Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

केही अमुक पात्रको अवरोध चिर्दै सुखद सेवा अवतरणमा शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल

प्रभातफेरी अनलाइन २०५ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक २७, मंगलबार (१ साल अघि)
केही अमुक पात्रको अवरोध चिर्दै सुखद सेवा अवतरणमा शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल

सन्दर्भः सुविधा सम्पन्न ओपिडि भवनको शिलान्यास

आफूलाई कुशल नेताको पगरी गुठ्नेहरुको नैतिकता उदांगिएको छः समाजसेवी शाक्य
बाल्यकालदेखिको सपना वृद्ध अवस्थामा आएर साकार भएको छः दाता प्रधान

काभ्रे । जिल्लाकै भन्दा पनि समग्र मुलुककै पुरानो स्वास्थ्य संस्थाका रुपमा पहिचान राख्न सफल शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालले अन्ततः सुविधा सम्पन्न बहिरंग विभागीय भवन पाउने भएको छ ।
जिल्लाका अग्रजहरुका अनुसार दशकौं अगाडि घरको छिंडिबाट सुरु भएको स्वास्थ्य सेवाको यात्रा आज अत्याधुनिक सुविधा सम्पन्न भवनसम्म उपयोग गर्न पुगेको आफ्नै आँखाले देख्न पाउनु मात्र नभई उपयोगसम्मको अवसर पाउनु आफैंमा गौरवको विषय बनेको स्थानीय अग्रजहरुको कथन छ । जसको श्रेयकर गत हप्ता ९१ वर्षीय सामाजिक अभियान्ता तप्तराज वन्तले वैदिक विधि अनुसार नयाँ सुविधा सम्पन्न बहिरंग विभाग रहने भवनको शिलान्यास गर्नुभएको छ ।
दाता राजभाई प्रधानका मामा वन्तले एक भव्य समारोहबिच भवनको शिलान्यास गर्नुभएको हो भने दाता प्रधानाङ्ग आफैं ७९ वर्षको भएको खुलासा समेत उक्त अवसरमा गर्नुभएको छ । म सामान्य नागरिक हुँ, म कुनै धनाढ्य, व्यवसायी होइन तर मान्छे भएर जन्मेपछि गर्नुपर्ने कामको निरन्तरता गरेको हुँ । हुन त यस अघि नै समाजका लागि आफूले सकेको योगदान गर्दै आएको छु । स्वास्थ्य क्षेत्रमा केही योगदान पु¥याउन सकिन्छ कि भनेर आफ्नो जन्मभूमि मात्र नभई मातापिताको जन्मभूमिमा यो प्रयास गरेको छु । स्वास्थ्य क्षेत्रमा सेवा पु¥याउँ त भनेर लागेर सेवा गर्न खोज्दा ८ वर्ष नक्सा पासकै निम्ति बित्यो, जे होस् ढिलै भएतापनि प्रक्रिया पूरा गरेर सेवा गर्ने अवसर दिनुभयो । त्यसका लागि तत्–तत् जिम्मेवार निकायप्रति व्यक्तिगत रुपमा आभार व्यक्त गर्दै ८ वर्षपछि आफूले कल्पना गरेको स्वास्थ्य र शिक्षामा सेवा गर्ने अवसर मिल्यो, मैले जस्तो अरुले पर्खन नपरोस् भन्ने अपेक्षा पनि राख्दछु ।


मानवीय सेवामा स्वार्थ हुँदैन, स्वार्थरहित किसिमबाट सेवा प्रवाह गर्नु मानवीय दायित्व भएको दाता प्रधानको सम्बोधनका क्रममा कथन राख्नुभएको छ । सोही अवसरमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले सेवा गर्ने मनहरु भगवान्का रुप हुन् । नक्सा पासका लागि केही अड्चनहरु नआएका होइनन्, तर त्यसको समाधानका लागि आफ्नो योगदान रहेको चर्चा गर्दै यो सहयोगले स्वास्थ्य क्षेत्रमा सिंगो काभ्रे जिल्लाकै लागि अनुकरणीय अर्थ राख्ने बताउनुभएको छ ।
त्यसैगरी बनेपा नगरका प्रमुख शान्तिरत्न शाक्यले सिंगो नगरको तर्फबाट यति महत्वपूर्ण अभियानमा साक्षीको रुपमा उपस्थित हुन पाउनु आफैंमा गौरवान्वित भएको छु । व्यक्तिगत रुपमा भन्दा पनि बनेपा नगरको तर्फबाट भन्दा यो नगरकै गहना हो, यो सुविधा सम्पन्न भवनको निर्माणपश्चात् गुणस्तरीय सेवा प्रदानका लागि नगरको तर्फबाट थप सहयोग र साथ रहने नगर प्रमुख शाक्यले सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।
अस्पतालका सिईओ डा. हेक्टर गायरसले आफ्नो सेवा आगमनको क्रममा मानवीय सेवा गर्ने अवसरलाई स्थानीय बुद्धिजीविहरुबाट बल पु¥याउनुभएकोमा आभार व्यक्त गर्दै आज राजभाई प्रधानाङ्गबाट जुन किसिमको सहयोग प्राप्त भएको छ, यो सहयोग स्वास्थ्यको क्षेत्रमा अनुकरणीय सावित हुनेछ । जसका लागि अस्पतालले पालना गर्नुपर्ने सबै किसिमका पूर्वाधारहरु पूरा गरेको छ । यो अभियानलाई साथ दिन अस्पताल परिवार कुनै कसुर बाँकी राख्ने छैन । मानवीय सेवा गर्न भित्री आत्माबाटै फुर्नुपर्छ । लहलहैमा मानवीय सेवा हुन नसक्ने डा. हेक्टरको ठम्याई छ ।


आफ्नो सम्बोधनको क्रममा डा. हेक्टर थप्नुहुन्छ– निकट भविष्यमै हेमो डायलसिस सेवा र सिटी स्क्यान जस्ता अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय सेवामा हाम्रो ध्यान केन्द्रित भएको छ, जसको लागि दाता निकाय एडभेन्ट हेल्थ नामक संस्थाले अस्पतालका लागि अत्याधुनिक मेडिकल उपकरण उपलब्ध गराउँदै छ भने त्यसका लागि ग्रेग हेड्सगन प्रेरणाका स्रोत भएर हाम्रासामु उपस्थित हुनुहुन्छ । यो अवसरमा उहाँ आबद्ध संस्था र उहाँप्रति अस्पताल एवं नेपाली नागरिक अनुग्रहित छन् भन्न पनि डा. हेक्टर सम्बोधनका क्रममा पछि पर्नु भएन ।
शिलान्यास समारोहमा वरिष्ठ साहित्यकार मोहन दुवाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश डंगोल, वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी, शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालका प्रमुख सल्लाहकार सुन्दर थापा मगर, बोर्ड अफ ट्रष्टिजका सदस्य एड्भेन्ट हेल्थ संस्थाबाट अस्पतालका लागि आवश्यक मेडिकल उपकरण सहित दाताहरुको भूमिका निर्वाह गर्नुहुने ग्रेग हेड्सगन सम्बोधन गर्नुभएको छ ।
कार्यक्रमका बारेमा समाजसेवी एवं बनेपा नगर विकास समितिका पूर्व अध्यक्ष रविन शाक्यको कथन छ– नाफारहित संस्थाका रुपमा स्थापित स्वास्थ्य संस्थाप्रति आफूलाई समाजको प्रतिष्ठित नेतृत्वका रुपमा आफैं स्थापित गर्न खोज्नेहरुको आचारणले झण्डै संस्था नै सिध्याएनन् । स्थानीय नेतृत्वले यो स्वास्थ्य संस्थाको महत्व नबुझेको भनौं वा स्वार्थ बाझिएको ! बुझ्न गाह्रो भयो । किनकी दाताले ८ वर्ष अघि नै भवन बनाउनका लागि नक्सा पास गरिदिन आग्रह गर्नुभएको आग्रहलाई लत्याउँदै यहाँसम्म गिजोल्ने काम भयो ।


मानवीय सेवासँग प्रत्यक्ष सरोकार राख्ने संस्थाप्रति हेर्ने दृष्टिकोण परिवर्तन नभएकोमा स्थानीय जनप्रतिनिधि र नेतृत्वप्रति कटाक्ष गर्दै आज जुन कार्यक्रम भयो, त्यसको लागि ८ वर्ष पर्खनु आफैंमा दुःखद पक्ष भएको गुनासो राख्नुभएको छ । स्थानीयका अवरोधका बाबजुद जुन स्थायित्व अस्पतालले प्राप्त गरेको छ, त्यसका लागि जिम्मेवार निकाय विशेष गरी बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईं, पूर्व स्वास्थ्य मन्त्री लगायतका पात्रहरुप्रति मुक्तकण्ठले सम्मान व्यक्त गर्नुको विकल्प नरहेको शाक्यको ठहर छ । ठेस लाग्दा पहिला हामी कहाँ जान्छौं ? मानवीय हिसाबले पनि जति नै उदण्ड भएपनि करेसाको भूत छोडेर टाढाको देउता भेट्न सम्भव हुँदैन । पात्र खराब होलान् तर संस्था खराब कहिल्यै हुँदैन । त्यसलाई सञ्चालन गर्ने पात्रहरुमा कमी कमजोरी हुन सक्छ । जसका कारण संस्थालाई नै आघात पुग्ने किसिमको निर्णय गर्नु, अवरोध सिर्जना गर्नु त्यो मानवीय धर्म हुन सक्दैन । वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव, मूल्यांकन, अध्ययन प्रतिवेदन समेत स्वीकृत भएको अवस्थामा पनि संस्थाका गतिविधिहरुलाई रोक्ने प्रयास गर्नु आफैंमा विरोधाभाष तथ्यका रुपमा मैले हेरेको छु ।
आज विधि पद्धतिमा टेकेर जुन किसिमले प्रक्रिया स्वीकृत भयो, त्यसका विरुद्ध सम्बन्धित पक्षसँग कटाक्ष राख्ने आदरणीय जनहरुले मनमनै आत्मआलोचना गर्नुभएको हुनुपर्छ भन्ने महसुस मैले गरेको छु । उहाँहरु प्रमाण रोक्नमा कहाँ–कहाँ चुक्नुभयो, काम गर्ने भावना रहेकाहरुका लागि यि अड्चनहरु मार्ग प्रशस्त हुन् । जसको प्रेरणाबाट अन्य सामाजिक कार्य गर्ने हौसला मिलेको छ । काभ्रे जिल्लाका लागि यो अस्पतालभित्र निर्माण हुन लागेको बहिरंग विभाग मात्र नभई निकट भविष्यमा १० वटा डायलसिस मेसिनको सहयोगले एकैपटक १० जना बिरामीको डायलसिस गर्न पाउनु आफैंमा अनुकरणीय र मृगौला पिडितहरुका लागि सुखद अवतरण पनि मान्नुपर्छ भने सिटी स्क्यान मेसिन जो अत्याधुनिक प्रविधियुक्त छ, जसले समयको मागसँगै बिरामीहरुका समस्यासँग डाक्टरहरुको अनुसन्धानलाई सहज बनाउने छ । जसले बनेपा नगर मात्र होइन, सिंगो जिल्ला र आसपासका पिडितहरुले सेवा प्राप्त गर्नेछन्, त्यो आफैंमा गौरवान्वित विषय भएको समाजसेवी शाक्यको कथन छ ।
दाताका अनुसार ४ तला भवन निर्माणका लागि ५ करोड ५० लाख खर्च हुने त्यसमध्ये पहिलो चरणको २ तला भवन निर्माणका लागि ३ करोड ५० लाख खर्च गरी निर्माण सम्पन्न गर्ने दाता प्रधानाङ्गले सम्बोधनका क्रममा बताउनुभएको छ । भवनको पहिलो तला ३१ सय ५९ वर्गफिट रहेको र यसभित्र बहिरंग सेवाका सबै उपचार सम्भव हुने प्राविधिकहरुले पुष्टि गरेका छन् । २ वर्षभित्र निर्माण सम्पन्न हुने उक्त भवनको निर्माण कार्यलाई दु्रत गति दिन प्रधानाङ्ग परिवारले आवश्यक सबै प्रक्रिया पूरा गरेको बताइएको छ ।
बहिरंग भवन निर्माणका लागि अस्पतालका लागि २ रोपनी २ आना जग्गा खरिद गरेको अस्पतालका प्रमुख सल्लाहकार एवं पूर्व प्रशासक सुन्दर थापा मगरले आफ्नो सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

    काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाई : समाजवादी यात्रामार्फत् समृद्धिको संकल्प

  • देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

    देशभरका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता

  • लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

    लुम्बिनी प्रदेशमा नेकपाका प्रचण्ड सहित हेभिवेट नेता उम्मेदवार

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0