Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चेतना र अनुभवका पारखीः कमलराज रेग्मी

प्रभातफेरी अनलाइन ३२० पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन १०, शनिबार (१ साल अघि)
चेतना र अनुभवका पारखीः कमलराज रेग्मी

मोहन दुवाल, वरिष्ठ साहित्यकार

कमलराज रेग्मीलाई विद्धताको दृष्टिले, राजनीतिक सक्रियताको कारणले जयतु संस्कृतमको आन्दोलनको इतिहासले पाल्पाको जागरणमा उनले खेलेको अग्रिम गतिविधिका उत्सर्गले मैले म युवाहुँदा नै मैले मनमा सजाउन पाएको मेरो लागि आदरणीय नाम हो । राजनीति उहापोहमा कस्ले के – के गरे, कस्ले के–के सोचे र कस्ले के–के गर्ने भनेर के–के गरे भनि विश्लेषण गर्नुभन्दा उनले देश र जनताका लागि के–के गद्धारी गरेर गए भन्ने सन्दर्भमा पो विश्लेषण गर्नु अनिवार्य हुन्छ । कमलराज रेग्मीले पाल्पाको विकास निर्माण मात्र सोचेनन् वौद्धिक विकासका लागि पुस्तकालय, स्कुलका अनेकौ आयामहरू खोजेर आपूmसक्दो आफू जन्मेको ठाउँका लागि केही गर्न खोजे र गरेर देखाए । त्यतिमात्र नभई बहुजन हिताय, बहुजन सुखाय्का लागि आफूलाई जस्तो सुकै खालको दुःखको जालोमा राख्नु परेपनि कम्युनिष्ट भई संघर्षमा लागे । दुःख, हण्डरका सर्वाङ्ग नाम बनेर दिनले के मात्र भोगेनन् र गरेनन् । थुप्रै फेहरिस्त छन् – तर भोगे र संघर्षमा डटिरहे यिनी ।
आफ्नै मनमा अप्ठ्यारो लाग्ने काम पनि कहिलेकाहीँ मान्छेले गरी हाल्नुपर्ने बाध्यता आईजान्छन् –नियति हो मान्छे, बाध्यताका पोका हुनु मान्छे । यस्तै खालका नियति र बाध्यता भोगेर कमलराज पनि गाउँ फर्के । गाउँ फर्केर पनि गाउँकै सेवामा , शोषणरहोस् समाजको परिकल्पना भोगेर वर्ग समन्वयका आधारमा केही गर्न खोजे । तर निरन्तर सेवा पु¥याउन यिनले सकेनन् – केही वर्ष पछि यिनी विश्रान्तिमा लागेर पुर्नः जनता खोज्दै जनताकै हुलमा मिसिन खोजे । मलाई लाग्छ, चेतनाको कारणले, दृष्टि–बिम्बमा बौद्धिकताको संप्रेषणले यिनी यात्रामा चुप लागेर बस्न सकेनन् ।
अध्ययनका धनी व्यक्तित्व, चेतनाका खानी, अनुभवका पारखी यिनले राजनीतिमात्र गरेनन् समाजमा सेवा पु¥याउन यिनले जोडदार ढङ्गले आफूलाई लगाए र साहित्यका उत्सर्गतालाई छामे । यिनले लेखेका समीक्षाहरूमा यिनलाई खोजे थाहा हुन्छ यिनको व्यक्तित्व कति शालीन र प्रभावकारी छ ? यिनका संस्मरणहरूमा यिनको व्यक्तित्व कति प्रभावकारी र मनमोहक छ लेख–रचना पढ्दा नै अनुमान गर्न सकिन्छ । यिनले जे गरे, जे भोगे र जे–जेमा लागे तापनि आपूmलाई नलुकाइ न आफ्नो मर्मशील कर्महरूमा यिनले फुकाइदिएका आफ्नो संस्मरणहरूमा उनी छर्लङ्ग छन् । धेरै खालका बिम्बहरूमा आपूmलाई समाहित तुल्याउँदै प्रतिबिम्बमा आफ्नो अनुहार फुकाउँदै बाँचेका यिनी मेरो मर्म–मर्ममा रहेर पनि भेट्न नसकेका आदरणीय दाजु हुन् ।
००
भेट्ने इच्छा थियो तर कहीले पनि यिनीस“ग मेरो भेटघाट भएन । १२ वर्ष अघि पाल्पाकै एकजना बौद्धिकमित्र कृष्णदेव शर्मास“ग यिनी टुप्लुकै घरमा आइपुगेको सम्झना मलाई ताजै छ । मेरो साहित्यिक यात्रा र ‘जनमत’ मासिकको प्रकाशनबाट यिनी औधि मस“ग प्रभावित रहेको कुराहरू गरे । मेरो यात्रा र जनमतको प्रकाशनमा यिनले निकै खुसी व्यक्त गरेर मेरो प्रशंसा गरे । त्यो क्षण मेरा लागि निकै सुन्दर र हर्षको क्षण बन्यो । मैले मनमनमा उत्साह थपेँ । आपूmले खोजी–खोजी भेट्नुपर्ने यस खालका आदारयोग्य प्रतिभाहरूले मलाई बनेपासम्म आइपुगेर खोज्नआएको सन्दर्भ मैले जीवनमा कहिल्यै बिर्सन सक्दिन“ र यो संयोग मेरो एकखालको जीवनका एउटा सुखद क्षणको अनुभूति पनि हो । मैले दिल फुकाएर कुरा गरें, उनीहरुले पनि दिल फुकाएर मस“ग कुरा गरे । म निकै प्रफुल्लित भए“ कमलराज दाईस“ग ।
पछि धोबीघाटमा कमलदाई कहा“ धाउन थालें । जनमतको आजीवन संरक्षक बनाइयो । छिटफुट जनमत पु¥याइदिन्छु , सायद उहा“ हेर्नुहुन्छ होला ! जनमतमा एउटा लेख पनि प्रकाशित छ । जहिले भेट्दा पनि लेख्न अनुरोध गरिरहन्छु प्रतिवाद गर्नु हुँदैन जहिले पनि ‘हो’ भन्ने गर्छन् । ज्ञानगुन प्रकाशनका शेषराज सिवाकोटी (विशिष्ट न्यायाधीश) को सम्पादनमा प्रकाशित ज्ञानगुन साहित्य प्रतिष्ठानको ‘सिर्जना र साधनाका दोभान मोहन दुवाल’ ग्रन्थमा कमलदाजुले निशङ्कोच रहेर ‘एउटा माली ः आफ्नै पूmलबारी र धरातलमा’ लेख लेखेर मेरो गरिमा र अर्थलाई उच्च राखिदिएको घटना प्रसङ्गहरू बिर्सिन गाह्रो छ । निकै अध्ययशील रहेकै कारणले मेरो समग्र पहिचान,परिचय खुलाइदिएका छन,् उक्त लेख प्रसङ्गमा ।
सद्विचार र सद्व्यवहारको प्रभाव निकै प्रभावशाली हु“दोरहेछ । मप्रति व्यक्त भएका सद्विचार र चोखो सद्व्यवहारले कमलदाजु मेरो लागि निकै प्रशंशीत आदरयोग्य दाजुजस्तै मन–मनमा फुल्दै गरेका ‘कमल’ नै हुन् । बनेपामा रहेर साहित्यिक प्रकाशनमा मन दिएर, जनमत मासिक निरन्तर निकालेर, राष्ट्रका थुप्रै ठाउँ–ठाउँमा हुने साहित्यिक कार्यक्रमहरूमा पुगेर आपूmलाई देखाइरहने हुनाकै कारणले कमलदाजुसँग निरन्तर जसो मेरो सम्र्पक त हुन पाएनन् – तर मेरो मन –मझेरीमा फुल्दै गरेका मेरा प्रेरणादाइ दाजु हुन – कमलराज रेग्मी ।


जनमतको एउटा वार्षिकोत्सवमा यिनी विशिष्ट अतिथि हुनुभई जनमतको उपहार कार्यक्रमको समुट्घाटन गरिदिएको मलाई झल्झल्ती सम्झना छ । पछिल्लो ३ पल्ट जति उनलाई भेट्न घरमा पुगेको छु । एकपल्ट छोरा डा. प्रकाशराज रेग्मीसँग बनेपा र धुलिखेल घुम्ने गरी मेरो घरमा आउ“दा मैले ‘आत्मसंस्मरण लेख्नै पर्ने, केही न केही पुस्तकहरू सङ्ग्रह गरेर निकाली हाल्नुपर्ने कुराहरू फुकाएको थिए“, केही वर्षपछि एउटा समीक्षासङ्ग्रह र एउटा आत्मसंस्मरणका पुस्तक, छोरीलाई लेखेका पत्रहरूको पुस्तक प्रकाशित भएको पाउ“दा म ज्यादै खुसी भएको थिएँ । सबै कृतिहरूमा कमलराजलाई धित फुकाएर पढें ।
अस्तिमात्रै २०६९ साउन १७ गते बुधबार हरिहरभवननजिकै बेकरी क्याफेमा कमलदाजुको ८४ औँ वर्षगाथमा हुने जलपान कार्यक्रममा कमलदाजुलाई ससम्मानपूर्वक भेट्न खादासहित जनमत प्रकाशनबाट प्रकाशित पुस्तकहरू केही बोकेर पुगेको थिएँ । ५ः००बजे म पुग्दा कमलदाजु र भाउजुलाई लिएर छोरा डा. प्रकाशराज देखापरेको क्षण सुखद् रह्यो । भित्र कोठामा लाने क्रममा मैले कमलदाजुलाई डो¥याउन पाए“ । मेरो आस्थायुक्त कामना मन–मनमा राखेर भन्दै आएँ – कमलदाजु सुस्वस्थ्य चिरञ्जीवी बनून् अविश्रान्त सिर्जनशील रहिरहुन् ।
मनमा आस्था राखेर श्रद्धा गरिसकेकाहरूबाट केही हौसलाका शब्दहरू पाउ“दा गौरव हुन्छ, यात्रामा विजय प्राप्तिका ध्वनिहरू बन्छन् । मलाई उनले हौस्याएर लेखे, उनैलाई सम्झेर मलाई अर्पण गरेका अक्षरका शब्दहरू यहाँ उतार्न पाउँदा गौरव गरिरहेछु – “हाम्रा दुवाल कविता, निबन्ध, टिप्पणी, स्तम्भ, सम्पादकीय लेखिरहेका हुन्छन्, सामग्री सङ्कलन गर्दै पुस्तक, पत्रिका सम्पादन गरिरहेका हुन्छन्, गोष्ठीमा भाग लिइरहेका हुन्छन्, कार्यक्रम संचालन गरिरहेका हुन्छन्, वरिष्ठ साधक, स्रष्टाहरूलाई भेट्न गइरहेका हुन्छन्, जनमत प्रकाशन र जनमत साहित्यिक मासिक पत्रिकाका लागि संरक्षक र ग्राहक बनिदिन साहित्यप्रेमीहरूलाई अनुरोध गरिरहेका हुन्छन्, नेपाल बाहिरका स्रष्टाहरूस“ग कसरी सम्बन्ध राख्ने भनी सोचिरहेका हुन्छन् । यिनले कुनै पनि बेला कुनै न कुनै साहित्यसम्बन्धी काम नै गरिरहेका हुन्छन् । यिनी कहील्यै थाक्दैनन् । यिनले झूट बोल्दैनन्, कुकर्म गर्दैनन्, मान्छे हुन् कतै यिनबाट गल्तीसम्म भइहाल्छ कि ? यिनका अमित्र छैनन् । यिनको व्यक्तित्व आभा सौम्य र आकर्षक छ । यिनीसँग भेट्दा, बस्दा, कुरागर्दा प्रत्येकलाई यिनीबाट स्नेह, स्वागत, सम्मान, आत्मियता केही न केही पाएको अनुभव हुन्छ ।”
माथि उल्लेख भएका उत्सर्गका हरफहरू म पढिरहन्छु, गुनिरहन्छु र तलमाथि पर्ला कि भन्ने डर मान्दै माथि उल्लेख भएका बूँदाहरू सहर्ष मनमा राखिरहन्छु । कमलदाजुले २४ भदौ २०५७ मा लेखेर ममाथि ऊर्जा थपिदिएका, यी चारित्रिक प्रमाणपत्रका ती हरफहरू मन–मनमा सधै“ सम्झिरहन्छु । सरल, सहज र सज्जन भएकै कारणले यिनीसँगको मेरो मन कसिंदै यात्रामा रमाउ“दै छु । कमलराज रेग्मीका अविचल मनमा सुगन्धका साहित्यिक मर्महरू फुल्दै जाउन, म प्रशंसा गर्न रुचाइरहेछु ।
००
केही दिन भयो, अर्थात् चैत २१ गते कमलराजले जीवन–जगत् छोडेर विश्रान्ती लिए । यिनका सम्झना गर्न लायकका धेरै कुराहरु छन् । कम्युनिष्ट भएर जीवनका अंशहरु देश र जनतामा समर्पित गर्दाका क्षणहरु त्यति नै यिनका उल्लेखयोग्य छन् । त्यतिमात्र नभई पछिल्लो कालखण्डमा पञ्चायत व्यवस्थालाई उदारमुखी ढङ्गले विश्लेषण गर्न लगाई ‘गाउँफर्क अभियान’ मा ‘भूमिसुधार’ को सुकार्यमा र जनताका दैन्यदिन प्रगतिउन्मुख बनाउन ‘मुलुकी ऐन’ मार्फत् पञ्चायती शासन सत्तालाई जनमुखी बनाउने अभियानमा पनि यिनका परिश्रमहरु यस माटोमा पोखिएका देखिन्छन् । वौद्धिक व्यक्तित्वका रुपमा राजनीति वृत्तमा नाम कमाएका कमलराजले आफ्नो साहित्यिक सिर्जनामा पनि आफूलाई परिष्कृत साहित्यकारका रुपमा चिनाउन सफल छन् । मेरो मूल्याङ्कन गर्दै यिनै लेखक कमलराज रेग्मीले ज्ञानगुनका कुरामा मेरा लागि प्रेरणादायी पङ्क्तिहरु लेखेका छन्, यहाँ म स्मरण गरिरहेछु – “हाम्रो यहाँ राजनीतिमा नेता बन्नका लागि मान्छेहरु थुप्रै–थुप्रै छन्, तर साहित्यको फाँटमा एकाग्र साधनारत मोहन दुवाल जस्ता सत्पात्र औंलामा गन्न पुग्ने जति पनि छैनन् । गाँठीकुरा यति हो कि उनी कसैको–कतैको राजनीतिक अनुशासन अथवा अधीनमा छैनन् । तर उनको साहित्यिक योगदानले भने यथार्थ भूमिमा खोलिदिएको जनपक्षीय राजनीतिलाई समेत निरन्तर चेतना सम्प्रेषण गरिरहन्छ ।”
यिनै राजनीतिज्ञ तथा वौद्धिक साहित्यिक व्यक्तित्व कमलराज रेग्मीले भौतिक देह त्यागे ९२ वर्षको उमेरमा । म सम्झिरहन्छु सदासदा यिनका सिर्जनात्मक कर्म र मर्महरु । आज म यिनै व्यक्ति कमलराज रेग्मी सम्झेर यिनका कर्म र सिर्जनालाई स्मृतिमा राखेर उनका सम्झनामा अक्षर–बूँदहरु पोखिरहेछु – श्रद्धाञ्जलि छ कमलदाजु र शोकाकूल परिवारजनमा ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0