Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

फासीवादविरुद्धको लडाइंमा तपाईंहरू एक्लै हुनुहुन्न, क्रान्तिका पक्षधरहरू हामी सबै तपाईंहरूका साथमा छौं अभिवादन

सन्दर्भः अनेकोट घटना चैत ५

प्रभातफेरी अनलाइन ३७० पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र ७, बिहिबार (१ साल अघि)
Post Thumbnail

हामी पैदल लाग्यौं । बाटो धुलौटे थियो । कच्ची थियो बाटो । तेर्सो र उकालो–उकालो बाटो हुँदै हामी अघि बढ्यौं । अलि पर पुगेपछि राताम्मे देखियो । माथि लेकका जस्ता अग्ला बोटहरू त थिएनन्, पोथ्रा किसिमका थिए, तर ती लालीगुराँसका बोटहरू थिए । ‘धेरै वर्ष भएछ गुराँसलाई नजिकैबाट नदेखेको’ एकजना साथीको प्रतिक्रिया थियो । क्यामेरा भएका साथीहरू फोटो खिच्न थाले । हातमा गुराँसका फूलहरू लिएर हामी हिड्यौ । साथका कवि मित्र पूर्णविरामले भावुक हुँदै भन्नुभयो— “सर ! म यो लालिगुराँसको फूल त्यहीं लगेर रोप्छु, त्यो रक्तिम माटोमा ।” मेरो मन पनि त्यहीं पुग्यो, जहाँ सात जना सांस्कृतिक योद्धाहरूले दुस्मनका सामु नझुकी प्राणको आहुति दिनुभएको थियो ।
यात्राको क्रममा अनेकोटमा हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि निम्तो प्राप्त हुन्छ । त्यसपछि हाम्रो टोली त्यसतर्फ जान तयार भएको हुन्छ । यसैक्रममा दिनको करिब ०१ः३०, ०२ः०० बज्दा नबज्दा घटना घटेको स्थानभन्दा करिब ५० मिटर वरै चउरमा हाम्रो टिम सशंकीत र चनाखो ढंगबाट रहन्छ । जुन २०५५ साल चैत ५ गते अखिल नेपाल जनसांस्कृतिक संघका केन्द्रीय सदस्य च्याङ्बा लामासहित ७ जना कलाकारहरूले शहादत प्राप्त गरेको स्थान काभ्रे जिल्लाको अनेकोटमा सांस्कृतिक सहिदहरूको सम्झनामा ’अखिल नेपाल जनसांस्कृतिक संघ’ काभ्रेको आयोजनामा हुन लागेको सांस्कृतिक सभामा आमन्त्रित सञ्चारकर्मीको रुपमा हामी उपस्थित थियौं । चैत ५ लाई अखिल नेपाल जनसांस्कृतिक संघले हरेक वर्ष ‘सांस्कृतिक प्रतिरोध दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो । यसै क्रममा यसपल्ट अनेकोटमा विशेष कार्यक्रम आयोजित गरी काठमाडौंबाट पत्रकार तथा लेखकहरूलाई आमन्त्रित गरिएको कुराको सूचना मैले पनि पाएँ प्रलेस, इसास, साहित्य सन्ध्यालगायत कलम पत्रिकाका प्रतिनिधि, अनि वरिष्ठ कवि दुर्गालाल श्रेष्ठज्यूलाई समेत आमन्त्रित गरिएको प्रसङ्ग साथै लेखक–पत्रकारहरूको टोली चैत ५ गते बिहान त्यसतर्फ प्रवेश गरिएको थियो ।
२०५५ चैत ५ गते अनेकोटमा भएको प्रहरी दमन र बर्बरताको त्यो घटनाले सांस्कृतिक क्षेत्रलाई मात्र नभई सिङ्गो जनमानसलाई स्तब्ध पारेको थियो । घरमा बसेका कलाकारहरूलाई चारैतिरबाट घेराबन्दी गरी घरमा आगो लगाई बाहिर निकालेर गोली ठोकेर र सङ्गीनले घोचेर, ढुंगाले टाउकोमा किचेर हत्या गरिएको दृश्यले कारुणिक बनाएको थियो । मादल, हार्मोनियम र बाँसुरी बोकेका कलाकारहरूमाथि गरिएको त्यस किसिमको हिटलरी दमनको जति निन्दा गरे पनि कम हुन्छ । जनताका पक्षधर कलाकर्मीहरूले गीत, कविता, लेख टिप्पणीमार्फत त्यसको निन्दा गर्यौं, अहिले पनि गर्दैछौँ र गरिरहने छौँ ।
फासिवाद विरुद्धको हरेक संघर्षमा केही योगदान दिन सकेमा नै सांस्कृतिक सहिदहरूप्रति सही अर्थमा सम्मान गरेको ठहर्छ । दुःखद् थियो त्यो घटना, तर त्यस त्रासदीभित्र पनि उदात्त भाव र सौन्दर्यात्मक आदर्श थियो । जनसांस्कृतिक आन्दोलनको इतिहासमा त्याग, बलिदान र समर्पणको उदात्त उदाहरण थियो त्यो । त्यो ऐतिहासिक स्थान अनेकोटतर्फ पाइला चाल्दा मनमा कौतूहलता र संवेदनशीलता हुनु स्वाभाविकै थियो । छातीभरि रातो भावचेतना बोकेर हामी अगाडि बढ्यौं । छेउछाउका गुराँसका फूलहरूले हामीलाई हार्दिकता प्रकट गरिरहेका थिए ।
कार्यक्रमस्थलभन्दा केही माथि चौतारो भनौं स्कुल नजिकै पुग्दा साँढे दुई बजेको थियो होला । प्यास लागेको थियो । हामीलाई बाटो देखाउने साथीले नजिकैको घरमा लानुभयो । यतिकैमा ड्याङ्ड्याङको आवाज आयो । पहिले दुई र त्यसपछि अर्को दुई आवाज प्रतिध्वनित भयो ।
प्रश्नहरू लिएर हामीले एकअर्कालाई हेर्यौं । एकै छिनपछि स्वाँ ! स्वाँ ! गर्दै एकजना साथी आउनुभयो र हतारिंदै भन्नुभयो– ‘माथि फाइरिङ भयो, दुस्मनले चारैतिरबाट घेर्दैछ ।’ त्यतिखेरै हेलिकोप्टर हाम्रो टाउको माथिबाट हुइंकियो । फेरि तलबाट एकजनाले खबर ल्याउनुभयो– ‘तल नजिकै ३५ जनाको कमान्डो फोर्स यतैतिर आउँदैछ ।’ नभन्दै तलबाट धेरै नजिकै राइफलधारीहरू छिटोछिटो उकालो चढ्दैथिए । उता मञ्च निर्माण हुनथालेको स्थान नजिकैको जङ्गलबाट पनि प्रहरीहरू निस्किए ।
हेलिकोप्टर त्यसरी फनफनी घुमे र ठाउँठाउँमा जमिन छोएको अर्थ प्रहरी खसाल्नु रहेछ भन्ने थाहा भयो । माथि डाँडामा खसालिएका प्रहरीहरू हाम्रालागि बढी खतरनाक हुनसक्थे । यसरी घरीघरी हेलिकोप्टरले चक्कर मार्नु, चारै कुनामा प्रहरी तैनाथ गरिनु र माथि डाँडामा फायरिङ हुनुले आफ्ना प्यारा सांस्कृतिक योद्धाहरूको सम्झनामा उपस्थित हुन टाढा–टाढाबाट आएका जनमानस सतर्क र आक्रोशित हुनु स्वाभाविकै थियो । विभिन्न कुनामा छरिएर बसेका तीन–चार हजारको जनसमूहलाई सुरक्षा प्रदान गर्न स्वयमसेवकहरू तथा जनमिलिसियाहरू सक्रिय भएको देख्न सकिन्थ्यो ।
परन्तु छिन–छिनमा हेलिकोप्टरबाट झारिएका प्रहरीहरू र चारैतिरबाट घेरिएको स्थितिले परिस्थिति भिन्नै र जटिल बनेको थियो । लेखक र पत्रकार गरी ८ जना थियौं । साथमा एकजना दिदी हुनुहुन्थ्यो । पछि थाहा भयो उहाँ श्रद्धेय सांस्कतिक सहिद मञ्जु कुँवरकी आमा हुनुहुँदोरहेछ । प्रहरीको गतिविधिले जनसमूह बढी सचेत बनेको थियो । र त्यस स्थितिमा हामीलाई पनि त्यो उपयुक्त लाग्यो ।
हामीमध्ये धेरैजसो त्यस ठाउँ र यस किसिमको स्थितिका लागि अपरिचित थियौं । उहाँहरूले जे भन्नुहुन्थ्यो त्यसै गर्दै गयौं । हेलिकोप्टर आकाशमा घुमिरहेको थियो । छिनमा पर पुग्थ्यो र छिनमा हाम्रो टाउकोमाथि । हामी रूख र भित्ताको आड लिन्थ्यौं । माथिबाट प्रहरीहरू गोली चलाउँदै र कुद्दै झर्नुले स्थिति जटिल बन्नु स्वाभाविकै थियो । स्थिति आत्तिनुपर्ने किसिमको थियो । तर संयमता र विवेकले काम लिनुपर्ने अवस्था थियो ।
हामीलाई आयोजक मित्रहरूले एउटा घरमा सुरक्षित राख्न लानुभयो । त्यहाँ उहाँहरूबाट कार्यक्रमबारे थाहा भयो– सहिद परिवारको सम्मान, सांस्कृतिक कार्यक्रम, अतिथिहरूको स्वागत–सम्मान तथा विभिन्न पार्टीका प्रतिनिधिहरूको बोल्ने कार्यक्रम रहेछ । ‘हामी आधा घण्टाका लागि भए पनि कार्यक्रम गर्छौं’, आयोजक मित्रहरूले भन्नुभयो । तर त्यतिबेरै सूचनाबाहकले– सत्रुहरू एकदमै नजिकै आइपुगेको र सो स्थान तुरुन्त छोड्नुपर्ने भयो भनेपछि हामीले एकअर्कालाई हेर्यौं । केही साथीहरू जुरुक्क उठ्नुभयो । माथि पुनः बन्दुक पड्केको आवाज सुनियो ।
आयोजकहरू हामी अतिथिहरूको सुरक्षाप्रति एकदमै चिन्तित हुनुभयो र भन्नुभयो– ‘दुस्मनले कार्यक्रम बिथोले पनि ऊ पराजित भएको छ, हामी पुनः कार्यक्रम गरेरै छाड्ने छौं ।’ तर त्यति बेला नै माथिबाट प्रहरीहरू गोली चलाउँदै आएको देखियो । त्यसपछि स्थिति सहज छैन भन्दै दुई टिममा विभाजित भयौं । चार जना साथी हाम्रो सुरक्षा र बाटो देखाउने काममा हामीसित लाग्नुभयो । ताता हात मिलाएर हामी त्यहाँबाट छुट्यौं । गुराँसका फूलहरू त्यहीं रोप्यौं । त्यतिबेर दिनको साँढे तीन बजेको थियो र हेलिकोप्टर त्यसैगरी चक्कर मारेर कहिले वर र कहिले पर गरिरहेको थियो । दुई घण्टाको हिंडाइपछि अर्को गाउँमा पुगे र हेर्दा माथि डाँडामा धुवांको मुस्लो उडेको देखिन्थ्यो र गोली चलेको आवाज प्रस्ट सुनिन्थ्यो ।
बास बस्ने ठाउँमा पुग्दा रात निकै गइसकेको थियो । खोला, बगर, उकालो, ओरालो गर्दै ६ घण्टा जति हिंडिएछ । स्थिति मिलाएर पत्रकार मित्रहरू उजिर, मनऋषि र दिनेशजीले काठमाडौं समाचार पठाउनुभयो । स्थिति त निद्रा लाग्ने किसिमको थिएन, प्रहरीहरू त्यहाँ पनि आउन सक्छन्, आशङ्का थियो । तर जुन घरमा हामी बस्यौं, त्यहाँ पाएको माया, श्रद्धा, आतिथ्यताले मन एकदमै हर्षित भयो । मुक्तिकामी जनता आफ्नो भूमिका पूरा गर्ने क्रममा जस्तोसुकै स्थिति सहन पनि तयार हुनुको स्थितिमा पुगेको अनुभव भयो ।
भोलिपल्ट बिहानै उजिरजीले भन्नुभयो– ‘हामी पत्रकार भएको के काम, आज हामी अरू स्थानीय पत्रकारहरूलाई लिएर त्यस क्षेत्रमा जान्छौ“, हेरौं के हुँदोरहेछ ।’ हामी लेखकहरू भने पैदल अनि मोटर बाटो हुँदै भोलिपल्ट बिहान साँढे दश बजे काठमाडौ आइपुग्यौं । अनेकोटः त्यस ठाउँमा टेक्नु साँच्चै म रोमाञ्चित भएको थिएँ । जनादेशमा प्रकाशित लेखको सम्झना भयो– ‘च्याङ्बा तिमीसित भेट हुनु त्यति नै रहेछ ।’
हामी फर्कियौं– छातीभरि, मुटुभरि च्याङ्वा, निर्मला र सुभद्राहरूका सौन्दर्यगाथालाई समेटेर । पछि चर्चामा आयो, ती सात जना कलाकारहरूको हत्या गराउन विशेष भूमिका खेल्ने त्यस क्षेत्रका एमाले नेताहरूले यस कार्यक्रमलाई बिथोल्न प्रशासनससित हारगुहार गरेका रहेछन् । पछि थाहा भयो, कार्यक्रम गर्दागर्दै चारैतिरबाट घेराऊ गर्ने र धरपकड गर्ने तथा गोली ठोक्ने कार्यक्रम रहेछ । सात जनाको हत्या गरेर नपुगी सयौं नागरिकको हत्या गर्न योजनारत फासिवादी सत्ताको षड्यन्त्रको समयमै भण्डाफोर भएको थियो ।
घेराबन्दीमा पारेर लखेटी–लखेटी मार्ने यो षड्यन्त्रबाट बच्न र बचाउन सकेको स्थिति सुखद् अनुभूत भएको छ । खुला रूपमा घोषणा गरिएको र निशस्त्र जनताद्वारा मनाउन लागिएको यस सांस्कृतिक सभालाई बिथोल्न युद्धकै तयारीमा कांग्रेसी फासिवादी लाग्नुबाट सत्ता एकपल्ट फेरि नराम्रो गरी नाङ्गिएको र एकपल्ट फेरि जनताको प्रतिरोधात्मक क्षमताको परिचय प्रमाणित भएको छ ।
‘अखिल नेपाल जनसांस्कृतिक संघ’ काभ्रेका साथीहरूसित बसेर, विश्रृंखलित भएको काभ्रेको सांस्कृतिक परिवारलाई नयाँ गति दिन सक्रिय रहनुभएको साथीहरू खासगरी महेशजीसित बसेर जनसांस्कृतिक आन्दोलनका बारेमा छलफल र विचारविमर्श गर्ने चाहना पूरा हुन सकेन र पनि च्याङ्बा र कान्छा लामाहरूद्वारा सिंचित त्यहाँको सांस्कृतिक आन्दोलनलाई गति दिन त्यस क्षेत्रका सांस्कृतिक साथीहरूले देखाएको अठोट, प्रतिबद्धता र साहसको हार्दिकतापूर्वक प्रशंसा गर्दै अलिकति पनि विचलित नभई सांस्कृतिक यात्रालाई निरन्तरता दिन आह्वान गर्दछौं । फासीवादविरुद्धको यस लडाइंमा तपाईंहरू एक्लै हुनुहुन्न, क्रान्तिका पक्षधरहरू हामी सबै तपाईंहरूका साथमा छौं ।
बाटामा आउँदा ठाउँठाउँमा पानी खान दिँदै र चिया नखाई जान पाइंदैन भनेर हामीलाई माया गरेको देख्दा हामी हृदयदेखि नै हर्षित भयौं । जनमुक्ति अभियानले जनताको घर–दैलोसित आत्मीयता गाँसेको देखेर मन प्रफुल्ल भयो । साथमा रमाइला, साना तर, परिपक्व कुरा गर्ने एकजना भाइ पनि थिए । नाम सोधें उनले विनोद भनेर जवाफ दिए । थाहा भयो– उनी त उदयपुरका श्रद्धेय सहिद मोहन कटुवालका छोरा रहेछन् । फोटोमा सानु देखेको थिएँ । कति वजनदार उनका कुरा ! ‘हामीले दिनरातदेखि सांस्कृतिक कार्यक्रमको तयारी गरेका थियौ“…’
खिन्न त हामी पनि थियौं कार्यक्रम हेर्न नपाएकोमा । पछि सांस्कृतिक टोली सुरक्षित रहेको कुरा सुनेपछि हर्षको अनुभव हुन गयो । छुट्टिने क्रममा हामी सबैले आआफ्नो ठाउँबाट कांग्रेसी आतंकको भण्डाफोर गर्ने तथा श्रद्धेय सांस्कृतिक सहिदहरूप्रति रक्तिम अभिवादन प्रकट गर्ने अभिव्यक्ति दिने कुरा उठायौं । कवि पूर्णविरामले भन्नुभयो– ‘हामीले कविता पढ्न पाउनुपर्छ ।’ मैले पुलुक्क उहाँको अनुहारमा हेरें– ‘हो सर ! मैले कविता लेखिसकें ।’
यसबीच धेरै घटनाहरू घटेका छन् । सम्झिंदा मात्र पनि एक किसिमको भिन्नै अनुभूति हुन्छ । प्रहरीद्वारा चौतर्फी रूपमा घेरिएको त्यो क्षण र घेरा तोडेर सकुशल सुरक्षित स्थानमा पुगेको त्यो घडीको सम्झना मात्रले पनि मन रोमाञ्चित हुन्छ ।
घडी हेरें, एक बजेर पच्चीस मिनेट गएछ । त्यतिखेर आकाशमा एउटा हेलिकोप्टर चक्कर मारीमारी घुमिरहेको थियो । घरी पर पुग्थ्यो र घरी हाम्रो टाउकैमाथि । हामीले प्रश्न र उत्तर दुबै लिएर एक–अर्कालाई हेर्यौं । अनेकोटको ऐतिहासिक धरती अब टाढा थिएन ।
साँच्चै हो, आतंक फैलाएर र बन्दुक तेस्र्याएर फासिवादी सत्ताले हाम्रा अभिव्यक्तिहरूलाई रोक्न सक्तैन । हामीलाई आतङ्कित पारेर जेल, नेल र हत्या गरेर प्रतिक्रियावादी सत्ता हाम्रो आवाजलाई छेक्न सक्तैन । हामीलाई कविता लेख्नबाट बञ्चित गराउन सक्तैन । हाम्रा हृदयका फूलहरूलाई सम्झिनबाट विमुख पार्न सक्तैन । यो सत्ता लालीगुराँस फुल्नबाट रोक्न सक्तैन । आतंक र जनहत्याले वर्गीय मायाको यो अजस्र र अनन्त स्रोतलाई कदापि थुन्न सक्तैन फासिवादी सत्ताले । अनेकोटप्रति एकपल्ट फेरि रक्तिम अभिवादन ! विश्वासका फूलहरूद्वारा अभिवादन !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

  • Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

  • Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0