Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गत आश्विन ११ र १२ को वर्षाले ल्याएको वितण्डाबाट दशकौंको मृत्यु, आधा दर्जन बेपत्ता, खेतीयोग्य भूमि पहिरो र बगरमा परिणत, हजारौं परिवार विस्थापित

प्रभातफेरी अनलाइन ४९९ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक ६, मंगलबार (१ साल अघि)
गत आश्विन ११ र १२ को वर्षाले ल्याएको वितण्डाबाट दशकौंको मृत्यु, आधा दर्जन बेपत्ता, खेतीयोग्य भूमि पहिरो र बगरमा परिणत, हजारौं परिवार विस्थापित

काभ्रे । बागमती प्रदेशभित्र असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण सबैभन्दा बढी विपद्को सिकार हुन पुगेको काभ्रेपलाञ्चोक जिल्लाको अहिलेसम्मको क्षतिको विवरण विपद् व्यवस्थापन अन्तर्गत जिल्ला प्रहरी कार्यालयले भर्खरै सार्वजनिक गरेको छ ।
विवरणमा उल्लेख गरिएअनुसार जिल्लामा बाढी पहिरोमा परी ७८ जनाले ज्यान गुमाएका छन् भने अझै ६ जना वेपत्ता भएको जनाकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालयले वेपत्ताहरुको खोजी कार्य चाडपर्वलाई लक्षित गर्दै स्थगित गर्न बाध्य भएको जनाएता पनि निरन्तर खोजी कार्य भने जारी राखेको जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएअनुसार वेपत्ता हुनेहरुमा तेमाल गाउँपालिका वडा नम्बर २ का ३ वर्षिया बालिका प्रिया तामाङ र ६ वर्षिया बालिका अप्रिया तामाङ छन् । उनिहरु दुवैजना पहिरोले घर पुरिँदा बेपत्ता भएका हुन् । चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ की ४० वर्षिया शान्ता रिमाल अझै वेपत्ता छिन् । उनको खोजी कार्यका लागि असोज १६ गतेसम्म जेसिवीको सहायताले खोजतलास गरिएको थियो । त्यसैगरी धुलिखेल नगरपालिका वडा नम्बर ८ की ४२ वर्षिया गिता श्रेष्ठ पनि अझै बेपत्ता छिन् । उनको पनि निरन्तर खोजतलास जारी भए पनि फेला पार्न सकेको छैन । बेथान्चोक गाउँपालिका वडा नम्वर ४ घर भएकी ३८ वर्षिया ज्ञानु परियार, खानीखोला गाउँपालिका ६ घर भएकी ३७ वर्षिया देविमाया सिंतान अझै वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले प्रेसित विज्ञप्तिमा उल्लेख गरेको छ ।


त्यस्तै वितण्डाले सबैभन्दा बढी क्षति पु¥याएको नगरको रुपमा पनौती नगर हालसम्मको तथ्यांकले देखाएको छ । जहाँ एक विदेशी नागरिक सहित १९ जनाको बाढी पहिरोमा परी मृत्यु भएको छ । रोशी गाउँपालिमा १३ जनाको मृत्यु भएकोमा एक जना रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नम्वर ३ नमुना बस्तिकी ३५ वर्षिया अन्जु बस्नेत माझी समेत रहेकी छिन् । उनी माम्ति खोलामा बगेकी हुन् । तेमाल गाउँपालिकामा १२ जनाको मृत्यु भएको छ भने २ वालिका अझै बेपत्ता छन् । वेथान्चोकमा १२ जनाको मृत्यु, १ जना अझै वेपत्ता छिन् भने वेथान्चोकमा खानीखोलाका एक जनाको मृत्यु भएको छ । मण्डनदेउपुर र नमोबुद्धमा ७÷७ जनाले ज्यान गुमाएका छन् । बनेपा र भुम्लुमा ३÷३ जनाको मृत्यु भएको छ । धुलिखेलमा २ जनाको मृत्यु भएको छ भने १ जना अझै वेपत्ता छिन् । चौरीदेउरालीमा १ जनाको वाढीपहिरोमा परी मृत्यु र एक जना अझै बेपत्ता छन् । खानीखोलामा एक जना अझै वेपत्ता छिन् । महाभारत गाउँपालिका र पाँचखाल नगरपालिकामा भने मानवीय क्षति भएको छैन ।
जिल्ला प्रशासन कार्यालय मार्फत मृतकका आफन्तलाई सरकारले उपलब्ध गराउने भनेको २÷२ लाख नगद भुक्तानी भएको प्रेसित विज्ञप्तिमा उल्लेख छ । बेपत्ताको हकमा भने केही निर्णय नभएको उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार पिडितहरुले पाउनुपर्ने राहत अन्तर्गत अधिकांश मृतकका आफन्तले दशै अघि नै बुझिसकेको बताउनुभएको छ ।
यसैबीच क्षति विवरणको तथ्यांक संकलनमा खटिएका जनशक्तिले राजनीतिक पूर्वाग्रह राखी तथ्यांक संकलनमा दुषित मानसिकता प्रस्तुत गरेको भन्दै सत्यतथ्य, यथार्थ विवरण संकलन गर्नका लागि सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

पुरातात्विक मठ–मन्दिर र सार्वजनिक तथा व्यक्तिगत सम्पति क्षतिको विवरण अधुरै

यसैबीच पनौती नगरपालिकाले आफ्नो नगरपालिकाको अहिलेसम्म प्राप्त क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जसअनुसार मानविय क्षेतीतर्फ २० जनाको मृत्यु, २५ जना गम्भीर घाइते भएको छ भने करिब २ हजार भन्दा बढी पशु चौपायाहरु मरेको, सिनो व्यवस्थापनमा समेत समस्या, अधिकांश बाटोमा क्षति पुगेको हुँदा दुध ढुवानीमा अवरोध, काभ्रे उपत्यका एकीकृत खानेपानीको मुख्य पाईप लाइन करिब ७ किमी पूर्ण रुपमा बगाएको, अधिकांश स्थानहरुमा खानेपानीको मुहान र प्रशारण पाइपलाइनमा क्षति पुगेको कारण खानेपानी सुविधामा समस्या आएको नगरपालिकाले जानकारी दिएको छ ।


त्यस्तै करिब ५ सय भन्दा बढी घरहरु बगाएको छ भने असंख्य नागरिकहरु पूर्ण रुपमा घरबार विहिन भएका छन् । २ सय घर आंसिक रुपमा क्षति पुगेको जानकारी नगरपालिकाले दिएको छ । भौतिक संरचनातर्फ रोशी करिडोरको ११ किमी सडक पूर्ण रुपमा क्षति, नगरका अन्य स्थानहरुमा समेत बाढी र पहिरोको कारण सडक सम्पर्कविच्छेद भएको छ । ७ वटा पक्की पुल र १ झोलुंगे पुल पूर्ण रुपमा क्षति भएको छ । ३ वटा स्वास्थ्य चौकी, २० वटा विद्यालयहरुमा क्षति पु¥याएको छ ।
यसैगरी पुरातात्विक क्षेत्रका मठ मन्दिरहरुमा ठूलो क्षति भएको, खोला किनारबाट २.५ किमी क्षेत्रमा तत्काल टेवा पर्खाल निर्माण गरी स्मारक क्षेत्र जोगाउनपर्ने अवस्थामा पुगेको छ भने अन्न बालीमा नोक्सानी, विद्युत् सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । व्यक्तिगत अचल सम्पत्ति करोडौंको क्षति भएको छ । मेसिनरी वाल, प्लम्ब वाल, ग्रेटिङ्ग वाल लगायत कच्चा पदार्थ (तारजाली र ढुंगा) को प्रयोग गरेर पचासौं हजार घन मिटरको पर्खाल बनाउनुपर्ने अवस्थामा पुगेको छ र अझै स्थानीयवासीबाट क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0