Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मोहन दुवालका स्पर्शहरुः एक अध्ययन –२

प्रभातफेरी अनलाइन ४०१ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक ६, मंगलबार (१ साल अघि)
मोहन दुवालका स्पर्शहरुः एक अध्ययन –२

– खगेश्वर सापकोटा (गोरखा)
‘मनका स्पर्शहरु १’ नामक मुक्तक संग्रहको पेज नं. ३ मा रहेको मुक्तकको शीर्षक ‘भ्रष्ट सरकारसँग’ रहेको छ । यस मुक्तकको शीर्षक दुईवटा शब्दहरु मिलेर बनेको छ । एउटा शब्द भ्रष्ट र अर्को शब्द सरकारसँग । भ्रष्ट’ भन्नाले खराव वा नराम्रो भन्ने अर्थ लाग्दछ । भ्रष्ट यहाँ विशेषणको रुपमा प्रयोग भएको छ र अर्को शब्द रहेको छ ‘सरकारसँग’ । सरकार शब्द यहाँ नामपदको रुपमा प्रयोग भएको छ । ‘सरकार’ शब्दमा सँग जोडिएर ‘सरकारसँग’ नामयोगको रुपमा प्रयोग भएको छ । यी दुवै शब्दलाई मिलाएर हेर्ने हो भने देशमा शासन गर्ने व्यक्तिहरु नै नीति, नियम र कानुनको दायराभन्दा बाहिर गएर नराम्रो र अनैतिक कार्यहरु गर्ने भन्ने बुझिन्छ । आफू नै अनैतिक भएपछि अरुलाई कसरी नैतिकताको दायरामा ल्याउने त्यो नै मूल समस्या बनेर आएको छ । ‘मनका स्पर्शहरु १’ नामक मुक्तक संग्रहको पेज नं. ३ मा रहेको भ्रष्ट सरकारसँग मुक्तक यस प्रकार रहेको छ ः–
अचेल किन सरकार मुर्कट्टा जस्तै भइरहेछ
माओवादी आफैं भएर हो कि –
माओवादीकै दनक खानुपर्छ भनेर हो ?
००
सरकारमा रहेका मानिसहरु आज असल व्यक्तिका रुपमा देखापरेका छ्र्रैनन् । उनीहरु भाले मुङ्गोलेझै रङ्ग बदलेर कहिले यो पाटीसँग त कहिले ऊ पाटीसँग मिलेर सरकारी ढुकुटी रित्याउनमै व्यस्त रहेका छन् । सरकार रातको समयमा मूलबाटो गल्लिगल्लि र दोबाटोमा हिंडेर जसको आत्मा कमजोर छ उसलाई दुःख दिने भूत, प्रेतजस्ता मुर्कट्टाहरु हुन् । आज माओवादी पनि विभिन्न बहाना बनाएर सरकारमा पुगेको अवस्था छ । २०५२ सालदेखि २०६२ सालसम्मको १० वर्षे जनयुद्धको भाषण र कार्यनीति आज बेकाम सावित भइसकेको छ । आफ्नै पार्टी टुक्रा टुक्रा भइरहेको छ । माओवादीले राखेको संविधानसभाको चुनावबाहेक अन्य कुराहरु दोबाटोमा भेटिएको मुर्कट्टा झैं विलुप्त भएको छ । आफू सरकारमा हुँदा पनि कुनै योजना बनाउन नसक्ने, बेपत्ताहरुको खोजतलास गर्न नसक्ने, अन्याय, अत्याचारी, हत्या, हिंसामा सरिक हुनेहरु खुलेआम हिंड्दा कुनै कार्वाही गर्न नक्सने माओवादीको भाषण ‘हात्ती आयो, हात्ती अयो फुस्सा’ जस्तै सावित भएको छ । माओवादीहरु आफू असल काम पनि गर्न नसक्ने र अरुलाई पनि काम गर्न नदिने प्रवृत्ति उनीहरुमा ज्यूँका त्यूँ रहेको छ । सरकारकै विरोध गरौँ भने उनीहरु आफैं नै सरकारमा रहेका छन् । के र कसको विरोध गर्ने ? नगरौं त हिजोको युद्धको आलोघाउ जस्ताको तस्तै रहेको छ । माओवादीको कसैले विरोध ग¥यो भने उनीहरुले गर्ने नराम्रो व्यवहार आफूले व्यहोर्नुपर्छ भनेर कुनै पनि पार्टीले माओवादीको विरोध गर्न नसकेको कुरालाई देखाइएको छ । माओवादीहरु १० वर्षे जनयुद्धको समयमा हत्या, हिंसा, अपहरणजस्ता क्रियाकलापमा ऊ पनि सरिक भएको कुरा जग जाहेरै रहेको छ, यसमा कसैको विमति नै छैन । पदका लागि मरिमेट्नेहरु जनताका समस्याहरु बिर्सिएर पदीय भागवण्डामा तँछाडमछाड गरिरहेका छन् । यस्तो पद खरिद विक्री गर्नेहरुले जनआन्दोलनको मर्मलाई बिर्सिसकेका छन् । आज सरकारको कुनै टाउको नै छैन ऊ मुर्कुट्टा जस्तै नै रहेको छ । माओवादी आज सरकारमै भएर हो वा माओवादीको सजाय भोग्नुपर्छ भनेर हो कसैले विरोध गर्ने साहस निकाल्न सक्दैनन् । कसैले विरोध गर्छ भने उसको आयु पनि छोटिने कुरालाई यहाँ व्यक्त गर्न खोजिएको छ ।
उक्त मुक्तकमा रहेको चित्र बुँख्याचा जस्तो देखिन्छ । बुँख्याचालाई लठ्ठी वा घोचोको सहायताले अड्याइएको छ । बुख्याचाको टाउको अशोभनीय रहनुको साथै कपाल जिङ्ग्रिङ्ग परेको छ । चित्र हेर्दा पक्कै पनि यो कठपुतली हो र यो अरुद्वारा सञ्चालित रहेको छ । यो आफ्नै स्वविवेकबाट कहिल्यै चल्दैन र चल्न पाउँदैन पनि । जसरी चित्रको बँुख्याचा अरुद्वारा सञ्चालित हुन्छ त्यसरी नै यो सरकार मेसिन जस्तो अर्काको् सहारा र अरुद्वारा सञ्चालित छ भन्ने भाव उक्त चित्रले व्यक्त गरेको छ । नेपालको भ्रष्ट सरकार कहिले दक्षिणको शक्तिबाट सञ्चालित हुन्छ त कहिले उत्तरको शक्तिबाट । यो सरकार वा यो देशमा शासन गर्ने शासकहरु कहिल्यै पनि आफ्नो स्वविवेकको प्रयोग गर्न सक्दैनन् र प्रयोग गर्न पाउँदैनन् पनि ।
यस मुक्तकको शीर्षक विषयवस्तु अनुसार सान्दर्भिक रहेको छ । विषयवस्तु पनि समय सान्दर्भिक नै रहेको छ । जस्तो परिवेश रहेको छ त्यस्तै नै मुक्तकमा विषयवस्तु व्यक्त भएको छ । त्यसैले मुक्तकको शीर्षक, विषयवस्तु र मुक्तकमा प्रयोग भएको चित्रले आफ्नो स्थान सजिलैसँग ओगट्न सफल भएको छ ।
००
 ‘मनका स्पर्शहरु’ नामक मुक्तकसंग्रहको पेज नं. ४ मा रहेको मुक्तकको शीर्षक ‘माया’ रहेको छ । यो ‘माया’ भन्ने शीर्षक भाववाचक नामपदमा रहेको छ । माया न त देख्न सकिन्छ, न त तौलन नै सकिन्छ । माया केवल अनुभव गर्न सकिने मात्र हो । यसलाई देख्न सकिने भए पो छुन सकिने हुन्छ ।
वास्तवमा माया भन्नाले आफूभन्दा सानालाई गरिने भित्री मनबाट नै उत्पन्न हुने एक किसिमको करुणामय भावनात्मक प्रेम नै हो । आफूभन्दा ठूलालाई आदर गरिन्छ भने आफूभन्दा सानालाई माया गरिन्छ । यस मुक्तकसंग्रहभित्र रहेको ‘माया’ मुक्तकमा पुरुषले महिलालाई वा केटाले केटीलाई वा प्रेमीले प्रेमिकालाई गरेको माया देखाइएको छ । हुनसक्छ महिलाले पुरुषलाई वा केटीले केटालाई वा प्रेमिकाले प्रेमीलाई पनि माया गरेको हुन सक्छन् ।
यस मुक्तकमा मायालाई हेरिएको छ । मायालाई हेर्न सक्दा सुन्दर देखिंदो रहेछ र सुन्दर भएकोले गर्दा नै हेर्न मनपरेको कुरा देखाइएको छ । यहाँ तिमीले भनेको माया मैले हेरिराखेको छु र त्यही मायालाई हेर्न सक्दा माया सुन्दर रहेको छ र यही माया सुन्दर भएकोले माया हेर्न रुचाइएको कुरा देखाइएको छ । मुक्तक चित्रमा केटा वा प्रेमीले केटी वा प्रेमिकालाई मायामा बाँधेको भनौँ वा अङ्गालोमा बेरेको देखाइएको छ भने प्रेमिका पनि प्रेमीको कुममा टाउको अड्याएर मायामा लठ्ठिएको दृश्य अत्यन्त रोचक रहेको छ । चित्रले वास्तविक माया नै यही हो कि ? भन्ने कुरा व्यक्त गरेको छ । मुक्तकमा देखिने कुरा वा हेर्न सकिने कुरा र हेर्दा सुन्दर देखिने कुरा र सुन्दर भएकैले माया रुचाइएको कुरा व्यक्त भएको कारणले गर्दा मुक्तकमा रहेको माया हेरिने, सुन्दर देखिने र रुचाइने भए पनि वास्तविक माया हेरिन नसकिने, देखिन नसकिने र सुन्दर हुन्छ ।
शीर्षक र चित्रको बिचमा तादत्म्य  सम्बन्ध रहेको र जसले वास्तविक मायालाई बुझेको छ र जसले वास्तविक माया गर्न जान्दछ उसले नै उक्त मुक्तकको भावलाई मनन गर्न सक्दछ भन्ने कुरालाई ‘माया’ नामको मुक्तकले व्यक्त गरेको छ । यो मुक्तक जम्मा तिन पाउमा संरचित रहेको छ ।
‘माया’
तिमीले भनेको माया मैले हेरिरहेँ 
माया हेर्न सक्दा कति सुन्दर देखिँदो रहेछ–
सुन्दर रहेकैले म माया हेर्न रुचाइरहेँ ।
००
‘मनका स्पर्शहरु १’ नाम मुक्तकसंग्रहको पृष्ठ नं. १० मा रहेको मुक्तकको शीर्षक ‘संवेदना’ रहेको छ । यस ‘संवेदना’ शीर्षकको अर्थलाई अथ्र्याउँदा मार्मिक अनुभव, सचेतरुपको ज्ञान, मनमा उत्पन्न दुःखको अनुभवले इन्द्रियहरुमा पर्ने गम्भीर प्रभाव भन्ने बोध गराउँछ । आकाशमा ताराहरु नचम्कदा आकाशले आफू अन्धकार वा आफ्नो रुप नै कालो भएको महशुस गर्दछ । ताराहरुलाई कालो बादलले ढाक्दा आकाश अन्धकारमय भएको अनुभव गर्दछ । आफैंले आफ्नो अनुहार हेर्दा जताततै कालो रहेको देख्दछ । मैले धर्तीबाट आकाशलाई निरिक्षण गर्दा आकाश बादलको घुम्टोभित्र अन्धकारमय वातावरणमा रुमल्ली रहेको देखिन्छ । आकाशलाई नियाल्दा कतै आकाशको दुःख, पिर, वेदना पनि आफूमा नै सरेर आफू पनि आकाशजस्तै कालो भइएला की भनी एक युवतीले आकाशतर्फ आफ्नो दृष्टि दिइरहेकी छिन् । उक्त मुक्तकको चित्रमा गघे पच्चिसकी कोरीबाटी चिटिक्क परेकी अर्धकदकी युवती रातको समयमा आकाशतर्फ आफ्नो दृष्टि दिंदैछिन् । आकाशमा कालो बादल लागेको र चन्द्रमाको क्षीण आकृति, आकाशमा थोरै ताराहरु देखिनुले पनि आकाशलाई विभिन्न किसिमका कष्टहरु परेको भावना आफ्नो मनमा उत्पन्न भएको र कतै त्यही आकाशको जस्तो अवस्था आफ्नो मनमा उत्पन्न भएको र त्यही आकाशको जस्तै अवस्था आफ्नो खाऊँखाऊँ र लाऊँलाऊँको उमेरमा आइपर्छ की भनेर उनी आकाशलाई परेका दुःख, पीडा, पिर, वेदनाहरु आफूलाई नै परेको जस्तो अनुभव व्यक्त गर्न पुगेकी छन । यस मुक्तकमा रहेको चित्र र विषयवस्तु सुहाउँदो रहेको छ । आकाशमा जस्तो अवस्था सिर्जित रहेको छ मुक्तकको विषयवस्तु पनि त्यस्तै रहेको छ । तिन पाउमा संरचना गरिएको उक्त मुक्तक सरल र बोधगम्य रहेको छ । तारा, बादल र क्षीण भएको चन्द्रको बिम्बात्मक प्रयोगले मुक्तक थप आकर्षक बन्न सफल रहेको छ । संवेदना शीर्षकको मुक्तक यस्तो रहेको छ ः–
संवेदना 
ताराहरु नबल्दाको आफ्नो कालो मुहार हेर्दै छ आकाश
कस्तो डराएको देखिन्छ आकाश म आकाश हेरिरहेछु –
आफू पनि आकाशजस्तै कालो पो भइएला भनी डराइरहेछु । 
००
‘मनका स्पर्शहरु १’ नामक मुक्तकसङ्ग्रहको पृष्ठ नं. १२ मा रहेको ‘तिमी १’ शीर्षकको मुक्तक रहेको छ । यस शीर्षकलाई अर्थमा केलाउँदा द्वितीय पुरुष एकवचन, मध्यम आदरको सर्वनाम शब्द हो । तिमी सम्बोधन आफूसँग अत्यन्तै मिल्ने साथीलाई भनिन्छ, कि त आफूभन्दा सानालाई माया गरेर पनि भनिन्छ । यहाँ प्रेम गर्ने प्रेमीले प्रेमिकालाई सम्बोधन गर्दै प्रेमिकाको बारेमा वर्णन गरेका छन् । तिमी हिजो आज कस्ति भएकी ? जसरी सफा आकाशमा पूर्णिमाको रातमा चन्द्रमाले आफ्नो रुपलाई प्रदर्शन गर्दछिन् र संसारका प्राणीहरुलाई लोभ्याउँछिन्, त्यसरी नै तिम्रो यो मुहारले सबैलाई लठ्याएको छ र सबैभन्दा बढी त म नै लठ्ठिएको छु । तिम्रो यो रुप र सौन्दर्य सफा आकाशको पूर्णिमाको रातको चन्द्रमा भन्दा कम रहेको छैन । तिमी हिजोआज आफ्नो रुप र यौवनमा लठ्ठिएकी छ्यौ । तिम्रो यो रुप, सौन्दर्य र यौवन देखेर म त वसन्त ऋतुको हरियाली प्रकृति तिमी नै हौ कि ! जस्तो लागिरहेको छ । वसन्त ऋतुको आगमनसँगै प्रकृतिले आफ्नो रुप र सौन्दर्यको चमत्कार प्रदर्शन गर्दछिन्, त्यसरी नै हिजोआज तिम्रो यो रुप, सौन्दर्य र जवानीले तिमी नै वसन्त ऋतु हौ कि जस्तो लाग्न थालेको छ । जसरी पोखरीमा पानीको मात्रा धेरै हुन्छ, त्यसरी नै मेरो मनमा हिजोआज अरु होइन तिमी नै आइरहेकी छ्यौ । तिमीले मेरो मनलाई थोरै पानी भएको कुवा होइन, धेरै पानी भएको पोखरी जस्तो मन बनाइदिएकी छ्यौ भन्दै प्रेमी प्रेमिकातिर लहसिँदै प्रेमिकाको बारेमा वर्णन गरेका छन् ।
मुक्तकको शीर्षक र विषयवस्तु बिचको सम्बन्ध अन्योन्याश्रित रहेको छ । शीर्षकमा जसरी तिमी राखिएको छ र मुक्तकको विषयवस्तु पनि तिमीमा नै केन्द्रित रहेर अगाडि बढेको छ । यहाँ हरियाली प्रकृतिलाई प्रेमी र मनलाई पोखरीको विम्बको रुपमा देखाइएको छ । पोखरीमा जसरी धेरै पानी र अन्य जीवहरु रहन सक्छन् त्यसरी नै मनमा पनि धेरै सुख–दुःखका भावनाहरु अटाउन सक्छन् भन्ने भाव व्यक्त भएको छ । चित्रमा पनि प्रेमीले प्रेमिकाको अनुहारलाई मुसार्दै प्रेमिकामा नै लठ्ठिएको जस्तो देखाइएको छ त्यसैले विषयवस्तु र चित्रको बिच तादात्म्य सम्बन्ध रहेको छ । ‘तिमी १’ नामकको शीर्षकको मुक्तक चार पाउमा संरचित भई एक श्लोकमा आवद्ध भएको छ ।
तिमी–१
तिमी कति खुलेकी 
तिमी अति झुलेकी 
मेरो मनभित्रकी तिमी हरियाली–
तिमी भयौ मेरो मन पोखरी । 
००
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0