Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लेनदेन नमिल्दा बाहिरियो काठमाडौं विश्वविद्यालयको विकृति

प्रभातफेरी अनलाइन २०८ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष ९, मंगलबार (१ साल अघि)
लेनदेन नमिल्दा बाहिरियो काठमाडौं विश्वविद्यालयको विकृति

सन्दर्भः काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह

कागजको चिर्कटो फालेर आरोपित उम्काउने खेलः विद्यार्थी नेता

काभ्रे । मुलुककै प्रतिष्ठित विश्वविद्यालयको रुपमा परिचित काठमाडौं विश्वविद्यालयभित्रको बेइमानी छताछुल्ल भएर पोखिएको छ । परीक्षामा सरिक नभएका विद्यार्थीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर दीक्षित गरेर त्यहाँभित्रको बेथितिलाई सडकमा ल्याएको छ । यसको पछाडि स्रोतको दाबी छ, आर्थिक चलखेल नमिलेपछि घटना बाहिरिएको भन्दै सम्बन्धित मुख्य व्यक्ति सीएन खड्कासँग सम्बन्धित भएकोले घटनालाई गुपचुपमै राख्ने प्रयत्न हुँदाहुँदै बाहिरिएको स्रोतले जानकारी गराएको छ ।
स्रोतका अनुसार विश्वविद्यालयको परीक्षा प्रणालीमा यो नै पहिलो घटना नभएको जिकिर गर्दै यो भन्दा अगाडि पनि यस किसिमका गम्भीर त्रुटिहरु गर्दै कमाउ खाउको रुपमा स्थापित गरेको हो । यहाँ ९ जना भनिएको छ, सूक्ष्म अध्ययन गर्ने हो भने दर्जनौं नाघ्ने स्रोतको दाबी छ । परीक्षा हलमा उपस्थित रहेर खाली पेपर बुझाएर हिँडेका परीक्षार्थीहरु समेत उत्तीर्ण भएको पाइएको छ । जसका कारण पछिल्लो समय गुणस्तरीय उत्पादन नारामा मात्र सीमित भएको यो घटनाले प्रमाणित गरेको छ । यस्तै प्रवृत्तिका कारण गुणस्तरीय शिक्षा आर्जन गर्न खोज्ने बालबालिकाहरु बाध्य भएर विदेशिनु परेको छ ।
कर्मचारीतन्त्रको मनपरीका कारण छात्रवृत्ति कोटादेखि लिएर विश्वविद्यालयले प्रदान गर्ने अन्य सुविधामा समेत लापरवाहीले पराकाष्ट छोएको छ । जेहेन्दार, कर्मठ विद्यार्थीहरुले पाउनुपर्ने सुविधाबाट बञ्चित गर्दै कर्मचारी र कर्मचारीका आसेपासे पोस्ने काम विगत लामो समयदेखि हुँदै आएको पिडित विद्यार्थीले गुनासो गरेका छन् । यो घटना त सामान्य हो भन्दै विद्यार्थीहरु काठमाडौं विश्वविद्यालयप्रति आक्रोश पोख्न पुग्छन् । राजनीतिक रुपमा नेताहरुलाई काखी चापेपछि जे गर्न पनि छुट छ भन्दै हिटलर शैलीमा अगाडि बढेको नेतृत्व भागबन्डा नमिल्दा यो पटक आएर चुकेको छ । यस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई स्पष्टीकरणबाट उन्मुक्ति दिन खोज्नुले पनि यसभित्र ठूलै चलखेल छ भन्ने बुझिन्छ । लहरो तान्दा पहरो गर्जिन्छ भनेजस्तै सीएन खड्कामाथि दबाब दिएर कानूनी कठघरामा उभ्याइयो भने आफूहरु समेत मुछिने डरले अनुसन्धान, अनुगमन आदि इत्यादि नाटकहरु मञ्चन गरेर घटनालाई गुपचुप बनाउन खोजिएको छ । खबरदार ! यस किसिमको गतिविधि गरिन्छ भने विद्यार्थीहरु चुप लागेर बस्ने छैनन् । त्यसको क्षतिपूर्ति विश्वविद्यालय प्रशासनले चुकाउनु पर्नेछ भन्छन् विद्यार्थी नेताहरु ।
खड्काले लेखेका छन्, ‘त्रुटिका लागि गम्भीरतापूर्वक क्षमा माग्दै उक्त नामहरू ग्रेसलिस्टबाट हटाई तिनीहरूको डिग्री प्रमाणपत्र नष्ट गर्न अनुरोध गर्दछु ।’ खड्काले ९ जना विद्यार्थीको सूचीसमेत बुझाएका छन् । उहाँले परीक्षा नियन्त्रकलाई लेखेको स्पष्टीकरण पत्रमा विद्यार्थीको विवरण अद्यावधिक नगरी विवरण पठाएकाले अयोग्य विद्यार्थीहरूको नाम पनि सूचीमा पर्न गएको स्वीकार गरेका छन् । आगामी दिनमा पटक÷पटक तथ्यांक रुजु गरेर काम गर्ने भन्दै त्रुटि नदोहो¥याउने प्रतिबद्धतासमेत जनाएका छन् । स्रोतका अनुसार खड्का यसअघि पनि यस्तै लापरबाही र बदमासीपूर्ण काममा संलग्न रहँदै आएकाले सचेत गराई काममा लगाउँदै आएको खुलेको छ ।
सोही विषयका बारेमा अनुत्तीर्ण विद्यार्थीलाई ग्रेसलिस्टमा समावेश गरी दीक्षान्त समारोहबाट शैक्षिक उपाधि प्रदान गरेको विषयमा काठमाडौं विश्वविद्यालय (केयू) को सर्वोच्च निकाय सिनेटमा सोमबार छलफल भएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको कार्यालय सिंहदबारमा बसेको बैठकमा दीक्षान्त कार्यक्रममा भएको त्रुटिबारे जानकारी गराइएको रजिस्ट्रार अच्युत वाग्लेले जानकारी दिएका थिए । ‘ती विद्यार्थीहरू नम्बर थप गरेर पास गराइएका थिएनन् । त्रुटि भएर उनीहरूको नाम ग्रेसलिस्टमा पर्न गएको हो । ती विद्यार्थीले गाउन लगाएर डिग्रीको प्रमाणपत्र बुझेका पनि होइनन्,’ वाग्लेले भने, ‘यही कुरा सिनेट सदस्यलाई जानकारी दियौं ।’
त्रुटि फेला परेपछि नै ग्रेसलिस्टबाट हटाएर स्वतः उक्त निर्णय सच्चिएको वाग्लेले जनाएका छन् । ‘लापरबाही वा बदनियत के भएर त्रुटि हुनपुग्यो, त्यसको छानबिन गर्न समिति बनाएको छौं । त्यसपछि विस्तृत थाहा होला,’ वाग्लेले सिनेटमा भएका गतिविधिको बारेमा जानकारी गराउने क्रममा प्रष्ट्याएका छन् ।
यसैबीच केयूका प्रवक्ता एक्कुमाया पुनले विज्ञप्ति जारी गर्दै ‘स्कुल अफ म्यानेजमेन्ट’ अन्तर्गत डिग्री पूर्ण नभएका र बीचमै अध्ययन छाडी गएका समेत अनुत्तीर्ण ९ जना विद्यार्थीको नाम ग्रेसलिस्टमा पर्न गएको जनाएकी छन् । मंसिर २९ मा प्रधानमन्त्री तथा कुलपति ओलीको उपस्थितिमा आयोजित दीक्षान्त समारोहमा शैक्षिक उपाधि प्रदान गर्ने निर्णय गरिएको समाचार प्रकाशित गरेको थियो । आइतबार नै बसेको कार्यकारी परिषद् बैठकले छानबिन समिति गठन गरेको हो ।
उक्त विषयमा रजिस्ट्रार वाग्लेले आन्तरिक अनुसन्धान गर्न निर्देशन दिइसकेको समेत केयूले विज्ञप्तिमार्फत् जनाएको छ । यता विज्ञप्तिलाई लिएर विद्यार्थी संगठनहरुले आलोचना गरेका छन् । कागजको खोस्टो फ्याँकेर घटनालाई ढाँकछोप गरियो भने त्यो नै अभिशापको रुपमा विश्वविद्यालयका लागि स्थापित हुने दाबी गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0