहाँको आफ्नै खालको मान्यता र उद्देश्य रहेको देखिन्छ । २०२८ सालमा आएको नयाँ शिक्षा योजनाबाट विशेष प्रभावित उहाँ योजना खारेज भएकोमा चित्त दुखाउने गर्नुहुन्छ । शिक्षामा राजनीतिकरण हुने वातावरणबाट उहाँ आजित हुनुहुन्छ र ‘शिक्षामा राजनीतिकरण कहिल्यै पनि हुनुहुँदैन’ भन्ने सोच उहाँ राख्नुहुन्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय १५० वटाभन्दा बढी शैक्षिक गोष्ठी–संगोष्ठी, प्रशिक्षण, कार्यशालाहरुमा सहभागी भइसक्नुभएका उहाँले शिक्षामा आफ्नै खालको योगदान पु¥याइसक्नुभएको देखिन्छ । शिक्षामा मात्र नभई सामाजिक सेवामा पनि आफ्नो खालको समर्पण पु¥याउन सफल उहाँले भक्तपुरमा मात्र नभईकन बनेपामा पनि आफ्नो सेवा र समर्पण देखाउनुभएको छ, जुन प्रशंसनीय नै छ । यसको प्रमाण हो – रामभक्त कोख श्रेष्ठ सिरपाः गुठी संस्थापन र संचालनमा उहाँको सङ्लग्नता र सक्रियता ।
आफूलाई राजनीतिक अगुवा होइन ‘देशलाई माया गर्ने एकजना साधारण नेपाली’का रुपमा चिनाउन चाहनुहुन्छ । उहाँ राष्ट्रवादीहरुको संगठन नेपाल (Nationalist’s Association of Nepal(Nan) का अध्यक्ष समेत हुनुहुन्छ । उहाँको आफ्नै खालका विशेषताहरु छन् । उहाँ तल उल्लेख भएअनुसारका सिद्धान्तमा आफूलाई ढाल्न रुचाउनु हुन्छ । ‘नेतृत्वको भन्दा भ्रातृत्वको आवश्यकता’ छ । यस दृष्टिबाट नै मान्छे–मान्छेको सम्बन्धमा निकटता ल्याइदिने र आत्मीयता बढाई दिने गर्छन् भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ । कसैलाई उपेक्षा गर्नुभन्दा सहकार्यको आवश्यकता भएको उहाँ औंल्याउने गर्नुहुन्छ । उहाँको विचारमा अवहेलनाले घाटा गर्ने र प्रशंसाले प्रगति खुल्ने कुरामा उहाँ विश्वास गर्नुहुन्छ । व्यापक दृष्टिले मान्छेलाई प्रगतितर्फ लम्काउँछ । संकुचित विचारले मान्छेलाई महान बनाउँदैन, मान्छेमा व्यापक दृष्टि हुनुपर्छ उहाँ भन्ने गर्नुहुन्छ । भद्रताको विकास गर्न सुशिल हुन सिक्नुपर्छ, घमण्डले मान्छेलाई गिर्न दिन्छ, उहाँको आफ्नै खालको तर्क छ ।
आफ्नो जीवन दर्शनमा सरल विचारले नै मान्छे बनाउने गर्छन् उहाँ भन्ने गर्नुहुन्छ । ममताको आधारमा सत्यलाई आत्मसात् गर्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ । प्राज्ञिक अधिकारका लागि सचेत व्यक्तित्व उत्तमकृष्ण कर्माचार्य ‘मानव अधिकार तथा उत्तरदायित्व नेपाल’ मा सङ्लग्न रहनुभई सेवा गरेको पनि उहाँको विगत इतिहास छ । उहाँ थुप्रै सङ्घ–संस्थामा सक्रिय रहनुभएको देखिन्छ । डा. कर्माचार्यको जीवनका सम्पूर्ण समय नेपालको शिक्षा तथा शैक्षिक क्षेत्रको विकासका निम्ति समर्पण गर्नुभएको देखिन्छ । शिक्षामा आफ्नो जीवन समर्पण गर्नुभएका कर्माचार्यज्यूले नागरिकहरुका हीत र उत्थानका लागि र समाजिक सेवा क्षेत्रमा पनि त्यत्तिकै सङ्लग्न रहनुभई सेवा र समर्पण गर्नुभएको देखिन्छ । विद्यालय, क्याम्पसमा पनि शिक्षक, प्राध्यापक हुनुभई सेवा पु¥याइसक्नुभएका उहाँ एकजना सफल शिक्षक÷प्राध्यापकमात्र नभई एकजना सचेत विद्वान पनि हुनुहुन्छ । उहाँ आफ्नो जीवन–दर्शन अरुलाई प्रभावित गर्न सधैं प्रयत्न गरिरहनुहुन्छ ।
डा. कर्माचार्यले थुप्रै शैक्षिक संस्थामा रहनुभई आफूलाई परिष्कृत तुल्याउनुहँुदै शैक्षिक व्यक्तित्वका रुपमा देखाइसक्नुभएको छ । त्रिविवि शिक्षाशास्त्रमा प्राध्यापकसम्म रही सेवा पु¥याइसक्नुभएका प्राध्यापक कर्माचार्यले युनेस्कोमा सल्लाहकार रहनुभएर, सबैको लागि शिक्षा कार्यक्रममा निर्देशक रहनुभएर, साक्षरोत्तर सामग्री उत्पादन गर्ने कार्यमा सहयोग पु¥याएर, विश्व–शिक्षाका संयोजकको जिम्मेवारी बोक्नुभएर राष्ट्रिय रुपमा नै उहाँले आफूलाई देखाउनुभएको छ । यसको साथै बनेपा, भक्तपुरका नगरपालिकाहरुमा पनि सल्लाहकार रहनुभई आफूसक्दो शैक्षिक विकासका लागि योगदान पु¥याउनुभएको देखिन्छ ।
कुनै पनि पार्टीको प्रभावमा नपरीकन आफ्नै दृष्टि र विचारकै आधारमा आफूलाई देखाउन सफल शैक्षिक व्यक्तित्वका रुपमा क्रियाशील रहीरहनुभएको छ । उहाँको इच्छाअनुसार आफूलाई सार्थक बनाउन उहाँले सक्नुभएको देखिंदैन । उहाँ नेपालको कुनै पनि विश्वविद्यालयमा उपकुलपति हुने र संसारको कुनै पनि देशको राजदूत हुने कोशिश गरे पनि सफल हुन सक्नुभएको देखिंदैन । तर पनि उहाँको शैक्षिक व्यक्तित्वको गरिमा आफ्नै खालको रहेकोले यस अर्थमा उहाँले अन्यथा नसोच्नु नै कल्याण हुन्छ र आफ्नो यात्रामा आफ्नै दृष्टि बोकेर यात्रापथमा नथाकिकन गइरहन सकून् – मित्रवत शुभकामना छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0