Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आलु उत्पादक किसानहरुमा उत्साह थप्दै अन्तर्राष्ट्रिय बजारीकरण

प्रभातफेरी अनलाइन ४४० पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण २२, मंगलबार (१ साल अघि)
आलु उत्पादक किसानहरुमा उत्साह थप्दै अन्तर्राष्ट्रिय बजारीकरण

“काभ्रेको चिनारी कोसेली आलुको तरकारी” नारा सहित आलुको प्याकेजिङ सुरु

काभ्रे । “काभ्रेको चिनारी कोसेली आलुको तरकारी” नारा सहित आलुको प्याकेजिङ सुरु भएको छ । पछिल्लो समय स्थानीय उत्पादनप्रति लक्षित गरेर विभिन्न किसिमका कृषि बालीहरुको दिगोपनका लागि स्थानीय सरकार र सरोकारवाला निकायहरु सक्रिय भएका छन् । जसको पछिल्लो उदाहरणका रुपमा पनौतीका आलु उत्पादक किसानहरु अग्रसर भएका छन् ।
आलु उत्पादक किसानहरुको साहारा बन्ने अपेक्षा अन्तर्राष्ट्रिय बजारीकरणको ब्रान्डिङ्गले जगाएको छ । विभिन्न कृृषिबालीहरुको दिगो बजारीकरणका लागि ब्रान्डिङ सहित उत्पादनका लागि किसानहरुलाई प्रोत्साहन दिने क्रम बढिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुुपरजोन परियोजनाले जनाएको छ । विशेषगरी यो अन्तर्राष्ट्रिय बजारीकरणको ब्रान्डिङ्ग नगदेबालीहरुलाई लक्षित गरी त्यसमा पनि आर्गनिक प्रमाणित सहितको ब्रान्डिङ उत्पादन र विदेश निर्यातका लागि अझ राम्रो अर्थोपार्जन हुन सक्ने सोसँग सम्बन्धित विज्ञहरुको राय छ ।
काभ्रे जिल्लाका विशेषगरी पनौती, बनेपा, नाला, रविओपी, पाँचखाल, नमोबुद्ध तथा बेथानचोकको केही क्षेत्र आलु उत्पादनको हिसाबले अब्बल मानिँदै आएको छ । उपयुक्त हावापानी तथा बलौटे मलिलो माटोका कारण आलुु खेतिबाट कृषकहरुले राम्रै उत्पादन गर्न सफल भएका छन् । वर्षेनी करोडौंको उत्पादन भए पनि बजार मूल्य अस्थिर रहँदा कृषकहरुले डराइ डराइ खेति गर्दै आएका छन् । यसका बाबजुद पनि कम मूल्य हुँदा पेशाबाट विस्थापित नै हुनुपर्ने पिडित किसानहरुको गुनासो रहँदै आएको थियो ।
भनिन्छ, उत्पादनका सबै पक्षमा पारदर्शीता पाउनु उपभोक्ताको अधिकार हो । उत्पादक, उत्पादन मिति, गुणस्तर सहित खुलेको सामग्री खरिद गर्ने सबैको चाहना हुन्छ । उत्पादकको दिगो बजारको अपेक्षा तथा उपभोक्ताका लागि गुणस्तर युक्त सामान उपलब्ध गराउने उद्देश्यका साथ पनौती नगरका कृषकहरुले आलु प्याकेजिङ सुरु गरेका छन् । कृषकको हितसँगै जिल्लाको चिनारी समेत होस् भन्ने हेतुसहित आलुुको ब्राण्डिङ सहितको उत्पादन शुरु गरिएको कृषकहरुले बताएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण सुुपरजोन परियोजनाको आर्थिक सहयोगमा यस वर्ष कृषकहरुले बजारीकरणलाई प्राथमिकतामा राखी काम गरेका हुन् । उनीहरुले भण्डारण स्थल सहित आलुको प्याकजिङ शुरु गरेका छन् । किसानहरुका अनुसार हाललाई २, ३ र ५ किलोको आलुको प्याकेजिङ सुरु गरेको छ ।
सुपरजोन परियोजनाका अनुसार भण्डारण तथा प्याकेजिङ कार्यका लागि मात्र यो वर्ष १४ लाख भन्दा बढि बजेट उपलब्ध गराएको बताएको छ । उपयुक्त साइजका आलुुको गे्रडिङ गरी प्याकेजिङ गरिनेछ भने प्याकेजिङ गरिएको आलुको प्रतिकेजी मूल्य ८० रुपैंया तोकिएको छ । गुणस्तर तथा मूल्यमा एकरुपता हुने भएका कारण उपभोक्ताका लागि यो मूल्य खासै बढि नहुने स्थानीय कृषकहरुको दाबी छ ।
प्रविधिसँगै बजारीकरणको कार्यमा परियोजनाले गरेको कार्य फलदायी भएको कृषकहरु बताउँछन् । जिल्लाका अन्य क्षेत्रका कृषकहरुको उत्पादन पनि यसै प्रकृयाबाट बजारीकरण गर्न सकिए बिउ उत्पादन समेत विदेश निर्यात गर्न सहज हुने कृषकहरुको भनाई रहेको छ ।
यता पनौती नगर कृषि शाखा पनि किसानहरुबाट सुरु गरिएको यो अभियानलाई साथ दिन तयार रहेको कृषि प्राविधिक सम्झना लिम्खा बताउनुहुन्छ । कृषि शाखाले बजेटको समेत व्यवस्था गरेको छ । आगामी वर्षदेखि सार्थक रुपमा किसानहरुले आफ्नो उत्पादनको मूल्य पाउने अपेक्षा नगर कृषि शाखाले राखेको खुलासा गर्नुहुन्छ प्राविधिक लिम्खा ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0