
प्रभातफेरी अनलाइन १३९ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ३, शुक्रबार (८ महिना अघि)
नवलपरासी/ पश्चिम नवलपरासीको सुनवलमा हावाहुरीले रुख ढलेर च्याप्दा दुई जनाको ज्यान गएको छ । शुक्रबार हावाहुरीसहित आएको पानीबाट जोगिन प्रतिक्षालयमा ओत लागेका दुई जनाको ज्यान गएको हो ।
रुखले च्यापेर मृत्यु हुनेमा सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुन रहेका छन् । प्रतिक्षालयमाथि नै रुख ढलेपछि मानवीय क्षती भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
रुखले च्यापेर थप तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एकजनाको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको छ ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |