प्रभातफेरी अनलाइन२१७ पटक पढिएको प्रकाशित मिति: २०८१ कार्तिक २७, मंगलबार(१ साल अघि)
सागर लामा
एउटा झोलेले अर्को झोलेलाई
झोले भन्यो के फरक पर्यो र ?
एउटा भक्तले अर्को भक्तलाई
भक्त भन्यो के फरक भयो र ?
आखिर !
जसको झोले भए पनी
उ असली दास हो
जस्को भक्त भए पनि
उ जिउदो लास हो
र पो त
दासहरुको जमात धेरै भए पछि
शासकलाइ शासन गर्न सजिलो हुने गर्छ
जिउदो लासहरु रहुन्जेल
लुटेराहरुको नाङ्गो ताण्डव चलिरहन्छ
यहि भएर न हो
अचेल शासकहरुमा
शत्ता र शक्तिको उन्मात बढिरहेको छ
अचेल उनिहरु
जनतालाइ हान्न जनताकै ढाड चडिरहेको छ
तर पनि
बिचरा जनता
असली दास बन्न मन्जुर छन्
जिउदो लास बन्न मजबुर छन्