Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खानीखोलामा बालविवाह न्यूनीकरण विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

प्रभातफेरी अनलाइन १८८ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ १३, शुक्रबार (८ महिना अघि)
खानीखोलामा बालविवाह न्यूनीकरण विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काभ्रे, खानीखोला / खानीखोला गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा पालिका स्तरीय अन्तर-मावि “बालविवाह, यसको असर र न्यूनीकरणका उपायहरू” शीर्षकमा चेतनामूलक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त प्रतियोगिताको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) रहनुभएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष थिङले बालविवाह समाजमा गम्भीर समस्या भएको भन्दै यसको अन्त्यका लागि युवाहरूकै सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता चेतनामूलक कार्यक्रमहरू पालिकामा निरन्तर आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रमको सभाध्याक्षको जिम्मेवारी वडा नं. ४ का अध्यक्ष तथा सामाजिक विकास संयोजक निशान मोक्तानले सम्हाल्नुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथिमा उपाध्यक्ष दोर्जे मान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्याल, निर्णायक मण्डलका प्रतिनिधि प्रकाश कोइराला, शिक्षा शाखा प्रमुख चक्रबहादुर थापा, महिला तथा बालबालिका शाखा प्रमुख तथा वडा नं. ५ की सचिव चण्डिका थापा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो। गाउँपालिकाका आठवटा माध्यमिक विद्यालयहरूमध्ये सात विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए।

 

विद्यार्थीहरूले बालविवाहका नकारात्मक प्रभाव र न्यूनीकरणका उपायहरूबारे ओजपूर्ण प्रस्तुति दिएका थिए। प्रतियोगितामा जनविकास माविकी नेहा खुलालले प्रथम स्थान हासिल गर्दै नगद रु. १०,००० र सम्मानपत्र प्राप्त गरिन्। शारदा माविकी सुनिता थोकरले द्वितीय स्थानमा रहँदै रु. ७,५०० नगद र प्रमाणपत्र प्राप्त गरिन् भने तृतीय स्थान जनविकास माविकै युवराज ठकुरीले जित्दै रु. ४,००० सहित सम्मानपत्र प्राप्त गरे। त्यस्तै, कुमारी माविका सुमन सिंतान र भृकुटी माविकी रजनी टुम्सिङ्ग मगरले सान्त्वना पुरस्कार स्वरूप रु. २,००० नगद र सम्मानपत्र प्राप्त गरे। कार्यक्रम सञ्चालन शिक्षा शाखा प्रमुख चक्रबहादुर थापाले गर्नुभएको थियो। यस कार्यक्रमले बालविवाह जस्तो गम्भीर सामाजिक विषयमा विद्यार्थीहरूमा चेतना फैलाउनुका साथै युवा पुस्तालाई सकारात्मक रूपमा सशक्त बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
खानीखोला सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0