Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउनु पोखरा विश्वविद्यालयको दायित्व सम्झेका छौंः प्रा. कोइराला

प्रभातफेरी अनलाइन ५३५ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र ६, बिहिबार (१ साल अघि)
स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउनु पोखरा विश्वविद्यालयको दायित्व सम्झेका छौंः प्रा. कोइराला

प्राविधिक शिक्षा अध्ययनको विश्वासिलो गन्तव्य बनेको छ नेपाल इन्जिनियरिङ्ग कलेजः प्रो. भण्डारी

भक्तपुर । प्रवेश परीक्षाको निरिक्षणका लागि आउनु भएका पोखरा विश्वविद्यालयका प्राध्यापक माधबप्रसाद कोइरालाले विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जन गरेर नयाँ बनाइएकोले पनि विद्यार्थीहरुको आकर्षण बढेको बताउनुभएको छ । कोभिड–१९ पछि विश्वविद्यालयले विद्यार्थीहरुलाई विश्वब्यापी प्रतिस्पर्धा गराउन पुरानो मोडल हटाएर नयाँ मोडलको पाठ्यक्रम तयार पारिएको जिकीर गर्नुहुँदै पोखरा विश्वविद्यालयबाट सञ्चालित धेरै विषयहरुको पाठ्यक्रमहरु परिवर्तन गरेका छौं । नेपाली विद्यार्थीहरु विदेश नजाउन् स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिनुपर्छ भनेर विश्वविद्यालय सचेत रहेको प्राध्यापक कोइरालाले थप्नुभएको छ ।
प्रो. दुर्गाप्रसाद भण्डारीले सम्बोधनका क्रममा प्राविधिक शिक्षा अध्ययनको विश्वासिलो गन्तव्य नेपाल इन्जिनियरिङ्ग कलेज बन्न पुगेको संकेत हो यो सहभागिता भन्नुहुँदै यस किसिमको विद्यार्थीहरुको रोजाईमा पर्नुको रहस्यबारे प्रष्ट पार्नुभएको छ । नेपाल इन्जिनियरिङ्ग कलेजका उत्पादनहरु गुणस्तरीय जनशक्तिका रुपमा स्वदेश तथा विदेशमा सहज रुपमा स्थापित हुनसक्नु नै मुख्य रहस्य रहेको बताउनुहुँदै छोटो समयको अन्तरालमा विभिन्न समस्याका बाबजुद पनि प्रवेश परीक्षामा उत्साहजनक रुपमा विद्यार्थी सहभागी भएको जानकारी प्रो. भण्डारीले गराउनुभएको छ ।
सम्बोधनकै क्रममा कलेजमा स्नातक तहमा विभिन्न विधामा गरी कुल चार सय ८० जनाको सिट क्षमता रहेकोमा स्नातक तहमा सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन, इलेक्टोनिक्स एण्ड इलेक्टिकल, सिभिल फर डिप्लोमा होल्डर्सका इन्जिनियरिङका स्नातक तहमा पढाई हुँदै आएको प्रोफेसर भण्डारीले जानकारी गराउनुभएको छ ।
कलेजका प्राचार्य सह प्राध्यापक भण्डारीले तत्कालिन चाँगुनारायण गा.वि.स.ले कलेज सञ्चालनका लागि १७६ रोपनी जग्गा भोगचलनका लागि उपलब्ध गराएकोले कलेज चलाउन भाडा तिर्नुपर्ने अवस्था नरहेको र कलेज गैरनाफामुलक भएकोले पनि विद्यार्थीहरूलाई बढी छात्रवृत्ति दिइएको, शुल्क कम गरिएको समेत जानकारी दिनुभएको छ ।
पुल्चोक भन्दा प्राइम कलेज भएको जिकीर गर्दै कम शुल्क लिएर पनि कलेजले क्वालिटी एजुकेशन दिइरहेको दावी गर्नुभएको छ । विद्यार्थीलाई चाहिने वातावरण, पूर्वाधार, ल्याब, अत्याधुनिक पुस्तकालय, पाठ्यक्रम र पाठ्यक्रममा नभएका सीप सिक्ने विषयहरू पनि हामीले दिएका छौं । पुल्चोक कलेजको विकल्पको रूपमा कलेज स्थापना भएको हो प्राचार्य भण्डारीले बताउनुभएको छ ।
प्राचार्य भण्डारीको थप कथन छ– विश्वब्यापी रूपमा दक्ष जनशक्ति उत्पादन गर्न सोही अनुसार कलेजमा पाठ्यक्रमहरू रहेको, १२३ जना फुल टाइम फ्याकल्टी व्यवस्थापन गरिएको, अधिकतम प्रयोगात्मक शिक्षण विधि अपनाइने गरिएको खुलासा गर्नुभएको छ ।

१२ पास गरेलगत्तै विद्यार्थीहरू विदेशिनु चिन्ताको विषय भएको भन्दै नेपालमै प्राविधिक शिक्षा अन्तर्राष्ट्रियस्तरको भइरहेका बेला पनि विद्यार्थीहरू उच्च शिक्षाका नाममा विदेशिनु सुखद नभएको उहाँको भनाइ राख्नुहुँदै विदेश पढ्न जानु गलत होइन तर, अभिभावकको रेखदेख र संरक्षणमा हुर्किएको, हातमा कुनै सीप नभएको र आफ्नो भविष्यबारे ठीक ढंगले सोच्न सक्ने क्षमताको विकास भइसकेको हुँदैन, त्यसमाथि नेपालीको आर्थिक अवस्थाका कारण सबै विदेश जाने विद्यार्थीहरू अभिभावककै खर्चमा पढ्न नसकिने समेत बताउनुभएको छ ।
कलेजका सहायक प्राध्यापक यमकृष्ण पौडेलले पोखरा विश्वविद्यालयले केही समय अगाडि मात्रै पाठ्यक्रमहरू समय सापेक्ष संशोधन गरिसकेको बताउँदै कलेजले क्वालिटी एजुकेशनमा कुनै सम्झौता नगरेको बताउनुहुँदै इन्जिनियरिङ विधाका सबै पाठ्यक्रमहरू विश्वव्यापी एकरुपता हुन्छ । नेपालमै इन्जिनियरिङ गरेका विद्यार्थीहरू विश्वका धेरै देशहरूमा प्रतिष्ठित कम्पनी र क्षेत्रमा सफलतापूर्वक अगाडि बढिरहेको प्रशस्त उदाहरण छन् । इन्जिनियरिङ विधाका विभिन्न विषयमा दशौं हजार दक्ष जनशक्ति उत्पादन गरिसकेको प्राध्यापक पौडेलले बताउनुभएको छ ।
प्रवेश परीक्षाको निरिक्षणमा आउनु भएका नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष तथा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ शिक्षा दिन सकिन्छ भन्ने कुरा नेपाल इन्जिनियरिङ कलेजले प्रमाणित गरेको बताउनुभएको छ । पछिल्लो समय कक्षा १२ पास गर्ने वित्तिकै विद्यार्थीहरु विदेश गईहाल्ने गलत ट्रेन्डको विकास हुँदा देशमा युवा जनशक्ति अभाव हुनसक्ने चिन्ता समेत व्यक्त गर्दै कम्तिमा व्याचलर तहको अध्ययन नेपालमा गर्नुपर्ने भनाई राख्नुभएको छ । नेपालको इन्जिनियरिङ शिक्षा अन्तर्राष्ट्रिय स्तरको छ । हतारमा कुनै ज्ञान र सीप विना विदेश जाँदा धेरै समस्याहरु आइपर्दछ । देखासिकी र लहडमा नजाउँ भन्ने सुझाव दिँदै नेपाल इन्जिनियरिङ कलेजमा अध्ययन गर्दा विद्यार्थीले धेरै फाइदा लिन सक्ने समेत अध्यक्ष खत्रीले संवादका क्रममा खुलासा गर्नुभएको छ ।
चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समितिका अध्यक्ष जीवन खत्रीले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई १५ देखि १८ करोड रुपैयाँसम्म छात्रवृत्ति दिने गरेको जानकारी दिनुभएको थियो । पैसा नभएपनि इन्जिनियरिङ पढ्न भनेर नेपाल इन्जिनियरिङ कलेजमा आएका जेहेन्दार विद्यार्थीले पढ्न पाउने गरी कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्तिहरू प्रदान गर्दै आएको अध्यक्ष खत्रीले पत्रकार सम्मेलनमा बताउनुभएको थियो ।
पत्रकार सम्मेलनमा पोखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिसँगै कलेजले स्थानीय तह (वडा, नगरपालिका) छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्तिसमेत दिने गरेको अध्यक्ष खत्रीले जानकारी दिनुभएको थियो । कलेजमा विद्यार्थी पढाउन चाँगुनारायण नगरपालिकाले समेत बजेट व्यवस्थापन गर्ने गरेको उहाँको भनाइ राख्दै कलेजबाट अध्ययन गरेका विद्यार्थीहरू विश्वका धेरै ठूल्ठूला कम्पनी र कार्यालयहरूमा कार्यरत रहेको समेत दावी समेत गर्नुभएको थियो ।
कलेजका सहप्राध्यापक रुपेश दहि श्रेष्ठका अनुसार नेपालको पुरानो प्राविधिक शिक्षालय हुनुको साथै यस कलेजमा पढेका अधिकांश विद्यार्थीहरु स्वदेश तथा विदेशमा रहेका प्राविधिक शिक्षालयको उपल्लो तहमा रहेर गुणस्तरीय सेवा दिनुले पनि प्राविधिक फाँटमा विद्यार्थीहरुको आकर्षण बढेको बताउनुहुन्छ । संवादकै क्रममा सहप्राध्यापक श्रेष्ठ थप्नुहुन्छ– नेपाल इन्जिनियरिङ कलेजमा १ सय १० भन्दा बढी पूर्णकालिन प्राविधिक शिक्षकहरुले निरन्तर विद्यार्थीहरुका समस्या र गुनासाहरु सम्बोधन गर्दै आउनुभएको छ भने यो कलेजबाट आजसम्म झण्डै १० हजारभन्दा बढी इन्जिनियरहरु उत्पादन भएका छन् । जसको योगदानको कारणले पनि हाम्रो कलेज प्लस टु गरेका प्राविधिक फाँटका विद्यार्थीहरुको रोजाइमा परेको छ भने यस कलेजले स्थानीयस्तरमा अनुसन्धानात्मक क्षेत्रमा आफूलाई गहकिलो रुपमा स्थापित गर्दै आएको छ ।
अर्कोतर्फ विगत ५ वर्षदेखि अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई भ्चबकmगकं प्रोग्रामको विद्यार्थी mयदष्ष्तिथ प्रोग्रामअन्तर्गत ६ महिनाको लागि युरोपका विभिन्न कलेजमा अध्यापन गराउँदै आएका छौं । अहिलेसम्म ४ वटा ब्याजले यो सुविधा लिइसकेको छ भने पाँचौं ब्याज युरोप जाने तरखरमा तयार रहेको सहप्राध्यापक श्रेष्ठले जानकारी दिनुभएको छ ।
यो सफलता हुनुमा कलेजका प्राचार्य एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीको महत्वपूर्ण योगदान रहेको समेत संवादको क्रममा उपप्राध्यापक ई. रामहरी श्रेष्ठले चर्चा गर्नुभएको छ । उपप्राध्याक ई. श्रेष्ठको कथन छ– पछिल्लो समय प्राविधिक धारप्रति युवापिढिको लगाव बढेकै कारण प्रवेश परीक्षामा नसोचिएको सहभागिता भएको हो । यसले प्राविधिक शिक्षातर्फ युवाहरुको आकर्षण कति छ भन्ने मापन गरिराख्नुपर्ने अवस्था रहन्न भन्ने बुझाई एकातर्फ मेरो छ भने अर्काेतर्फ नेपाल इन्जिनियरिङ्ग कलेजबाट उत्पादन भएको जनशक्तिको गुणस्तरियता उच्चकोटीमा छ भन्ने यो सहभागिताले पुष्टि गरेको छ भन्ने मूल्यांकनमा आफू पुगेको प्रो. ई. श्रेष्ठको भनाई रहेको छ । नेपाल इन्जिनियरिङ्ग कलेज दुवाकोटले शैक्षिक सत्र २०८१ का लागि सञ्चालन गरेको प्रवेश परीक्षाका सम्बन्धमा कलेजका उपप्राध्यापक इ. श्रेष्ठले विद्यार्थीहरुको उल्लाषमय सहभागिताले आफ्नो कलेजको उचाई मापन भएको खुलासा गर्नुभएको छ ।
त्यस्तै प्रवेश परीक्षामा सहभागिता जनाएका संखुवासभाका विद्यार्थी रञ्जन अर्यालले एआई, मसिन लर्निङ जस्ता नयाँ विषयहरु पोखरा विश्वविद्यालयको पाठ्यक्रममा रहेकाले नेपाल इन्जिनियरिङ कलेज छनौट गरेको बताएका छन् । उहाँको थप भनाई छ– यहाँ फुलटाइम रहेको हुँदा ल्याब, पुस्तकालय पनि अन्य कलेजको दाँजोमा राम्रो रहेको आफूले पाएको कारणले नै छनौटमा परेको बताएका छन् । योसँगै आइटीका नयाँ टेक्नोलोजी एआई, मसिन लर्निङ जस्ता विषयहरु पनि रहेको बताउँदै कलेजले दिने छात्रवृत्ति पनि आफुलाई मन परेको विद्यार्थी अर्यालले बताएका छन् ।
नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरमा शनिबार प्रवेश परीक्षा भएको छ । दस जोड दुई (प्लस टु) उतीर्ण गरेका अन्डरग्राजुयट विद्यार्थीलाई कलेजमा स्नातक तहका इन्जिनियरिङ विभिन्न विधामा भर्ना हुन चाहने विद्यार्थीका लागि प्रवेश परीक्षा भएको हो ।
सन् १९९४ मा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ । कलेजमा विद्यार्थीको घुईचो लाग्नुमा कलेजले हरेक वर्ष दिने आकर्षक छात्रवृत्ति पनि एक हो । प्रत्येक वर्ष कलेजले स्थानीय पालिका, वडा तहदेखि प्रादेशिक, सेमेस्टर टपर, कलेज टपर लगायत विभिन्न शिर्षकमा १५ करोड बराबरको छात्रवृत्ति दिईँदै आएको छ ।
गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आइरहेको यो कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले २०६० सालदेखि लगातार स्थायी अनुमति दिँदै आएको छ । काउन्सिलले हरेक वर्ष देशभर सञ्चालित कलेजहरुको शैक्षिक, भौतिक, प्राविधिक मुल्यांकन गरी स्थायी र अस्थायी अनुमति दिने गरेको छ । कलेजले अर्को प्रवेश परीक्षा केही समयमै सञ्चालन गर्ने बताएको छ ।
चाँगुनारायण नगरपालिका, भक्तपुरमा रहेको उक्त इन्जिनियरिङ कलेजमा हाल स्नातक तथा स्नातकोत्तर तहका विषयहरूमा अध्ययन÷अध्यापन हुँदै आएको छ । कलेजले स्नातक तहतर्फ छ वटा विषय र स्नातकोत्तर तहतर्फ चारवटा विषय अध्ययन अध्यापन गराउँदै आएको छ । स्नातक तहमा सिभिल इन्जिनियरिङ (१४४ सिट), सिभिल एण्ड रुलर इन्जिनियरिङ (४८ सिट), कम्प्युटर इन्जिनियरिङ (९६ सिट), इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (४८सिट), इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा (४८ सिट), सिभिल फर डिप्लोमा होल्डर्स (४८ सिट) कलेजसँग छ । भने, बी. आर्किटेक्टमा ४८ सिट रहेको छ ।
स्नातकोत्तर तहतर्फ भने कन्स्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिसिप्लिनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टसम्बन्धी अध्यापन हुँदै आएको छ । कलेजमा हरेक वर्ष स्नातक तहमा ४८० जना विद्यार्थी र स्नातकोत्तर तहमा १५० विद्यार्थीहरू भर्ना हुने गर्छन् । मुनाफारहित सामाजिक शैक्षिक संस्थासमेत रहेको उक्त कलेजसँग करिब २ सय रोपनी जग्गामा भौतिक संरचना रहेको कलेज प्रशासनले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0