Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आलु उत्पादक किसानहरुमा उत्साह थप्दै अन्तर्राष्ट्रिय बजारीकरण

प्रभातफेरी अनलाइन ४५९ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण २२, मंगलबार (१ साल अघि)
आलु उत्पादक किसानहरुमा उत्साह थप्दै अन्तर्राष्ट्रिय बजारीकरण

“काभ्रेको चिनारी कोसेली आलुको तरकारी” नारा सहित आलुको प्याकेजिङ सुरु

काभ्रे । “काभ्रेको चिनारी कोसेली आलुको तरकारी” नारा सहित आलुको प्याकेजिङ सुरु भएको छ । पछिल्लो समय स्थानीय उत्पादनप्रति लक्षित गरेर विभिन्न किसिमका कृषि बालीहरुको दिगोपनका लागि स्थानीय सरकार र सरोकारवाला निकायहरु सक्रिय भएका छन् । जसको पछिल्लो उदाहरणका रुपमा पनौतीका आलु उत्पादक किसानहरु अग्रसर भएका छन् ।
आलु उत्पादक किसानहरुको साहारा बन्ने अपेक्षा अन्तर्राष्ट्रिय बजारीकरणको ब्रान्डिङ्गले जगाएको छ । विभिन्न कृृषिबालीहरुको दिगो बजारीकरणका लागि ब्रान्डिङ सहित उत्पादनका लागि किसानहरुलाई प्रोत्साहन दिने क्रम बढिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुुपरजोन परियोजनाले जनाएको छ । विशेषगरी यो अन्तर्राष्ट्रिय बजारीकरणको ब्रान्डिङ्ग नगदेबालीहरुलाई लक्षित गरी त्यसमा पनि आर्गनिक प्रमाणित सहितको ब्रान्डिङ उत्पादन र विदेश निर्यातका लागि अझ राम्रो अर्थोपार्जन हुन सक्ने सोसँग सम्बन्धित विज्ञहरुको राय छ ।
काभ्रे जिल्लाका विशेषगरी पनौती, बनेपा, नाला, रविओपी, पाँचखाल, नमोबुद्ध तथा बेथानचोकको केही क्षेत्र आलु उत्पादनको हिसाबले अब्बल मानिँदै आएको छ । उपयुक्त हावापानी तथा बलौटे मलिलो माटोका कारण आलुु खेतिबाट कृषकहरुले राम्रै उत्पादन गर्न सफल भएका छन् । वर्षेनी करोडौंको उत्पादन भए पनि बजार मूल्य अस्थिर रहँदा कृषकहरुले डराइ डराइ खेति गर्दै आएका छन् । यसका बाबजुद पनि कम मूल्य हुँदा पेशाबाट विस्थापित नै हुनुपर्ने पिडित किसानहरुको गुनासो रहँदै आएको थियो ।
भनिन्छ, उत्पादनका सबै पक्षमा पारदर्शीता पाउनु उपभोक्ताको अधिकार हो । उत्पादक, उत्पादन मिति, गुणस्तर सहित खुलेको सामग्री खरिद गर्ने सबैको चाहना हुन्छ । उत्पादकको दिगो बजारको अपेक्षा तथा उपभोक्ताका लागि गुणस्तर युक्त सामान उपलब्ध गराउने उद्देश्यका साथ पनौती नगरका कृषकहरुले आलु प्याकेजिङ सुरु गरेका छन् । कृषकको हितसँगै जिल्लाको चिनारी समेत होस् भन्ने हेतुसहित आलुुको ब्राण्डिङ सहितको उत्पादन शुरु गरिएको कृषकहरुले बताएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण सुुपरजोन परियोजनाको आर्थिक सहयोगमा यस वर्ष कृषकहरुले बजारीकरणलाई प्राथमिकतामा राखी काम गरेका हुन् । उनीहरुले भण्डारण स्थल सहित आलुको प्याकजिङ शुरु गरेका छन् । किसानहरुका अनुसार हाललाई २, ३ र ५ किलोको आलुको प्याकेजिङ सुरु गरेको छ ।
सुपरजोन परियोजनाका अनुसार भण्डारण तथा प्याकेजिङ कार्यका लागि मात्र यो वर्ष १४ लाख भन्दा बढि बजेट उपलब्ध गराएको बताएको छ । उपयुक्त साइजका आलुुको गे्रडिङ गरी प्याकेजिङ गरिनेछ भने प्याकेजिङ गरिएको आलुको प्रतिकेजी मूल्य ८० रुपैंया तोकिएको छ । गुणस्तर तथा मूल्यमा एकरुपता हुने भएका कारण उपभोक्ताका लागि यो मूल्य खासै बढि नहुने स्थानीय कृषकहरुको दाबी छ ।
प्रविधिसँगै बजारीकरणको कार्यमा परियोजनाले गरेको कार्य फलदायी भएको कृषकहरु बताउँछन् । जिल्लाका अन्य क्षेत्रका कृषकहरुको उत्पादन पनि यसै प्रकृयाबाट बजारीकरण गर्न सकिए बिउ उत्पादन समेत विदेश निर्यात गर्न सहज हुने कृषकहरुको भनाई रहेको छ ।
यता पनौती नगर कृषि शाखा पनि किसानहरुबाट सुरु गरिएको यो अभियानलाई साथ दिन तयार रहेको कृषि प्राविधिक सम्झना लिम्खा बताउनुहुन्छ । कृषि शाखाले बजेटको समेत व्यवस्था गरेको छ । आगामी वर्षदेखि सार्थक रुपमा किसानहरुले आफ्नो उत्पादनको मूल्य पाउने अपेक्षा नगर कृषि शाखाले राखेको खुलासा गर्नुहुन्छ प्राविधिक लिम्खा ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0