Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २४, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गठबन्धनको राजनीति गर्दैनौं : उपाध्यक्ष भुषाल

सन्दर्भः नेपाल बुद्धिजिवी संगठनको सातौं जिल्ला सम्मेलन

प्रभातफेरी अनलाइन ६१७ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ १, बुधबार (११ महिना अघि)
गठबन्धनको राजनीति गर्दैनौं : उपाध्यक्ष भुषाल

काभ्रेपलाञ्चोक/ नेपाल बुद्धिजिवी संगठनको सातौं जिल्ला सम्मेलनको उद्घाटन गर्न काभ्रेको बनेपा आइपुग्नु भएका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रभावशाली नेता एवं पार्टी केन्द्रीय उपाध्यक्ष पम्फा भुषालले अवको राजनीतिक यात्रा गठबन्धन नहुने बताउनुभएको छ ।


विगतमा जनताले जसरी विश्वास गरेका थिए त्यो विश्वासलाई पुन फर्काउने उद्देश्य सहित मेची–महाकाली हुलाकी राजमार्ग अभियानका क्रममा जनताले देखाएको अपार माया स्नेह र समर्पणप्रति माओवादी केन्द्र उच्च सम्मान व्यक्त गर्दछ । व्यवस्था बदलिएसँगै माओवादीका आएको विलाशितापनले जनता सँगको सम्बन्ध टुट्न गएको स्विकार्दै अब त्यो गल्तीबाट पाठ सिकेर जनताको बलिदानको उच्च सम्मानका साथ आफुहरू सच्चिने मार्गमा लागेको खुलासा समेत नेतृ भुषालले सम्बोधनका क्रममा बताउनु भएको छ । सम्बोधनकै क्रममा नेपाल बुद्धिजिवी संगठनप्रति लक्षित गर्दै पार्टीको महत्वपूर्ण हिस्साको रुपमा रहेको बुद्धिजिवी संगठनले आफुलाई समय सापेक्षित परिवर्तन गरी जनता र नेतृत्ववीचको पुलको काम गर्दै आएको स्मरण गराउँदै पार्टीभित्रको महत्वपूर्ण पक्षको रुपमा आफुलाई उभ्याउन सफल हुने विश्वास राख्नुभएको छ ।

नेपाल बुद्धिजीवी संगठनले विगतमा खेलेको भूमिकाको उच्च सम्मान गर्दै जुन पार्टीले अपेक्षा गरेको थियो, त्यो भन्दा एक कदम अगाडी आफुलाई जनता र नेतृत्वसँग सेतुको काम गर्न सफल भएकै कारण आज फेरी जनताका माझ हामीले आफ्नो वितगका बारेमा स्मरण गराउन पाएका छौं । जुन समर्पण, त्याग र बलिदानबाट प्राप्त भएका सिमित अधिकारहरू छन्, त्यसको संरक्षण र स्थायित्वका लागि बुद्धिजिवी संगठन महत्वपूर्ण भूमिकामा सदैब रहने छ । पार्टीले प्राप्त गरेको तत्कालिन अवस्थाको विरासतलाई पूर्ववत् अवस्थमा पुर्याउनका लागि बैतडीको झुलाघाटबाट ताप्लेजुङको चिवाभञ्ज्याङसम्मको पुष्पलाल मध्यपहाडी राजमार्गलाई पनि अभियानको रुपमा अगाडी बढाउने छौं । जसबाट नेपाली जनताले विगतमा विराएको बाटोप्रति खबरदारी गर्दै सक्षम नेतृत्वलाई आगामी २०८४ को निर्वाचनमा स्थापित गराउने छन् भन्ने विश्वास पार्टीपंक्तीले राखेको हुँदा त्यो अभिभारा पुरा गर्नका लागि नेपाल बुद्धिजिवी संगठन सदैव अग्रमोर्चामा रहने विश्वास नेतृ भुषालले सम्बोधनका क्रममा राख्नुभएको छ ।

सम्मेलनको बन्दसत्रले तीर्थ पन्तको अध्यक्षतामा ५२ सदस्यीय नेपाल बुद्धिजिवी संगठन काभ्रे जिल्ला समिति चलन गरेको छ । समितिको उपाध्यक्षमा उद्धवप्रसाद पौडेले (दाप्चाली), तीलक पाण्डे, तारा चौलागाईं (रुकु) सचिवमा अर्जुन पौडेल, सहसचिवमा ओम खतिवडा, कोषाध्यक्षम मिङ्मा लामा लगायत चयन भएका छन् । निर्वाचित जिल्ला समितिलाई नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज तेजबहादुर मिजारले बधाई ज्ञापन गर्दै बौद्धिक वर्गले समाजमा देखिएको विक्रीति विसंगतिलाई चिर्दै पार्टीले दिएको दायित्वलाई इमान्दारिताका साथ जनतासम्म पुर्याएर जनतामा सकारात्मक परिवर्तन ल्याउनका लागि महत्वपूर्ण भूमिका खेल्नेमा सिङ्गो काभ्रे जिल्ला पार्टी पंक्तिले अपेक्षा राखेको उद्घोष गर्नुभएको छ ।

कार्यक्रममा निर्वाचित समितिलाई नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समन्वय समितिका संयोजक भोला अर्याल, नेपाल बुद्धिजिवी संगठनका केन्द्रीय अध्यक्ष, महासचिव, जिल्लाका पूर्व अध्यक्षलगायतले सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0