Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

प्रभातफेरी अनलाइन ५६६ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ८, मंगलबार (१ साल अघि)
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

मोहन दुवाल, वरिष्ठ साहित्यकार
मेरो बुबा गणेशबहादुर दुवाल सधैंजसो कुरा–कुरामा सन्दर्भ मिलाएर तुलसीमेहेरको चर्चा गर्ने गर्नुहुन्छ । निकै मिल्ने मित्रकै रूपमा तुलसीमेहेरको बखान गर्नुहुन्छ । तुलसीमेहेरको सादगी–जीवनबाट नै गान्धीवाद के हो, किन आवश्यक छ को सिको पनि बाले गर्नुभयो । बा सरल हुनुहुन्छ, सिधा–सोझा इमान्दार मान्छेका रूपमा आफूलाई चिनाउन रुचाउनु हुन्छ । सत् डग्दैन, झूट टिक्दैनका मूलमन्त्रका आधारमा व्यवहार गर्न सिपालु हुनुहुन्छ । यस्तै खालका चरित्रे र शीलस्वभाव बनाउनका लागि तुलसी मेहेरबाट प्रेरणा प्राप्त भएको सन्दर्भ मलाई सुनाउनु हुन्थ्यो ।
म माक्र्सवादबाट प्रभावित माओका चेलालाई गान्धीवादी सेवक तुलसीमेहेरका मित्र मेरा बुबाले तुलसीमेहरको प्रभाव तत्काल मेरो मनमा भर्न सक्नुभएन । बुबा त्यसताका पराजित हुनुभएको थियो, अहिले म सम्झिरहेछु । समाजमा व्याप्त धेरै किसिमका अप्ठ्याराहरू, मान्छेका खराव प्रवृत्तिहरू बुझ्नका लागि मान्छेले निकै नै कष्टसाध्य प्रयत्नहरू गर्नुपर्ने रहेछ । समाजमा राम्रो गर्ने चाहना बोक्नेहरूको बाहुल्यता भएपछिमात्र समाजको गतिमा प्रगति खुल्छ । सत् बोल्ने चेतनाले मान्छेलाई बलियो तुल्याउँछ । कर्म गरिरहने भावनाले मान्छेलाई निकै सवल बनाउँछ । गच्छेअनुसार गर्न खोज्ने दृष्टिले मान्छेलाई सजिलो बाटोमा हिंडाउँदछ । यस्तै उद्देश्यका मर्महरू बोकेर जीवनपथमा कुदिरहेका एकजना यात्री तुलसीमेहेर मेरा बुबाको अनन्य मित्र भएर पनि मैले नजिकले चिन्न सकिनँ । मान्छेका मन र आँखामा भ्रमको छेकवार व्याप्त भइदिएपछि विश्वास गर्न गाह्रो हुँदोरहेछ । मेरो मन र आँखामा पनि यस्तै भ्रमले खेती गरेको कारणले मैले तुलसीमेहेरलाई स्वच्छ मुहारमा देख्न सकिनँ ।
एकपल्ट मात्र हो, मैले तुलसीमेहेरलाई हाम्रै घरमा बुबाछँदा आउनुहुँदा झल्लक देखेको ! म आफ्नै ताल र धुनमा व्यस्त रहिरहँदा तुलसीमेहेर दुईजना भारतीय महिलासँग म बसेको कोठामा आइपुग्नुभएको मलाई सम्झना छ । शायद २०३० सालतिर हुनुपर्छ । त्यसताका म कट्टर माओत्से तुङ् विचारधाराबाट प्रभावित युवा भएको कारणले तुलसीमेहेरले आत्मीयता मसँग जोडेर भनेका सौम्य–वाणी पनि मेरो लागि अफाप र कामलाग्दो भएन । मैले शिष्टता देखाउन सकिनँ; मैले तुलसीमेहेरको मानवीयता व्याप्त व्यवहारलाई बुझ्न सकिनँ । मलाई धुलिखेल घुम्न जानका लागि अनुरोध भएको कुराहरू पनि सुमधुर बनेन । मैले ठाडो अनुहार देखाएर उहाँसँग त्यसवेला मेरो बाका आत्मीय मित्रलाई शिष्टताका कुराहरू दिन सकिनँ । यो पीडा सधैं मेरो मनमा झुण्डिरहने छ । मैले व्यावहारिकता पु¥याउन नजानेर यस्तो कटु अनुभूति भोग्नुपरेको थिति आज म सम्झिरहेछु ।
मेरो बाको मित्र, गान्धीका अनन्य भक्त, समाजसेवक तथा देशमा सुशासन ल्याउनका लागि जीवन उत्सर्ग गर्न पनि सधैं तत्परता देखाइरहेका मान्छेका मन–मर्मका सहयोगी सरल मान्छेलाई मैले नजिकले पाउँदा पाउँदै पनि चिन्न नपाउनुमा मेरो दृष्टि–भ्रम र क्षुद्र मानसिकता नै हो । म आजभोलि यस्तै सोचमा आफूलाई फालेर समाजसेवक तुलसीमेहेरलाई बुझ्न खोजिरहेछु ।
म आजकाल सोचिरहेछु; मेरो बुबालाई शीलवान, सत् निष्ठा, त्याग–तपस्या, समर्पण, सेवा–भाव सिकाइदिनु हुने, मेरा दाजूहरूलाई शङ्खमूलको आश्रममा लग्नुभएर सामाजिकतामा बाँच्न सिक्नुपर्छ भनी ज्ञान भरिदिनु हुने, माइलादाजू हरिप्रसादको शरीर १९९० सालको भूकम्पमा पाटीले पुरिएको थियो जस्लाई उद्धार गरिदिनुहुने महामानव जस्ले सेवामात्र गर्नुभयो त्यस्तो व्यक्तित्वलाई पनि मैले सङ्कीर्ण राजनीति सोचले गर्दा राम्ररी चिन्न र बुझ्न सकिनँ । यो पीडाजन्य अनुभूति जीवनपर्यन्त रहिरहनेछ ।
केही वर्षअगाडि मात्रको कुरा हो, तुलसीमेहेर युनेस्को क्लव मद्रासका महिलाहरू आई हाम्रो टोल सफा गरिरहँदा मैले उनीहरूलाई तुलसीमेहेर हाम्रो घरमा रहनुभएको सन्दर्भ र मेरो बाको आत्मीय मित्र रहेको प्रसङ्गमात्र सुनाउँदा उनीहरू छक्क परेर हाम्रो घर टुलुटुलु नियालेको र मसँग आत्मीयता जोड्न खोजेका सन्दर्भहरू म झलझल सम्झिरहेछु । म तुलसीमेहेरलाई कविता–बिम्बमा राखेर यसरी खोजिरहेछु ः–
सामाजिकता मन–मर्ममा भर्न सिपालु
निरन्तर सेवाकै कर्म–कर्ममा रम्न जानेका मायालु
सत्–निष्ठा बिम्ब–बिम्बमा खोप्न जानेका दयालु
जस्ले देशका लागि जिउँदै मृत्युवरण गरे–
त्यहि सरल मान्छेको नाउँ हो तुलसी मेहेर ।
दिन जानेका तर लिन नखोज्ने मान्छेभित्रका बलियो मान्छे
कष्ट भोगेका तर डर के हो नजानेका सरलताभित्रका सुन्दर मान्छे
झूठ बोल्न नजानेका, सक्दो सेवामा रम्न जानेका प्रफुल्ल मान्छे
मान्छेलाई कर्ममा अर्थात् कार्यमा छमछम नाच्न सिकाउने सक्षम मान्छे
मैले यस्तै मर्ममा सुनिरहेको नाउँ हो – तुलसी मेहेर ।
दुःख मान्छेको मेट्न रूचाउने; कर्मपथमा कुदिरहेका त्यो मान्छे
जो घाटामा जीवन गुजार्छन् तर सत्यपथबाट विचलित नभएका त्यो मान्छे
कर्तव्यपथमा कुदिरहेका, कर्तव्य आफ्नो जानिराखेको त्यो मान्छे
जो अभावमा पनि कुदिरहे तर विचलनमा राख्न नजानेका त्यो मान्छे
आज मेरो मर्ममा झुलिरह्यो त्यो नाम किन हो किन–तुलसी मेहेर ।
म मेरो मनको मझेरीभित्रको बिम्बमा तुलसी रोपिरहेछु
तुलसीका रूप कस्तो भइरहेछ म ओल्टाइपल्टाइ नियालिरहेछु
तुलसी स्पर्शमा पो खुल्छ भन्दै म तुलसी खोजिरहेछु
तुलसी सत्मा फुल्दोरहेछ
विश्वास कस्तो हुन्छ म बुझ्न खोजिरहेछु ।
महान मान्छे तुलसीमेहेर । जसको नाम बारम्बार बुबाले उच्चारण गरिरहनुहुन्थ्यो । जसको चरित्रबारे बुबा बखान गर्न थाक्नु हुन्न । बुबाले जीवनपर्यन्तसम्म सधैं स्मरण गरिरहने नाम । दाजुहरुले पनि सधैं–सधैं सम्झना गरिरहने नाम ‘तुलसीमेहेर’ लाई मैले बुझेको विचार अनुसार उनलाई नजिक मित्र सम्झिन सकिनँ । पछि सोध्दै, बुझ्दै जाँदा पो थाहा पाइयो उहाँ त नेपालका ‘गान्धी’ पो रहेछ । समाजसेवक, त्यागी र निकै सरल मान्छे जस्को गुणग्राहिता समाजपरक, देशपरक र जनतापरक छन् लाई कट्टर कम्युनिष्ट विचारको पावन्दीले पर–पर सार्न वाध्य भएँ । मलाई अहिले पो अप्ठ्यारो महसूस भयो – जुन सम्झिंदा नै गाह्रो–गाह्रो प्रतीत भयो ।
०००
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0