logo
२०८३ श्रावण १९, मंगलबार |
📰
🔍

१० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको पीपीए खुला

प्रभातफेरी अनलाइन७२ पटक पढिएको | २०८३ अषाढ ५, शुक्रबार
१० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको पीपीए खुला

काठमाडौं, सरकारले साना तथा मझौला जलविद्युत् आयोजनालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित १० मेगावाटभन्दा कम क्षमताका परियोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार साना तथा मझौला आयोजनाको विकास, विस्तार तथा निजी लगानी आकर्षित गर्न उक्त निर्णय गरिएको हो।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले साना तथा मध्यमस्तरका जलविद्युत् परियोजनाको विशेष प्रवर्द्धनका लागि यो व्यवस्था गरिएको जानकारी दिएका छन्।

नेपालको जलविद्युत् विकासको इतिहास पनि साना आयोजनाबाट सुरु भई अहिले ठूला जलाशययुक्त परियोजनासम्म विस्तार भएको मन्त्रालयले जनाएको छ।