Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एक वर्षभित्र बीमा मार्फत् शीर मेमोरियलबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नेछन्ः मन्त्री थापा

प्रभातफेरी अनलाइन ५१६ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर १८, मंगलबार (१ साल अघि)
एक वर्षभित्र बीमा मार्फत् शीर मेमोरियलबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नेछन्ः मन्त्री थापा

काभ्रे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय Health Environment & Climent Action Foundation र Buddhist Tzu Chi Charity Foundation को तर्फबाट शीर मेमोरियल एडभेन्टिज अस्पताललाई प्राप्त अत्याधुनिक भेन्टिलेटर र हाइ फ्लो नजल क्यानुला हस्तान्तरण गर्न बनेपा आइपुग्नुभएका स्वास्थ्य मन्त्री किरण थापाले आफ्नो सम्बोधनका क्रममा एक वर्षभित्र बीमित बिरामीहरुले बीमा मार्फत् गुणस्तरीय सेवा प्राप्त गर्ने बताउनुभएको छ ।
सम्बोधनकै क्रममा मन्त्री थापाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा सरकार गम्भीर छ । जसका लागि नागरिकले पाउने नैसर्गिक अधिकारहरु सुनिश्चित गर्नु राज्यको दायित्व हो । सो कार्यका लागि बागमती प्रदेश सरकार दत्तचित्त भई लागिपरेको बताउनुहुँदै शीर मेमोरियल एडभेन्टिज अस्पताललाई नजिकबाट नियाल्ने अवसर पाएको चर्चा गर्नुभएको छ । अस्पतालले ०७२ सालको भुकम्पको बेलादेखि कोभिडको अवस्थामा अतुलनीय योगदान गरेको आफूले पाएको स्मरण गराउनुहुँदै अस्पतालको स्थायित्वको लागि आफूले खेल्नुपर्ने भूमिकामा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता समेत मन्त्री थापाले व्यक्त गर्नुभएका छ ।
आफ्नो थप भनाइ राख्दै स्वास्थ्य मन्त्री थापाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य उपचार दिनसक्ने बनाउनका लागि भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले यस अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य उपकरण र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा बागमती प्रदेश सरकार खुलेर सहयोग गर्न प्रतिबद्ध रहेको समेत खुलासा गर्नुभएको छ ।


उक्त उपकरण हस्तान्तरण कार्यक्रमलाई बनेपा नगरका प्रमुख शान्तिरत्न शाक्यले यो सहयोगले बनेपा नगरवासी मात्र नभई सिंगो कार्यक्षेत्र भित्र पर्ने नागरिकहरुका लागि गौरवको विषय बनेको छ । जसबाट नगर अस्पताललाई समेत सहज र सुलभ हुनेमा नगरपालिका आशावादी रहेको बताउनुभएको छ ।
त्यसैगरी Health Environment & Climent Action Foundation का प्रतिनिधि महेश नकर्मीले आफ्नो संस्थालाई प्राप्त २ सय ६५ वटा भेन्टिलेटरमध्ये २ सय ५० वटा नेपाल सरकारलाई हस्तान्तरण गरेको र बाँकी १५ वटा भेन्टिलेटर यस्तै अवस्थामा रहेका अस्पतालहरुलाई दिँदै आएको बताउनुहुँदै संस्थाले वातावरणीय क्षेत्रमा, सरसफाइका क्षेत्रमा काम गर्ने भएको हुँदा यस शीर मेमोरियल एडभेन्टिज अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनको लागि अस्पताल र नगरले समन्वयकारी भूमिका खेलेमा HACAF 360 कटिबद्ध रहेको सम्बोधनका क्रममा नकर्मीले व्यक्त गर्नुभएको छ ।
कार्यक्रमलाई हेक्याफका प्रतिनिधि श्रीराम सिं बस्नेत, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति, बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी, अस्पतालका प्रमुख हेक्टर गायरस, मेडिकल डाइरेक्टर डा. एन्जिला बस्नेत लगायतले प्राप्त सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यस किसिमको सहयोगको अपेक्षा राखेको आ–आफ्नो भनाईमा व्यक्त गर्नुभएको छ । कार्यक्रमको सञ्चालन अस्पतालका अधिकृत उमेश यमन थापाले गर्नुभएको हो ।
उक्त समारोहमा दाताहरुको तर्फबाट २ थान भेन्टिलेटर र २ थान हाइ फ्लो नजल क्यानुला प्राप्त भएको अधिकृत थापाले जानकारी गराउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0