जेबी खत्री
कहिले काही“
सम्झना आउ“छ
आफू माथिको आकासको
रातभरि चम्कने
ती जून–ताराहरूको ।
र हेर्छु आकासतिर
रातभरि चम्कन्छन्
आकासमा जून–ताराहरू
परको छितिजसम्म फैलिएर
तर उज्यालो हुनासाथ हराउ“छन्
एकाएक जूनकिरी जस्तै
हेरिरहन खोज्छु
सोहोरिएर आउ“छ
आकास आ“खासम्म ।
हि“ड्न खोज्छु दिनभरि
बिना थकाई
धरती फाटेर आउ“छ
पैतालासम्म ।
भुुलेर सारा
कथा व्यथाहरू
हा“स्न खोज्छु
सबैसामु
सागर उर्लेर आउ“छ
आ“खाको डिलसम्म ।
त्यतिकै बित्छन्
दिन रात
निरर्थक जिन्दगी
पहे“लिएर झरेको
रूखको पात जस्तो
शिशिरको हावास“गै
उड्छ मन
सम्झेर अतीत
वर्तमानमा ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |