Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धार्मिक पर्यटकहरुको गन्तव्य बन्दै दुप्चेश्वर महादेव मन्दिर परिसर

प्रभातफेरी अनलाइन ४९१ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलबार (१ साल अघि)
धार्मिक पर्यटकहरुको गन्तव्य बन्दै दुप्चेश्वर महादेव मन्दिर परिसर

आन्तरिक पर्यटनमा धार्मिक क्षेत्रको महत्व, श्रद्धालुहरुको अपार आस्था र जमघट

नुवाकोट । पछिल्लो समय सामाजिक सञ्जालले आन्तरिक पर्यटनको महत्वपूर्ण भूमिका खेलेको प्रष्ट देख्न पाइन्छ । त्यसैको एउटा ज्वलन्त उदाहरण नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. ८ केरुजुङमा रहेको महादेव मन्दिरमा भक्तालुहरुको अपार भीडको उपस्थितिले पुष्टि गरिरहेको छ ।
यसको पछाडि केही हप्ता अगाडि दुप्चेश्वर महादेव मन्दिरका पुजारीले व्यक्त गर्नुभएको अभिव्यक्तिका कारण अहिले यो क्षेत्रमा दैनिक हजारौं धार्मिक आन्तरिक तथा बाह्य पर्यटकहरुको जमघट स्थल बनेको छ । सो धार्मिकस्थलका बारेमा स्थानीय रामसिंह तामाङका अनुसार धेरै वर्ष अगाडिको कुरा हो, नुवाकोट जिल्ला हाल दुप्चेश्वर गाउँपालिका वडा नं ६ (साविक राउतवेसी वडा नं. ८ केरुजुङ) बस्ने गोठाली श्रीबास तामाङको गाई हराएछ त्यो गाई ब्याएर केहि दिन मात्र भएको थियो । गाई चरनमा गएर नफर्केपछि निज तामाङ आफ्नो गाई गोठमा नआएपछि भिरमा पर्यो कि बाघले खायो भन्दै सबै ठाउँमा खोजे तर गाई कतै भेटिएन । त्यस पछि आफ्नो घरतर्फ फर्किए । घुमाउरो ढुंगाको छेउमा गाईगोठ थियो त्यस ढुंगामा अडेस लाएर गाई गोठ तिर आँखा पु¥यायो । गाईको बाछी आमाको दुध खाना नपाएर भोकले टाउको उठाउन नसकी सानो स्वरले बाँ बाँ कराइरहेको देख्दा निज गोठालोको आँखाबाट आँशु झरेछ । त्यसपछि उसको आँखा पहरो तिर पुगेछ आफ्नो गाई पहरो तिर चरिरहेको देखेपछि सपनामा होकी बिपनामा आज मैले के देख्दैछु मेरो गाई यति ठुलो पहरोमा कसरी जानसकेछ भन्दै हेरिरह्यो । त्यस पश्चात गाई भएको ठाँउमा कसरी जाने भनेर बाटो हेर्न थाले तर वाटो कतै भेटेनन्, बाटो नभेटिए पछि निज गोठालो सिम्रौला घाँसको लहरा समाउदै गाई भएको ठाँउमा पुगे । गाई भएको ठाँउमा पुग्दा जुन अहिले महादेवथान भन्छौं, त्यही थानमा गाईले चारैथुनाबाट दुध झारी रहेको देखेछ र गाई हेर्दा हेर्दै अलाप भएछ । गाई अलाप भएपछि निज गोठालो श्रीबास तामाङले कुन शक्तिको भगवान हुनुहुन्छ मलाई थाहा छैन तपाईलाई गाईको दुध चाहिने रहेछ म यस ठाँउलाई दुध दे श्वरी महादेव नामाकरण गरि धामी झाँक्री सिगारिएर दुध चढाउने छु र यहाँ महादेवको बासस्थान रहनेछ भनेर सबैजनालाई सुनाएर तपाईको पुजा गर्नेछु भनेछ । जुन दिन वि.सं. १७६८ मंसिर महिना धान्य पूर्णिमाको दिन परेको रहेछ ।


त्यस पश्चात यो स्थानमा भक्तजनहरुको भिडभाड हुन थाल्यो तर त्यो स्थानमा पुग्ने बाटो भने पछिसम्म पनि नबनेको स्थानीय तामाङले संवादका क्रममा स–विस्तार गर्दै मन्दिर पुग्ने कुनै बाटो थिएन बाँसको भ¥याङ राखेर जाने गरेको इतिहास भएको बताउँदै उक्त मन्दिर परिसर जाने क्रममा यति नै तथ्यांक त छैन, सयौं भक्तजनहरु लडेर चोटपटक लाग्नुको सँगसँगै अंगभंग हुन थालेपछि भक्तजनहरु आउन रोकिएको थियो ।
पछिल्लो समय राजनीतिक चेतना सँगसँगै सञ्चारका कारण यो क्षेत्रलाई धार्मिक रुपले चिनाउने काम भयो । जसका कारण दुप्चेश्वर मन्दिरको विकासक्रम नुवाकोट जिल्ला साविक शिखरवेसी गाविस हाल दुप्चेश्वर गा पा. वडा नं. ७ बस्ने स्थानीय समाजसेवीहरु भद्र बहादुर खड्काले ढुङ्गे बाटो, वडा नं. २ बस्ने जित बहादुर तामाङले आफूसँग भएको सीप र श्रमलाई खर्ची उक्त ढुङ्गे बाटो बनाउनमा सहयोग गर्नुभयो । त्यसैगरी शिखरबेसी बस्ने गणेश पण्डितबाट भक्तजनहरु जाने र फर्किने बाटो सिंढिको विकास गर्नुभयो । किनकी त्योभन्दा अगाडि बाँसको भ¥याङ्ग बनाएर महादेवको शिलाको दर्शन गर्ने गरिन्थ्यो । आज जुन अवस्था देख्नुभएको छ त्यसमा स्थानीय समाजसेवीहरु र स्थानीय सरकारको महत्वपूर्ण सहयोगले मन्दिरको रुप तयार भएको छ । यो मन्दिर कोही कसैले बनाएको हैन मात्रै मन्दिर जाने बाटो बनाएको हो । भक्तजनहरु यस मन्दिरमा जुनसुकै बार जुनसुकै महिना पनि दर्शन गर्न आउन सक्नुहुनेछ । यद्यपि, शनिबार र सोमबार भने भक्तजनहरुको भिड बढि हुँदै आएको छ । यि बार बाहेक अरु कुनै पनि बार आउनुभयो भने आरामका साथ दर्शन गर्न र राम्रोसँग त्यहाँका दृश्यहरु नियाल्न सक्नुहुनेछ । मन्दिरका बारेमा परापूर्वकालदेखि अग्रजहरुले भनेको सुनेको तथ्यका आधारमा मैले कनिकुथी गरेर हजुरको जिज्ञासा मेटाउने जमर्काे गरेको हुँ । भन्नैपर्दा सयौं वर्ष अगाडिका वृद्धा बुबाआमाहरुसँग श्री दुप्चेश्वर महादेव मन्दिरको बारे सोधी खोजी गर्दै जादाँ उहाँहरुको मुखबाट जसतो सुनिए त्यस्तै बताउने कोसिस गरेको छु भन्दै स्थानीय श्रीबास तामाङ थप्नुहुन्छ– यस मन्दिरमा वनस्पति सेतो दुबो, टक्करको फूल, गाँजा, भाँङ, धतुरो र गाईको दुध चढाउनु भएमा महादेव प्रशन्न हुने विश्वास रही आएको छ । सकेसम्म रातो रङ प्रयोग नगर्दा उत्तम हुने पुजारीको प्रतिक्रिया थियो ।
यस मन्दिरको विशेषता भन्नुपर्दा मन्दिरमा दर्शन गरि पुजा गर्दा आफूले चिताएका इच्छाहरु पूरा भएको श्रद्धालुहरुकै शब्द सापटी लिँदै बताउनुभएको थियो । जस्तो बिहे नभएकोलाई जोडी मिल्ने, विवाहित जोडीको सन्तान नभएको अवस्थामा सन्तान प्राप्त हुने पनि विश्वास गरिन्छ । यहाँको दुप्चेश्वर महादेव मन्दिरमा जे मागे पनि प्राप्त हुने गरेको परापूर्वकाल देखि नै विश्वास रहेको पुष्टि दोहो¥याइ–दोहो¥याइ श्रद्धालुहरुको आगमनले गरेको पुजारी बताउनुहुन्छ ।
यो धार्मिकस्थलमा पुग्नका लागि राजधानी काठमाडौंबाट दैनिक बसहरु सञ्चालन हुन्छन् भने आफ्नो निजी सवारी साधान प्रयोग गरेर ३–४ घण्टाको समयमा तिर्थस्थल पुग्न सकिन्छ । सोही रुटको प्रयोग गरेर पावनभूमि गोसाईंकुण्ड पनि जाने गरेको स्थानीयहरुले बताएका छन् । साथै धार्मिक पर्यटकको सम्भावना बोकेको यस भूमिमा स्थानीयसँग बाह्य पर्यटक भित्र्याउनका लागि सुविधा सम्पन्न रिसोर्टहरु समेत निर्माणाधिन अवस्थामा रहेको स्थलगत अवलोकनका क्रममा पाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0