Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समाज पर्गेली

प्रभातफेरी अनलाइन ४१९ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष ९, मंगलबार (१ साल अघि)
समाज पर्गेली

मुरहरि रायमाझी

जे जस्तो देखें त्यस्तै नै लेखें, समाज पर्गेली
फतुर कुरा लेखेको छैन, नठाने अर्घेली ।

जानेको लेखें सुनेको लेखेँ, भोगेको लेखियो
अन्तरचक्षु नियाली हेर्दा, अनि जे देखियो ।

कहिल्यै चिप्लो घसेर लेख्न, लेखनी मानेन
गुलामी गरी प्रशंसा थाप्नु, उचित ठानेन ।

मनका कुरा जनका कुरा, ती कुरा तनका
लेखियो हाम्रो गौरव गाथा, नेपालीपनका ।

मिलाइ लेख्न सकिनँ होला, बिम्ब र प्रतिक
तापनि रति खिन्नता छैन, न सुर्ता मसित ।

कविता के हो ? गद्य र पद्य, न रस जानेको
मुक्तक के हो ? गजल के हो ?, अरुले मानेको ।

मिलने होला गजल लेख्दा, रदिफ काफिया
रिसाए होलान् सृजना पढी, भ्रष्ट र माफिया ।

म लेखिरहुँ खर्चिइ मसी, बेथिति पनको
ती भुइँमान्छे पिडित दुःखी, घाइते मनको ।

कानून कडा बनेन अझै, हत्यारा भ्रष्टको
कानूनै किन्न पाइयो भने, साधु नै बन्छ को ?

विदेशी भूमि सिंचित गर्छ, युवाको पसिना
तिनैको मात्र थाप्लोमा पर्छ, पापी त्यो असिना ।

क्वै अमेरिका क्वै अष्ट्रेलिया, युरोप खाडीमा
खेत र बारी भो काँसघारी, परिणत झाडीमा ।

विदेश युवा बाल र वृद्ध, देशले पालेर
बन्दैन देश युवाको शक्ति, त्यो खेर फालेर ।

नेपाल बन्ने भिजन छैन, नेताजीहरुमा
हामीले खोजी पर्दछ गर्नु, छ कि न अरुमा ।

त्यो नैतिकता विहिन शिक्षा, सुवास बिनाको
जति नै पेलौं आउला कहाँ ?, त्यो तेल पिनाको ।

इखालु मान्छे बिखालु साँप, देखेर डराउँछु
त्यो इख यदि उचित भए, म मन पराउँछु ।

त्यो अनुचित गरेर इख, जीवन चल्दैन
बिखको बिउ रोपेको ठाउँ, अमृत फल्दैन ।

त्यो तिल पेली आउँछ तेल, तेल नै फल्छ र ?
तिलको दाना हालेर, कहाँ बाती नै बल्छ र ?

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0