logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

प्रभातफेरी अनलाइन१४२३ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १, मंगलबार(१ साल अघि)
पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

काभ्रे । लोकदोहोरी गीत “अल्लारे“ ले नेपाली सांगीतिक जगतमा नयाँ उत्साह थपेको छ। गीतमा कीरण गौतम र अर्चना स्याङ्तानको सुन्दर स्वरले अमृतता भरेको छ भने, पुश्कर चौलागाईं र बलचन्द्र घोरेसैनीले लेखेको शब्दले गीतलाई अझ मनमोहक बनाएको छ। यसका संगीतकार पुश्कर चौलागाईं हुन् र संगीतलाई बिश्नु तामाङले संगीतिक व्यवस्थापन गरेका छन्।
संगीत स्टुडियो संखरा डिजिटलबाट रेकर्ड गरिएको हो। गीत कुमार सानु पुनले मिक्स र मास्टर गरेका छन् भने भिडियोलाई निरन श्रेष्ठले निर्देशन गरेका छन् । गीतको भिडियामा दीपेन्द्र सोनाम, अस्मिता रोका, र माया गुरुङका उत्कृष्ट प्रस्तुती छन्।
चक्र बी. बरालले भिडियोको छायांकन गरेका छन् र बिष्णु खड्काले सम्पादन, रंग र पोस्टरको जिम्मा लिएका छन्। मोहन् लामाले मेकअप र सञ्जाल व्यवस्थापनको कार्य गरेका छन्। भिडियोको पोस्ट प्रोडक्शन रोयल मुभिज प्रा.लि. र सफल मोशन पिक्चरले गरेको छ।
यो गीतको निर्माणमा अमर इङ्ग्लिश सेकेण्डरी स्कूल, टोक्हा –३ काठमाडौँले विशेष सहयोग पुर्याएको छ। “अल्लारे“ गीतले नेपाली लोकदोहोरी संगीतको प्रेमीलाई विशेष सन्देश दिएको छ र यसका सिर्जनाहरूले दर्शकको मन जित्न सफल भएका छन् ।