Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मानव शरीरबाट प्रत्येक ३/३ महिना खेर जाने रगतले कसैको जीवन जिउने आधार बन्छः उपप्रमुख सापकोटा

प्रभातफेरी अनलाइन ४२७ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र ११, मंगलबार (१ साल अघि)
मानव शरीरबाट प्रत्येक ३/३ महिना खेर जाने रगतले कसैको जीवन जिउने आधार बन्छः उपप्रमुख सापकोटा

काभ्रे । लायन्स इन्टरनेशनल ३२५ आइ नेपालको वार्षिक क्यालेण्डर अनुसार आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बनेपा नगरपालिकाका उपप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि विमला सापकोटाले ३÷३ महिनामा मानव शरीरबाट खेर जाने रगतले कसैको जीवन जिउने आधार बन्छ भने किन रक्तदान नगर्ने ? भन्नुभएको छ ।
प्रमुख अतिथि सापकोटाले नेपालमा रक्तदानको महत्व बढ्दै गएको बताउँदै रक्तदानबाट मानिसको जीवन रक्षाका लागि सहयोग मिल्ने र धर्म, संस्कृतिले बन्धुत्वको विकास समेत गर्ने बताउनुभएको छ । यस्तो महत्वपूर्ण र सामाजिक कार्यमा लायन्स इन्टरनेशनल ३२५ आइ नेपालको सह्रानीय सहभागिता र सहयोगप्रति बनेपा नगरपालिका र व्यक्तिगत रुपमा म कृतज्ञता व्यक्त गर्न चाहन्छु । नेपालमा विपद् घडीमा लायन्सले पु¥याएको सहयोग अनुकरणीय छ । यस किसिमको सहयोगको बनेपा नगरपालिका सदैव ऋणी रहने बताउनुभएको छ । आस्था फरक होला, मानवीय सेवा एकै हो । संस्कृति, परम्परा र सम्पदाको संरचनाको लागि यस किसिमको कार्यक्रम कोसेढुंगा सावित हुँदै आएका छन् । त्यसैले समाजलाई एक सूत्रमा बाँध्नका लागि श्रीकृष्ण प्रणामी युवा परिषद्ले समाजमा खेलेको भूमिका अनुकरणीय रहेको सम्बोधनका क्रममा बताउनुभएको छ ।


देशभरि रक्त अभाव हुन नदिन र रगतको मागलाई परिपूर्ति गर्ने गरी संस्थाले जनचेतनामूलक कार्यक्रम अघि सारेको लायन्स क्लब अफ पूर्वक्षितिज काभ्रेका अध्यक्ष लायन बिपशना शाक्यले भेटका क्रममा बताउनुभएको छ ।
कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ आइ नेपालका ग्लोबल कजेज् चियर पर्सन (भिजन) एमजेएफ लायन प्रल्हाद शर्मा हुमागाईंले रक्तदान आफैंमा एउटा महत्वपूर्ण दान हो । रक्तदान अन्य दानसँग तुलना गर्न सकिँदैन । समग्रमा भन्नुपर्दा रक्तदान जीवनदान हो । प्रत्येक किशोरकिशोरीहरुलाई १८ वर्ष प्रवेशसँगै रक्तदान गर्न प्रोत्साहित गर्नुपर्छ । यो दायित्व प्रत्येक मानव जातिको हो । भन्न त दान भनिसकेपछि परोपकारी भन्ने बुझ्छौं तर दानमध्येको सर्वश्रेष्ठ दान नै रक्तदान हो । सबै दानको महत्व आ–आफ्नो स्थानमा उतिकै रहला तर रक्तदानसँग अन्य कुनै दानको तुलना गर्न सकिँदैन ।
नेपालमा कुल जनसंख्याको सीमित प्रतिशतले मात्रै रक्तदान गर्ने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकोे तथ्यांकलाई हेर्ने हो भने करिब वर्षमा ५ लाख रक्तदाताहरुले रक्तदान गरेको पाइन्छ । रक्तदाताले दान गरेको एक पोका रगतले ३ जनाको जीवन बच्न सक्ने बताउँदै एक स्वस्थ्य मानिसले निरन्तर १ वर्ष रक्तदान गरेमा १२ जनाको जीवन बचाउन सकिन्छ भन्दै लायन हुमागाईं थप्नुहुन्छ– नेपालमा दैनिक अहिले पनि ३ सय ५० युनिटसम्म रगतको आवश्यक पर्ने खुलासा गर्नुहुँदै बिडम्बना ! आज पनि रक्तसञ्चार केन्द्रहरुमा मुस्किलले २ सय युनिट मात्र रगत संकलन भईरहेको तथ्य सार्वजनिक सञ्चार माध्यममा आएको बताउनुभएको छ । यो अभावलाई केही मात्रामा मलमपट्टि लगाउन लायन्स इन्टरनेशनलले स्थापना गरेको टि.यु. ब्लड बैंक सार्थक हुनेमा आफू आश्वस्त भएको खुलासा भएको छ ।
सम्बोधनकै क्रममा रक्तदान किन गर्ने ? भन्नुहुँदै लायन हुमागाईं थप्नुहुन्छ– मुटुका लागि फाइदा, रक्तदान गर्दा शरीरमा रगत जम्ने सम्भावना कम हुनुका साथै रगत पनि पातलो हुन्छ जसका कारण हृदयघातको समस्याबाट बच्न सकिन्छ, रक्तदानले तौल कम गर्न पनि भूमिका निर्वाह भएकोले एकबर्षमा दुइपटक रक्तदान गर्नुपर्ने चिकित्सकहरुको राय छ । सोही अनुसार कस्ता व्यक्तिहरुले रक्तदान गर्न सक्छन् त ? भन्ने सवालमा रक्तदानका लागी १८ वर्ष उमेरदेखि ६५ वर्ष उमेर समूहका सबै स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने जानकारी दिनुभएको छ । एक स्वस्थ्य मानिसले तीन–तीन महिनामा रक्तदान गर्न सकिने, रक्तदान गर्ने व्यक्तिको तौल ४५ केजी देखि माथि हुनुपर्ने र रगतमा हेमोग्लोबीन १२ ग्रामभन्दा बढी हुनुपर्ने बताउनुहुन्छ ।
त्यसैगरी कस्ता व्यक्तिले रक्तदान नगर्ने त ? भन्दै कतिपय मानिसहरु रक्तदान गर्न उत्साहित हुन्छन् भने कतिपय मानिसहरु अझै पनि सुई देख्नेवित्तिकै डराउने, कमजोर भइन्छ भन्ने मानसिकता हटाई अरुको जीवन बचाउनु महानता भएको उहाँको सुझाव छ । अझैपनि नेपालमा रक्तदानको महत्व जनचेतना फैलाउनुपर्ने अवस्था रहेको बताउनुहुन्छ ।
विशेष गरी जण्डीस भएका व्यक्ति, मलेरियाका बिरामी, टाईफाईट भएका व्यक्ति, छारेरोग, क्षयरोग, मधुमेह लागेका व्यक्तिहरु, क्यान्सर, दम, उच्च रक्तचाप, मृगौलामा समस्या भएका व्यक्तिहरु, हेपाटाईटिस भएको बिरामीहरुले रक्तदान गर्नुहुँदैन । साथै महिनावारी भएको अवस्थामा महिलाहरुले रक्तदान गर्नु हुँदैन भने गर्भवती, सुत्केरीले पनि रक्तदान गर्नु हुँदैन भन्दै रक्तदानमा सरिक रहेका रक्तदाताहरुलाई सुसूचित गराउनु भएको छ ।
कार्यक्रम लायन्स इन्टरनेशनल ३२५ आइ नेपाल अन्तर्गत क्लष्टर ११, जोन ४४–४५ अन्तर्गतका ८ वटा क्लब र श्रीकृष्ण मन्दिर बनेपाको संयुक्त आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ६२ युनिट रक्त संकलन भएको छ भने सोही अवसरमा श्रीकृष्ण मन्दिरमा राख्नको लागि सोलार प्यानल सेट पनि लायन्स क्लबको तर्फबाट वितरण गरिएको थियो । सो रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले पु¥याएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0