
प्रभातफेरी अनलाइन ११९ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २१, बुधबार (११ महिना अघि)
जेबी खत्री
तिमी र म
उभिएको धरती
एउटै हो ।
हरिया डाँडाकाँडा
भीर पाखा–पखेरा
तिनै हुन् ।
अकासका जून,ताराहरू
उनै हुन् ।
नदी–नाला
खोल्सा–खहरे
र झरनाहरू पनि
उही हुन् ।
आ“खामा फुल्ने
लालीगुरा“सको रङ्ग
एउटै हो ।
ढकमक्क फुलेको
बुकी फूलको सुगन्ध
उस्तै हो ।
विहान उठ्दा
देखिने हिमाल
त्यही हो ।
परापूर्व कालदेखि
हाम्रा घरका
झ्याल–ढोकाहरू
एकैतिर फर्केका छन् ।
बलेसी एउटै छ ।
आ“गन एउटै हो ।
तर
किन तिमी आज
सार्न खोज्दैछौ
हाम्रो घरको बलेसी ?
अलग्याउ“न खोज्दैछौ
हाम्रो घरको अ“ँगन,
र कुड्याउ“न खोज्दैछौ,मनहरू ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |