Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ५, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कवितामा अनन्त

प्रभातफेरी अनलाइन १३२ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण १७, शुक्रबार (६ महिना अघि)
कवितामा अनन्त

– मोहन दुवाल
कविताको नाममा कविता लेख्नु त सजिलो छ तर प्रभावशाली कविता बनाउनु पो गार्हो छ । यही गार्हो काम मनोचिकित्सक डा. अनन्त अधिकारीले कविताको पुस्तक प्रकाशन गरेर आफूलाई कविका रुपमा देखाएका छन् । मकहाँ २ प्रति पुस्तक शिक्षकसाथी शिवप्रसाद बञ्जाराले घरमै ल्याइपुर्याई दिएको महिनौं दिन बितिसक्यो । भूमिकालगायत् सबै कविताहरु पढिसकेको र ‘सर्वाइवल नोट’ का कवि मन पराएको धेरै समय बितिसकेको छ । काभ्रे बिहेवर जन्मिएका डाक्टर अनन्तलाई काभ्रेली सेवा समाजमार्फत् मैले चिनजान गर्न पाएको सन्दर्भ बिर्सी पठाउन गा¥हो छ । चिकित्सा पेशा एकातिर कविता–कर्म अर्कोतिर राखेर आफूलाई समर्पित तुल्याउन सक्नु अनन्तजीको महानता हो । मनमा कविता राखेर चिकित्सा पेशामा आफूलाई समर्पित तुल्याउँदै आएका कविले मान्छेलाई कसरी बाँच्ने हो त्यसको मूलमन्त्र ‘सर्वाइवल नोट’ मा फुक्न कवितामार्फत् सन्देश दिन सफल छन् ।
सकारात्मक सोच बोकेर सकारात्मक दृष्टि फिँजाउने चाहना राखेर कविता कोर्न थालेका कविले कविताका पङ्क्ति–पङ्क्तिमा समाजमा व्याप्त बेथितिका विरुद्ध बोल्न सिकाएका छन्, घच्घच्याउन थालेका छन् । आफ्नै खालका दृष्टि–चेतमार्फत् कवितामा बिम्ब, प्रतीक, शैली प्रयोग गरेर कवितामा एक किसिमको स्वाद र ऊर्जा थप्न कवि सफल छन् । ‘सर्वाइवल नोट’ कवितामा कवि अनन्तले मान्छेको चेतनामा दीयो बाल्ने प्रयत्न गरेका छन् । कवितामार्फत् मान्छेलाई जीवन–सन्देश दिन सकिन्छ भन्ने चेत्ले नै कवि अनन्तले कठीन चिकित्सा पेशा अपनाएर पनि कविता कोर्न खोजेका हुन् । उनी आफ्नै कुरामा यसरी लेख्छन् – “म साहित्य मन पराउने तर साहित्यभन्दा पृथक चिकित्साक्षेत्रमा संलग्न मान्छे हुँ । मध्यमवर्गीय परिवारको प्रतिनिधित्व गरी सानैदेखि ‘हुनेखाने र हुँदा खाने’ बीचको सामाजिक अन्तर र भुईंमान्छेका कथाहरुसँग साक्षात्कार हुँदै यहाँसम्म आइपुग्दा थुप्रै देखाइ र भोगाइले सायद मेरा रचनाहरुको बान्की यस्तो भएको हुन सक्छ ।”
‘जीवनको विकल्प सुन्दर जीवन हो, मृत्यु होइन’ भन्ने सन्देश नै यस कवितासङ्ग्रहको मूल मर्म हो । भोगाइ र विचारको संयोजन गरेर कविता बनाइदिएका छन् कवि अनन्तले । गने अर्थात् गणबहादुर शीर्षकको कवितामा कवि अनन्तले आफ्नो विचार यसरी प्रस्तुत गरेका छन्– “देश गणतन्त्र दौडामा चलिरहेको आजको क्षण/ न बचेको विद्रोह चाहना छ/न शेष वर्ग मोह छ/छ त केवल/समय र व्यवस्थाले नछोएको/मात्र असीमित व्यथाले च्यापेको/एउटा लयहीन जीवन/रिक्साको पिँठ्युमा निदाइरहेको एक मनुवा/गने अर्थात् गणबहादुर ।” निकै मर्मशील, देशको अवस्थाको चित्रण गरिएको यस कवितामा गणतन्त्र शब्दमा आए पनि अर्थमा नआएको सन्देश कवितामार्फत् सन्देश दिएका छन् ।
‘आकाशगङ्गा ! म तिमीसित प्रेम गर्छु’ कवितामा यिनले देशमा पनपिएको अवस्थामा यसरी कविता बनाइदिएका छन्– “तिम्रो आभासँग/तिम्रो नमिल्ने रङ्गसँग/एउटा आग्रहहीन प्रेम गर्छु/एउटा अपेक्षाहीन प्रेम गर्छु/बुद्ध जन्मिएन मभित्र, सुकरात बसेन मनमा/माक्र्सको किताब धमिराले खायो आफैंभित्र ।” यसरी प्रतीकमा आफ्नै खालका बिम्बभित्र राखेर कविताको शैलीमा कविता लेख्न रुचाउँछन् कवि अनन्त । ‘अक्वेरियम जिन्दगी’ मा होस या ‘मौन अवधि अघिको वक्तव्य’ कवितामा होस् कवि जीवनमा आफूले भोगेका र आफूलाई मन नपरेका कुराहरु यसरी लेख्ने गर्छन् – ‘मौन अवधि अघिको वक्तव्य’ कवितामा राजनीतिक बेथितिका विरुद्ध जनतालाई चेतना बाँड्दै कवितामा यसरी सतर्क गराउँछन् – “सुराकीमार्फत् फकाउनेलाई/भोट दिन मन छैन/कुरै कुरामा छकाउनेलाई/भोट दिन मन छैन/अपवित्र साँठगाँठ गर्नेलाई/भोट दिन मन छैन/झुठो घोषणापत्र छाप्नेलाई/भोट दिन मन छैन/विभेदको जग हाल्नेलाई/भोट दिन मन छैन/पराइ भूगोल धाउनेलाई/भोट दिन मन छैन/जनमतको खिल्ली उडाउनेलाई/भोट दिन मन छैन ।” अक्सरतयाः उनले उल्लेख गरेका विकृति बोक्नेहरुले भोटमा जितेर शासन चलाएको देखेर यिनीहरुका विरुद्ध कवितामार्फत् छेड हानेका छन् । प्रत्येक कवितामा सन्देश हुनु, आत्मबल भर्न प्रयत्न गर्नु नै यिनले कवितामा देखाएका ऊर्जाहरु हुन् । त्यसैले उनी कवितामा भन्छन्– “जीवन सकिए पछि सकिन बाँकी अर्को जिन्दगी हुँदैन/वित्थामा लेखिनु हुँदैन सुसाइड नोट/खानुहुँदैन हरेसको हेमलक/निम्त्याउनु हुँदैन काँथर अवसान ।” राजनीतिको बेथितिमा दुखेका देखिंदाछन् जनमनहरु यस्तैहरुका कविता हुन् – ‘डोरप्रसादको डेरा’ । यिनी डोरप्रसादलाई देशकै कार्यकर्ताहरु सम्झेर यसरी कवितामा व्यक्त गर्छन् – “चिसा साँझ प्रायः तात्ने गर्छन्/सम्सेर्वीको ढर्रा पसलमा/रक्सी थोरै र अवसाद धेरै पिउँछ/तीतो जीवनमा पिरो खुर्सानी टोकी टोकी/समाजवादको दर्शन ओकल्दै फर्कन्छ डेरा/ढोका थुनेर गाली गर्छ/आफ्ना राजनीतिका गुरुहरुलाई ।” राजनीतिक गुरुहरु सबै पक्षका, सबै विचारका र सबै पार्टीका भत्किएका देखिंदा छन् । यो यथार्थ पनि कवितामा व्यक्त भएका छन् ।
सबैजसो कविताहरुमा देश र समाजमा देखापर्दै आएका विकृतिहरुका विरुद्ध, तथाकथित सुकिलाहरुका विरुद्ध, रानजीतिक विषमताका विरुद्ध मात्र कवितामा लेखेका छैनन् यिनले आफ्ना कवितामार्फत् सुन्दरताका पक्षमा पनि गीत गाएका छन् । ‘सुकिला नन्सेन्सहरु’ मा यिनले कवितामा अनुभूति पोखेका छन् – “आजकल/ बजारमा बग्रेल्ती भेटिन्छन्/सुकिला नन्सेन्सहरु/साग बेच्ने खर्पने दाइसँग वार्गनिङ गर्छन् पाँच रुँपिया/रेष्टुरेन्टमा पाँचसयको टिप्स छोडेर/कायम राख्न खोज्छन् स्टाइलिस स्टाटस/सुकिला नन्सेन्सहरु ।” ‘सहिदप्रति’ कवितामा सहिदहरुको चाहनाअनुसारको परिवेश नभएको देश हेरेर आफ्ना दुःखका कुराहरु यसरी कवितामा कवि अनन्त पोख्ने गर्छन् – “तिम्रो सपनाको बगैंचा फुलाउँछु भन्नेहरुले/माटो जलाएको हेरेर रुनुपरेको छैन तिमीले/बस्तीभर बग्रेल्ती छन्/तिम्रा हत्याराहरु/छ्याप्छ्याप्ति छन्/तिम्रो देशभक्तिको होली खेल्नेहरु ।”
कुनै पनि कविता दिक्कलाग्दा खालका, विचार–दृष्टि नभएका र बिम्ब, प्रतीक, शैली नभएका कविताहरुजस्तो नहुनुले नै नहुन्जेल नै ‘सर्वाइवल नोट’ कवितासङ्ग्रहको आफ्नै खालको विशेषता बोकेको सङ्ग्रह बन्न गएको छ । कवितासङ्ग्रहको अन्तिम कविता ‘कविता अन्तर्य’ मा कवि अनन्तले लेखेका कविताका हरफहरु – “प्रकृतिकै निष्पाप हुनुपर्छ/आकाशझैं खुल्ला हुनुपर्छ/धर्तीझैं धीर हुनुपर्छ/जोड्न सिक्नुपनि पर्छ/समर्पणको सेतुले खण्डीकृत मनहरु/उसै हुने भए/म पनि लेख्थें, लेखिरहन्थें/हरेक मनले सम्झने कालजयी कविता” यसै ढङ्गको कविता होस्– शुभकामना भनिरहेछु ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
पुस्तक समिक्ष्या सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ २८ गते बुधबार

    २०८२ साल माघ २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0