logo
२०८३ अषाढ ४, बिहिबार |
📰
🔍

गजल

प्रभातफेरी अनलाइन३०५ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २२, मंगलबार(१ साल अघि)
गजल

मुरहरि रायमाझी

मनमा पाप लुकाएर, मन्दिर–गुम्बा धाउने कोही
चन्दन–टीका हरघडी, ललाटमा लाउने कोही

आफूभित्र देव हुन्छ, देख्नलाई कठिन हुने
मनमाचाहिँ अरु कुरा, मात्र नाम गाउने कोही

नजर हुन्छ दुनियाँमा, भित्र कल्मष ढाकिएर
अन्तर्चक्षु नखुल्नाले, हरे ! दुःख पाउने कोही

सदाचारको खडेरी भो, भ्रष्टाचार मौलाउँदा
कालो धन बटुलेर, सुनले छाना छाउने कोही

प्रचार गरी आफूलाई, धर्मरक्षक बनाउने
बिडम्बना ! व्यवहारमा, सेवकलाई दाउने कोही

गेरुवस्त्र–चन्दनटीका, छत्र–चमर स्वामीजीको
भित्री पूजा भक्तिनीको, हेर्दा लजाउने कोही

माया–प्रेम, धर्मसंस्कार, हुनैपर्ने सदाबहार
मौसमी त्यो डम्फू कति, धेरै बजाउने कोही ।