Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सङ्गीत, गायन र गीतलेखनका त्रिवेणी गोपाल योञ्जन

प्रभातफेरी अनलाइन २०२ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २९, मंगलबार (१ साल अघि)
सङ्गीत, गायन र गीतलेखनका त्रिवेणी गोपाल योञ्जन

मोहन दुवाल, वरिष्ठ साहित्यकार

गोपाल योन्जन एकजना प्रख्यात संगीतकार मात्र नभई सुमधुर गायन गर्न सक्ने गायक र मीठो शब्द–शैलीमा गीतहरु कोर्न सक्ने चर्चित गीतकार पनि हुन् । एउटै व्यक्तिभित्र सिङ्गो सङ्गीतको त्रिवेणी झुल्केको कारणले यिनी अरुभन्दा पृथक पहिचान भएका प्रसिद्ध सङ्गीतक्षेत्रका प्रतिभा हुन् ।
भारतको पश्चिम बंगाल अन्तर्गतको प्राकृतिक तथा पहाडी नगरी दार्जीलिङमा वि.सं. २००० जनै पूर्णिमाका दिन पिता बुद्धिमान योन्जन र माता छेकुडोल्मा योन्जनका छोरा भई यिनी जन्मेका थिए । पारिवारिक वातावरणमा पिता र जेठाबाबु पनि सङ्गीत मन पराउने र सङ्गीतका पारखी भएकै कारणले सानै छँदादेखि नै गोपाल योञ्जनले गीत गाउन र बाँसुरी बजाउन सिके । र यिनी सङ्गीतबाट विस्तारै प्रभावित हुँदै अन्य बाजाहरु पनि सिक्दै गए । बाजाहरु सिक्न पाउँदा गौरव महसुस गर्ने भएको कारणले बाजागाजासँग रम्न पाउँदा यिनी यसैमा एकोहोरिए । यसै खालको समर्पण र लगावले यिनी संगीत क्षेत्रका विशिष्ट हस्ती बने ।


सुरु–सुरुमा यिनले नानी दुलाल मुखर्जीसँग शास्त्रीय संगीत सिके र पाश्चात्य सङ्गीत स्याण्डवर्गसँग सिके । गोपाल योन्जनका प्रारम्भिक गुरुहरु यिनीहरु नै थिए । दार्जीलिङमा अम्बर गुरुङसँग सङ्गीत युनिटमा सँगै काम गरेको देखिन्छ । सानैछँदा उनका बुबाको अवसान भएकोले आमाकै वात्सल्यमा यिनी हुर्केका थिए । उनकी आमाको धोकोे थियो छोरालाई डाक्टर बनाउने तर यिनले त्यस विषयमा ध्यान दिन सकेनन् । यिनी सङ्गीत कलामा नै एकरुपले लागि रहे । सङ्गीतका धेरै बाजाहरु सिके, गीत गायनमा आफ्नै ढङ्गले लागिरहेकै कारणले दार्जीलिङमा पनि यिनी सङ्गीतका क्षेत्रमा चिनिंदै गए । पछि दार्जीलिङमा नै बाँसुरी बादकका रुपमा जागिर खाए ।
गीतमा राष्ट्रियता झल्किने, स्वरमा गतिशीलता झुल्किने र सङ्गीतमा मीठासपन गुन्जिने भएकै कारणले गोपाल योन्जनका सङ्गीत–मर्महरु फिँजिंदै गएको देखिन्छ । पछि नगेन्द्र थापासँग यिनको मित्रता जम्यो । यसैताका नारायणगोपाल र गोपाल योन्जनसँग यिनको परिचय दार्जीलिङको घरैमा भएको देखिन्छ । नगेन्द्र र नारायणगोपालसँगको मित्रता फिँजिंदै गएपछि गोपालले काठमाडौं जाने रहर र योजना बनाउँदै गए । २४ वर्षको युवा उमेरमा वि.सं. २०२४ सालतिर यिनी काठमाडौं पुगे । त्रिभुवन विश्वविद्यालयमा कला विषय लिएर भर्ना भए । यसैताका यिनले सेन्ट जेभियर्स र सेन्ट मेरिजमा सङ्गीत शिक्षक भई सेवा गरेको देखिन्छ । त्यहाँ शिक्षक छँदा यिनले तीन दर्जन जति बालगीत लेखेर गाएको देखिन्छ । २०२७ सालमा यिनले स्नात्तकोत्तर उत्तीर्ण गरे । काठमाडौंमा बस्दा–बस्दै धेरै खालका साथीभाईहरुसँग यिनको मित्रता बढ्यो । २०२८ सालमा पद्म कन्या क्याम्पसमा सहायक प्राध्यापकका रुपमा यिनले अध्यापन गर्ने मौका पाए । यही क्रममा नेपाली नागरिकता पनि लिए र नेपाली भावना र जातिको पहिचान दिने खालका थुप्रै गीतहरु पनि लेखे । यिनले लेखेका गीतहरुमा ‘नेपाली वीरजस्तो, यो झुक्तै नझुक्ने नेपालको छोरो, धेरै छ गर्नु स्वदेशको सेवा, रुँदिनन् मेरी आमा ऊ नेपालकी छोरी, नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ’ आदि खालका स्वाभिमान झल्काउने नेपालीका वीर–गाथाहरु झल्किने गीतहरु गाए । यिनले धेरै लेखे यस खालका गीतहरु । धेरै गुन्गुनाए यस खालका नेपाली गाथाहरु । नेपाली दुख्दा र नेपालीहरुको मर्ममा चोट पुग्दा यिनका राष्ट्रियताले ओतप्रोत भएका गीतहरुले हाम्रो मनलाई आश्वस्त तुल्याइदिन्छ ।
काठमाडौंमा रहँदा कवि ईश्वरवल्लभसँग पनि सम्बन्धमा गाढापन भयो र यिनकै अनुरोधमा गोपाल योन्जन र नारायण गोपालले मितेरी साइनो जोडे । नारायणगोपालले गोपाल योन्जनले लेखेका मुटु छुने धेरै गीतहरु गाए । यसरी विस्तार हुँदै गएको यिनको साङ्गीतिक यात्रा नेपाल भएर क्षितिज माथि–माथि फैलिंदै गयो । नगेन्द्र थापा, नारायणगोपाल, ईश्वर वल्लभहरुसँग लागेर धेरै खालका सङ्गीतका तरङ्गहरु दिन यिनी सफल रहे ।
काठमाडौंमा पुगेको एक वर्षपछि २०२५ सालको मंसिर २७ गते (१९६८ डिसेम्बर १२) रेन्छिन योन्जनसँग यिनले काठमाडौंमा प्रेम विवाह गरे । पछि २०२६ असोजतिर प्रेम–विवाहलाई दार्जीलिङमा पुगेर यिनीहरुले सार्वजनिक गरे । दुइटा छोरा ‘निर्माण’ र ‘अहिंसा’ र एउटी छोरी ‘सृजना’ का बाबु बनेका गोपाल योन्जनले छोरा÷छोरीहरुलाई पनि सङ्गीतमा, सञ्चारमा आबद्ध गराउन सफल रहे । हजारौंको सङ्ख्यामा गीत गाएका, हजारौं गीतमा सङ्गीत राख्न पाएका यिनले हजारौं गीतहरु पनि लेखे । नेपाली गीतमा आफ्नै खालको तरङ्ग दिन सफल यिनले नारायणगोपालको गायनमा पनि आफ्ना अमर गीत र सङ्गीत भरेर अमरत्व दिने कार्यमा साथ दिएको देखिन्छ ।
मुरली बजाउँदै बाँसुरीमा आफ्नो पकड बनाउँदै आएका गोपाल योन्जनले कक्षा ६ मा पढ्दाताका नै आफ्नै गीत र सङ्गीतबाट श्रोताहरुलाई मुग्ध पारिदिएका थिए । सङ्गीत क्षेत्रका एकजना महारथी यिनी गायन र लेखनमा पनि आफ्नै छुट्टै पहिचान बोक्न सफल शिखर–व्यक्तित्व हुन भन्न सकिन्छ । सङ्गीत क्षेत्रमा नारायणगोपाल, नगेन्द्र थापा र ईश्वरवल्लभसँग मित्रता साटे, अम्वर गुरुङलाई श्रद्धा–भावले मान्यता दिए । यिनले दर्जनौं नेपाली फिल्महरुमा सङ्गीत दिए । थुप्रै नाटक, गीतिनाटक र नृत्य नाटिकाहरुमा पनि सङ्गीत दिएर आफ्नो पहिचान देखाउन सफल रहे ।
सङ्गीत विषयका प्राज्ञ, विशेषज्ञ भएकै कारणले यिनले सङ्गीताञ्जलि र गीत मञ्जरी दुइटा पुस्तक पनि प्रकाशित गराए । सङ्गीत क्षेत्रको पहिलो पत्रिका वागिनाको सम्पादनमा नारायणगोपालसँग यिनी लागे र अभियान चलाए । सङ्गीतमा जीवन्त ध्वनि, गायनमा ओजिला स्वर र गीत लेखनमा शाश्वत सत्य भरेर आफूलाई सङ्गीतक्षेत्रमा ओजस्वी व्यक्तित्वका रुपमा चिनाउन सफल गोपाल योन्जनले दार्जीलिङ र नेपालबाट थुप्रै खालका सम्मान पाए । दार्जीलिङमा छँदा तीन पटकसम्म उत्कृष्ट बाँसुरीवादक (२०२०–२०२२ सालसम्म) र गीत÷संङ्गीत रचनामा पनि तीन पटक पुरस्कृत प्रतिभाका रुपमा चिनाउन सफल यिनले सत्यजीत रायको कञ्चनजङ्गा नामक चलचित्रमा संगीत प्रदान गरे २०२३ सालमा । सङ्गीत क्षेत्रमा विशेष गरी सबै उमेरका लागि र सबै क्षेत्र प्रभावित हुने यिनले गीत लेखे । यिनले पर्वतारोहण, वातावरण, खेलकुद, स्काउटका लागि हुने गीतका साथै थुप्रै भक्ति–गीतहरु लेखे र गाए ।
सङ्गीत क्षेत्रका उत्कृष्ट सङ्गीतकार गोपाल योन्जनले काठमाडौंमा रहेर सङ्गीतको मर्ममा उत्कृष्टता थपेर सेवा पु¥याएकै कारणले कदरस्वरुप सुप्रवल गोरखा दक्षिण बाहुले विभूषित गरिनुका साथै रेडियो नेपाल र तत्कालीन शाही नेपाल चलचित्र संस्थानबाट उत्कृष्ट सम्मान र पुरस्कार पाए । र साथै छिन्नलता गीत पुरस्कार पनि यिनले पाएका थिए । आधुनिक गीतका एकजना शक्तिशाली कलाकार गोपाल योन्जन पदमकन्या क्याम्पसमा पढाउँदा र त्यहाँ सेवारत रहँदा पनि सबैलाई मन पराएर प्राध्यापन गरेकै कारणले उनको सम्झनामा “गोपाल योन्जन पुरस्कार” स्थापना भएको देखिन्छ ।
गीतमा राष्ट्रियता, स्वरमा माधुर्यता र सङ्गीतमा मधुर तरङ्ग रहेकै कारणले यिनी सङ्गीत क्षेत्रमा कालजयी कोशेढुङ्गाका रुपमा स्थापित भएका छन् । वातावरणमा सङ्गीत पाएर, जीवनलाई सङ्गीतकै आयाममा निरन्तर लगाएर सङ्गीतकै भावना र उत्कृष्टताका लागि सधैं समर्पित रहेकै कारणले गोपाल योन्जनले आधुनिक सङ्गीतको धरातल भएर इतिहास बनाउन सफल रहे । पुख्र्यौली जन्म माटो नेपाल भएको कारणले उनको भावनाभित्र नेपाल र नेपाली रहेकै कारणले उनले गीतमा लेखेजस्तै ‘नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ’ कै पर्याय बनेर नेपाली भएर यिनी २०५४ सालमा अवसान भएको देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0