Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एनसिसि तालिमले सामाजिक र अनुशासनयुक्त जिम्मेवार नागरिक तयार गर्छः पृतनापति लेफ्टिनेन कर्णेल थापा

प्रभातफेरी अनलाइन ४०० पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १५, मंगलबार (१ साल अघि)
एनसिसि तालिमले सामाजिक र अनुशासनयुक्त जिम्मेवार नागरिक तयार गर्छः पृतनापति लेफ्टिनेन कर्णेल थापा

काभ्रे । नेपाल सरकारको युवा विकास कार्यक्रम अन्तर्गत राष्ट्रिय सेवा दल कार्यक्रम सञ्चालन भएका विद्यालयहरुको अनुगमन गर्न काभ्रेको पनौती आइपुग्नुभएका पृतनापति लेफ्टिनेन कर्णेल शिवराम थापाले युवाहरुको व्यक्तित्व विकाससँगै सामाजिक र अनुशासनयुक्त जिम्मेवार नागरिक तयार गर्नमा राष्ट्रिय सेवा दलको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
लेफ्टिनेन कर्णेल थापाले सम्बोधनकै क्रममा असल नागरिक भएको हेर्न र स्कुलको नाम उच्च राख्नु हुनेछ । १०० दिनको तालिमले सहभागीहरुको हेराइ व्यवहार नै परिवर्तन हुनेछ । मानवको विकासक्रम जान्ने छन्, भविष्य निर्माण गर्ने छ । नेतृत्व क्षमता विकास, कुशल नेतृत्व निर्माण गर्नेछ भन्ने अनुभव ४९औं सेमेष्टरसम्मको अनुभवले देखाएको खुलासा समेत गर्नुभएको छ ।


जे गर्छौ राम्रो गर, राम्रो छनोट र नराम्रो छनोट के हो छुट्याउ, सकारात्मक संकेत देखाएकोमा सहभागीप्रति आभार व्यक्त गर्दै पृतनापति थापाको थप कथन छ– अनुसाशनमा चुक्नु भयो भने जिवनबाट चुक्नु हुनेछ । व्यवहार राम्रो भयो भने तपाई जहाँ पनि बिक्नुहुने छ । तिम्रो भविष्य तिम्रो छनोटले पुष्ट्याउँछ ।
नेपाली सेनाले यो अभियानलाई अगाडि बढाउने क्रममा निरन्तर लागिरहेको छ । विद्यार्थीहरु एनसीसी प्रतिको लगावले अब्बल छन् भन्ने अनुभूति अनुगमनको दौरानमा आफूले पाएको लेफ्टिनेन कर्णेल थापाले चर्चा गर्नुभएको छ । एनसीसी अभियानले नेपाली सेनाप्रति नेपालीजनको हेर्ने दृष्टिकोणमै परिवर्तन भएको समेत आफुले बताउनुभएको छ । यो नेपाली सेनाको लागि अनुशरणीय क्षणका रुपमा आफूले लिएको बताउनुभएको छ । नेपाली सेना र नेपाली जनबीच यो अभियानले पुलको भूमिका खेलेको अनुगमनका क्रममा भेटिनुभएका दिग्गज बौद्धिक वर्गहरुको भनाइले पनि यो अभियान आफैंमा महत्वपूर्ण छ भन्ने पुष्टि गर्दछ ।
नेपाल सरकारको युवा विकास कार्यक्रमले राष्ट्रिय सेवा दलको औंचित्यता पुष्टीसँगै अभियानले कोसेढुंगा सावित भएको आफूले अनुगमनका क्रममा महसुस गरेको लेफ्टिनेन कर्णेल थापाले बताउनुभएको छ ।


हुन त नेपाली सेनाका बारेमा चर्चा गरिराख्न जरुरत नहोला । फेरि पनि एनसीसी कार्यक्रममा जोडिएपछि सर्वसाधारण नागरिक र सेनाबिच आत्मीयता बढेको भने पक्कै हो । उदाहरणको लागि, हामीलाई विद्यालयसङ्ग एनसिसी अभियान जोड्यो र पो ! आज जुन न्यानोपन महशुस गर्ने अवसर मिल्यो, यो मेरा लागि मात्र नभई सिंगो नेपाली सेनाप्रतिको सम्मान र सद्भाव हो । विद्यालयप्रति नेपाली सेनाको सद्भाव अझ प्रगाढ र अटुट रहिरहने छ । नेपाली सेनाका गण, टुकडी, गुल्म लगायतले नागरिक र सैनिकको सम्बन्ध प्रगाढ हुनेमा आफू विश्वस्त भएको उल्लेख गर्दै नेपालीजनसँग सहकार्यमा हातेमालो हँुदै विभिन्न किसिमका सामाजिक प्रेरणादायी कार्यहरु गर्न थप उर्जा प्राप्त भएको छ । आजको यो सद्भावले यो अभियानलाई अझ सामिप्यता बनाएको छ । त्यसमा पनि एनसीसी अभियानले धेरै सहज बनाएको अनुगमनका क्रममा पाएको छु ।
सोही सम्बोधनमा एनसीसी तालिममा सरिक विद्यार्थीहरुलाई निर्देशन दिँदै यो मुलुकको शीर उच्च राख्न नेपाली सेनाको जति भूमिका छ, राष्ट्रिय सेवा दलमा सरिक तपाईंहरुको पनि त्योभन्दा कम भूमिका नरहेको स्मरण गराउनुहुँदै आफूले सिकेको सीप, ज्ञानलाई व्यवहारिक रुपमा उतार्दै समाज रुपान्तरणमा आफूलाई नमूनाको श्रोत सावित गर्न समेत लेफ्टिनेन कर्णेल थापाले निर्देशन दिनुभएको छ ।


राष्ट्रिय सेवा दल (नेशनल क्याडेट क्रप्स) को जुनियर डिभिजन तालिममा सहभागी पुण्य मा.वि. पनौती र सामुदायिक बोर्डिङ स्कुल पनौतीका विद्यार्थीहरुको तालिम अनुगमन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका क्याडेट विद्यार्थीहरुको ७९ औँ दिनको तालिमपछि पुण्य मा.बि. र सामुदायिक बोर्डिङ स्कुलको प्रांगणमा अनुगमन तथा उत्प्रेरणामुलक मन्तव्य राख्दै राष्ट्रिय सेवा दल मध्यपुर्वी तालिम शिक्षालय बर्दिवास महोत्तरीका शिक्षाध्यक्ष लेफ्टिनेन कर्णेल थापाले राष्ट्रिय सेवा दलको तालिम धेरै भन्दा धेरैलाई प्रदान गर्दै जानुपर्ने बताउनुभएको हो ।


तालिममा सहभागीलाई राज्यले विपद व्यवस्थापन, राष्ट्र सेवामा समेत सहभागि गराउन सक्ने र स्वयम् व्यक्तिमा अनुशासन, इमान्दारिताको भावना समेत बढ्ने उहाँको भनाई थियो । शिक्षाध्यक्ष लेफ्टिनेन कर्णेल थापाले अनुशासन, नेतृत्व भावनाको विकास अझ सबै भन्दा महत्वपूर्ण कुरा राष्ट्रलाई माया गर्नुपर्छ, राष्ट्रको सेवा गर्नुपर्छ भन्ने विषय तालिममा सिकाएको बताउँदै राष्ट्रको सेवामा लाग्नुपर्छ भन्ने भावना उजागर भएको बताउनुभएको छ । छोटो समयमा नै विद्यार्थीले गरेको प्रदर्शन सेनाले गर्ने प्रदर्शन भन्दा कम नरहेको बताउनुहुँदै अघिल्लो वर्षका विद्यार्थीहरुले गरेको प्रदर्शनले विद्यालयको गरिमा बढेको बताउनुभएको छ । जुनियर तथा सिनियर डिभिजन तालिमले व्यक्तिगत वृद्धि विकास, शारीरिक विकाससँगै देश विदेशमा अवसर समेत प्राप्त हुने उल्लेख गर्नुभएको छ । यसले सबैसँग घुलमिल गराउन, देशको सामाजिक पक्षमा सहभागी हुन सघाउ पुग्ने लेफ्टिनेन कर्णेल थापाको भनाइ छ ।


कार्यक्रममा पुण्य मावि पनौतीका प्रधानाध्यापक सरस्वती कनेलले प्राप्त तालिमले विद्यार्थीहरुको भविष्य उज्जवल बन्ने विश्वास व्यक्त गर्दै विद्यार्थीहरुलाई आत्मसुरक्षाका लागि सहयोग हुने बताउनुभएको छ । आगामी दिनमा यो जनशक्तिलाई राष्ट्र सेवामा लगाउन पनि अनुरोध गर्नुभएको छ । तालिम पूर्ण नहुँदै प्रर्दशन गरेको मार्चपास कला कौशलको प्रशंसा गर्दै प्रधानाध्यापक कनेलले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा राख्नुहुँदै यो तालिमले विद्यार्थीहरुलाई शारीरिक रुपमा सबल बन्न र मानसिक रुपमा आत्मविश्वास बढाउन मद्दत गर्नुका साथै दुव्र्यसन र खराब संगतबाट टाढा राख्न समेत सघाउने रहेछ भन्ने अनुभव गत वर्ष सहभागी विद्यार्थीहरुको गतिविधिबाट पाएको छु । एनसिसि तालिमले विद्यार्थीहरुलाई पढ्न मात्र नभई सामाजिक दायित्वप्रति पनि जिम्मेवार बनाएको उदाहरण अभिभावकहरुको प्रस्तुतीले पुष्टि गरेको छ । गत वर्षका तालिम प्राप्त भाइबहिनीहरुको कारण यो वर्ष विद्यार्थी भर्नामै निकै ठूलो परिवर्तव ल्यायो । मर्ज हुने अवस्थामा पुगेको पुण्य माविलाई शैक्षिक उर्वराको गन्तव्य बनाएको छ एनसिसि तालिमले । सरोकारवाला निकायको कानमा बतास लाग्ने हो भने प्रत्येक सामुदायिक विद्यालयलाई अनिवार्य रुपमा यस किसिमको तालिमको व्यवस्था गराउनुको साथै प्रत्येक सामुदायिक विद्यालयका लागि एक जना डिआईको व्यवस्था सम्बन्धी मन्त्रालय तहबाट गर्नको लागि सञ्चारकर्मीहरुमार्फत् जोडदार माग समेत गर्दछ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उठाउनु छ भने यो तालिम एउटा अस्त्रका रुपमा स्थापित हुने अनुभव यो दुई वर्षले देखाएको प्रधानाध्यापक कणेलको दाबी छ ।
यसैगरी सामुदायिक बोर्डिङ स्कुलका प्रिन्सिपल पुर्णकुमार श्रेष्ठले बालबालिकालाई अनुशासन, आत्मरक्षा र समाजसँग घुलमिल हुन सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लगातार ४ वर्षको अनुभवले प्रत्येक ब्याचका सैन्य शिक्षार्थीले गरेको उत्कृष्ट प्रदर्शनले विद्यालयको प्रतिष्ठा बढेको बताउँदै आउँदो दिक्षान्त समारोहमा समेत उत्कृष्ट प्रदर्शन गर्नेमा आफू आशावादी रहेको संवादका क्रममा खुलासा गर्नुभएको छ ।


गत असार १४ देखि शुरु भएको जुनियर तालिममा १४ वर्षदेखि १६ वर्ष उमेर समूहका छात्रछात्रा सहभागी छन् । स्कूल परिसरमा शिक्षालयबाट भएको अनुगमनका क्रममा सहभागी प्रशिक्षार्थीहरुले आकर्षक विभिन्न सैनिक कलाहरु प्रस्तुत गरेका छन् । गत वर्षको दाँजोमा यस वर्ष काभ्रे जिल्लामा एनसिसि तालिममा सरिक हुने विद्यालयहरुको संख्या ५० प्रतिशत कटौती भई ५ वटा विद्यालयमा सीमित हुन पुगेको छ । सिस नं. ५०औं ब्याचमा (निरन्तर चौंथो ब्याच) सामुदायिक बोर्डिङ्ग स्कूल, दोस्रो ब्याच सरिक गराउने पुण्य मावि, सिनियर तथा जुनियरतर्फ निरन्तर तालिममा सरिक गराउन सफल बेलर इन्टरनेशनल एकेडेमी र नयाँ विद्यालयमा महांकाल मावि बालुवा मण्डनदेउपुर समावेश भएको श्री राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालय बर्दिबास महोत्तरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0