Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रोशी पूर्ण खोप सूनिश्चत तथा दिगोपना गाउँपालिका घोषणा

प्रभातफेरी अनलाइन २४७ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ २८, मंगलबार (९ महिना अघि)
रोशी पूर्ण खोप सूनिश्चत तथा दिगोपना गाउँपालिका घोषणा

काभ्रेपलाञ्चोक/ काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । मंगलबार जिल्ला खोप समन्वय संयोजक समेत रहेका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यता तथा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा घोषणा भएको हो ।

रोशी गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्दै जिल्ला समन्वय समिती काभ्रेपलाञ्चोकका प्रमुख गौतमले विकासको पहिलो आधार भनेको स्वास्थ्य रहेको र स्वास्थय रहनको लागि पूर्ण खोप लगाउनुपर्ने बताए । पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मीहरुको योगदानको प्रशंसा गर्दै स्वास्थ्यकर्मीहरु एक प्रकारको भगवाननै भएको उनले बताए ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले विगतमा बालबालिकाको मृत्यु दर र अहिलेको मृत्यु दरमा धेरै फरक रहेको बताउदै त्यसो हुनुमा पूर्ण खोपकै प्रभाव रहेको बताए । पूर्णखोप सुनिश्चितता घोषणा गर्नु भन्दा दिगोपना दिन महत्वपूर्ण काम रहेको बताउदै दिगोपनाका लागि प्रतिबद्ध हुन सबै सरोकारवालाहरुलाई अनुरोध गरे ।

सो कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा नीति कार्यक्रम तय गर्दै आएको र आगामी दिनमा पनि प्राथमिकता दिदै जाने बताए । रोशीका नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ६० बर्ष नाघेका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको उनको भनाई छ । ‘पूर्ण खोप सुनिश्चिततामा दिगोपना दिन सक्याँै भने मात्र घोषणाले सार्थकता पाउनेछ । त्यसकारण बजेट व्यवस्थापनमा हामी जनप्रतिनिधिहरु लाग्छाँै कार्यान्वयनमा कर्मचारीहरु लाग्नुहोस’, अध्यक्ष लामाले बताए ।

गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा मात्र हैन दिगोपना दिनको लागि पनि प्रतिबद्ध रहेको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रशाद भन्तनाले पूर्ण खोप सुनिश्चितता घोषणाको लागि फागुन महिनादेखि सर्वेक्षणमा लागिपरेको बताए ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका खोप निरिक्षक पार्थमणी न्यौपानेले स्वस्थ नागरिक बनाउनको लागि पूर्णखोप सुनिश्चित हुनुपर्ने बताए । वडादेखी पालिका, जिल्ला र प्रदेश हुँदै देश पुर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा हुने प्रक्रियामा रहेको उनको भनाई छ
नेपाली कांग्रेस रोशी गाउँपालिका सभापति दुधराज घलानले पूर्ण खोप सुनिश्चित गोषणा गर्नुमा स्वास्थ्य स्वयमसेवीकाको महत्वपूर्ण भूमिका रहेको बताए ।

उक्त कार्यक्रममा वडा न ६ का वडाध्यक्ष नारायण बहादुर सिवाकोटी, वडा न ७ का कार्यबाहक वडाध्यक्ष रिता कोइराला, बरिष्ठ लेखा अधिकृत दण्डपाणि पौडेल, शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहाल, स्वास्थ्य शाखा प्रमुख दिलरत्न शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी रोशीका सभापति विशाल लामा लगायत स्वास्थ्यकर्मी, कर्मचारी स्थानीयहरुको उल्लेखनीय उपस्थिती रहेका थिए ।

रोशी गाउँपालिका भित्र पूर्ण खोप सुनिश्चितताका लागि सर्वेक्षण गरेका थिए । सर्वेक्षणमा १५ महिना मुनिका बालबालिका २२७ जना रहेकोमा सबै बालबालिका पूर्ण खोप सुनिश्चित र १९१ जनाले पूर्णखोप प्राप्त गरेको पाइएको थियो । १५ देखि ५९ महिनाको ९८३ जना बालबालिकाको सर्वोक्षण गरेकोमा सबै पूर्ण खोप सुनिश्चित भएको थियो ।

काभ्रे जिल्लामा १३ पालिका रहेकोमा ११ वटा पालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरीसकेको छ भने बेथानचोक र चौरीदेउराली गाउँपालिका मात्र घोषणा हुने बाकी रहेको छ । ती दुई पालिकाको पनि घोषणा सकेर तत्काल जिल्ला घाषणा गर्ने तयारी भएको छ । रोशी गाउँपालिकाको १२ वटै वडाले र गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाको प्रमाणपत्र प्राप्त गरेको छ । घोषणालाई दिगोपना दिन प्रतिबद्ध भएर हस्ताक्षर गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
रोशी सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0