प्रभातफेरी अनलाइन१८० पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर ४, मंगलबार(१ साल अघि)
मुरहरि रायमाझी
ग¥यौ कोष खाली, बिटो जेब हाली
भयो देश तिम्रै, त हालीमुहाली
लगाएर पाखा, सदाचारवाला
र बोकी हिँड्या छौ, फटाहा र जाली
बहाना अनेकौं, ठगी खान गर्छौ
नआओस् भनी त्यो, अरुको त पालि
जनाधार मर्दै, गयो याद छैन
अझै अन्ध बानी, बसेको छ बाली
पढेका गुनेका, सबैले चुनेका
बिना रोजगारी, भए हात खाली
सधैं मासु लुछ्छौ, चुसी रक्त उस्तै
रह्यो हाड छाला, भयो यो अचाक्ली
बढे दुष्ट पापी, निको छैन चाला
गरे नाश अम्बे, बनी भद्रकाली