Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खानीखोला गाउँपालिकाको सत्रौं गाउँ अधिवेशन सम्पन्न, ५२ करोड २३ लाखको बजेट सर्वसम्मत पारित

प्रभातफेरी अनलाइन १७१ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ११, बुधबार (८ महिना अघि)
खानीखोला गाउँपालिकाको सत्रौं गाउँ अधिवेशन सम्पन्न, ५२ करोड २३ लाखको बजेट सर्वसम्मत पारित

काभ्रेपलाञ्चोक, खानीखोला/ खानीखोला गाउँपालिकाको सत्रौं गाउँ अधिवेशन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु ५२ करोड २३ लाख ३२ हजार ३५३ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरिएको छ।


गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ को अध्यक्षतामा बसेको अधिवेशनले नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको हो। चालु आर्थिक वर्षको मूल प्राथमिकतामा गर्भवती महिलाको स्वास्थ्य सुधारलाई प्रमुख रुपमा राखिएको छ।
खानीखोला गाउँपालिका दोर्जेमान जिम्बाले आर्थिक वर्ष २०८२/०८३ को बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको हो।
बजेट प्रस्तुत गर्ने क्रममा उहाँले गाउँपालिकाको विकास, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र औद्योगिकरण लगायतका प्राथमिकतामा बजेट विनियोजन गरिएको जानकारी दिनुभएको थियो। यो बजेट सत्रौं गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएको थियो।


झण्डा र अण्डा कार्यक्रम लागू
गाउँपालिकाले गर्भवती महिलाहरूको पोषण र स्वास्थ्यलाई मध्यनजर गर्दै “झण्डा र अण्डा कार्यक्रम” कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। सो कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाई १० क्रेड अण्डा निःशुल्क प्रदान गरिनेछ।
सल्यक्रियामा ५,००० राहत
त्यसैगरी, आङ खसेका महिलाको शल्यक्रिया गरिनुपर्ने अवस्थामा गाउँपालिकाले रु ५,००० बराबरको राहत सहयोग दिने व्यवस्था गरिएको छ।
उत्कृष्ट सेवाका लागि सम्मान
गाउँपालिकाले प्रत्येक वर्ष विभिन्न शाखाका कर्मचारीलाई उत्कृष्ट सेवा पुर्‍याएको आधारमा सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ। यो वर्ष गाउँपालिका उत्कृष्ट एक नम्बर वडा अध्यक्ष सन्तमान थिङ , गाउँपालिका सूचना अधिकारी अर्जुन भुजेल, शिक्षा शाखा प्राविधिक सहायक चक्रबहादुर थापा, आन्तरिक लेखा परीक्षणका खगेन्द्र थापा, कार्यालय सहयोगी सिजन थिङ, हल्का सवारी चालक अस्वीर बल र राष्ट्रिय महिला स्वयंसेविका राममाया मुक्तानलाई सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको हो ।
गाउँपालिकाले आगामी दिनमा पनि सामाजिक न्याय, स्वास्थ्य सुधार, सूचना प्रवाह र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


खानीखोला गाउँपालिकाको औद्योगिकरण र कृषिमा आधारित उत्पादनलाई प्रवर्द्धन गर्ने भएको छ ।
स्थानीय उत्पादनमा आधारित औद्योगिकरणलाई प्राथमिकता दिँदै कफी, खुवा, तोरी, कोदोको रक्सी तथा बेलको जुसजस्ता उत्पादनहरूलाई गाउँमै प्रशोधन गर्ने योजना अघि सारेको छ।
गाउँपालिकाले “जसको उत्पादन उसैलाई अनुदान ” भन्ने नारालाई आत्मसात गर्दै कफीको उत्पादनमा प्रतिकिलो ३५ रुपैयाँ अनुदान प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ। साथै, खुवा र कफीको स्थानीय ब्रान्ड निर्माण गर्दै बजार विस्तारको नीति समेत ल्याएको छ।
यसका साथै, गाउँपालिकाका सातै वडामा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा ल्याइने भएको छ, जसले शिक्षासँगै उद्यमशीलताको विकासमा समेत योगदान दिने विश्वास लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
खानीखोला सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0