Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २४, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रदीप सापकोटाको “यात्राको लय” नियात्रा संग्रह सार्वजनिक

प्रभातफेरी अनलाइन ३४४ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ १९, मंगलबार (१ साल अघि)
प्रदीप सापकोटाको “यात्राको लय” नियात्रा संग्रह सार्वजनिक

काठमाडौ । नियात्राकार एवं समीक्षक प्रदीप सापकोटाको नियात्रासङग्रह ‘यात्राको लय’ एक समारोहबीच लोकार्पण गरिएको छ ।
नेपाल श्रष्टा समाजको आयोजना तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा,नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्राडा.लक्ष्मण गौतम, कवि एवं वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी, चर्चित पत्रकार तथा निबन्धकार दीपक सापकोटा, नियात्राकार जय छाङ्छा, समालोचक ज्ञानु अधिकारी, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी लगायतले उक्त कृति लोकार्पण गरेका थिए ।
प्रमुख अतिथि क्याप्टेन रामेश्वर थापाले पुस्तकका बारेमा संक्षेपमा चर्चा गर्दै सापकोटाका ब्यक्तित्वका विविध आयामका साथमा आफ्नो मन्तब्य सहित शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कृति पठनीय भएको र यसमा निजात्मक अनुभूति छ । पाठकलाई आफुसँगै यात्रा गरेको भान पार्न सक्ने क्षमता छ भन्दै कृतिको बारेमा संक्षेपमा चर्चा गर्नुभएको थियो । द्धन्दकालिन नेपालदेखि वर्तमानसम्मका विभिन्न विषयमा उनका नियात्रा आएका बताइन । अर्का बरिष्ठ नियात्राकार जय छाङ्छाले कृतिका सैद्धान्तिक पक्षहरुको बारेमा चर्चा गर्दै नियात्रामा प्रदीप सापकोटाको भविष्य रहेको बताउँनु भयो ।
कार्यक्रममा नेपाल प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो कलेज सहपाठीको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको उल्लेख गर्दै यात्रा सबैले गर्छन् नियात्रा थोरैले लेख्छन् तर लेखेका कुराहरुको चर्चा हुनुपर्ने ,नियात्राकारले सरोकारवालाह्ररुलाई झक्झकाएकोमा सुनुवाई भयो भएन फलोअप हुनु पर्नेमा त्यस्तो भैनरहेको विचार व्यक्त गरे ।
यसैगरी नियात्राकारलाई शुभकामना दिँदै प्राडा. लक्ष्मण गौतमले नियात्राकारका सिद्धान्तका अध्येता र समालोचकहरुले नै कृतिको बारेमा चर्चा गरीसकेपछि कृति पठनीय भएको बुझ्न कठिनाई नभएको बताए । कार्यक्रममा कवि एवं वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी ,भूँडीपूराण प्रकाशनका केशव पराजुली,लगायतले कृतिको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
नियात्राकारले कृतिको रचना गर्भको बारेमा आफ्ना अनुभूतिहरु राखेका थिए । यात्राको लयमा विगतको सशस्त्र द्धन्दकालीन नेपाली समाजमा यात्राका क्रममा देखेभोगेका विद्रुप चित्रदेखि धार्मिक यात्रा र दार्जिलिङसम्मका यात्रा परिवेशलाई निजात्मक शैलीमा पस्किएको छ । कथा पढेको भान पर्छ । कतिपय यात्राहरु श्रृँखलामा बगेका छन् । द्वन्द्वकालिन नेपालदेखि वर्तमानसम्मका विभिन्न विषयमा उनका नियात्रा आएका देखिन्छ । साथै यात्राको विभिन्न परिवेश, प्राकृतिक दृश्य, यात्राका कठिनतम् एवं सुखद पलहरुको मिठासपूर्ण वर्णन रहेको बताइएको उक्त कृति नियात्राकारको दोश्रो नियात्रा कृति हो ।
कृति लोकार्पण कार्यक्रम विभिन्न साहित्यिक महानुभावहरुको उपस्थितीमा नेपाल श्रष्टा समाजका अध्यक्ष एवं बरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ रोदनको अध्यक्षता एवं सदस्य मधु पाठकको सञ्चालनमा लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्षको आसनबाट मन्तब्य व्यक्त गर्दै ओम श्रेष्ठ रोदनले नियात्रामा गांम्भिर्यता हुनु अनिवार्य छ । सतही विवरण कदापी नियात्रा नहुने उल्लेख गर्दै नियात्राकारलाई थप लेखनीको निम्ति शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा श्रष्टा समाजका महासचिव देविका तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्र्म मधु पाठकको सन्चालनमा भएको थियो ।
नियात्राकार तथा समीक्षा लेखनीमा सक्रिय सापकोटाको यसअघि यात्राका इन्द्रेणी रंग (नियात्रासङग्रह) र मनको वारपार (मुक्तक सङग्रह) प्रकाशित भैसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0