
प्रभातफेरी अनलाइन १४० पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन ११, शनिबार (४ महिना अघि)
बनेपा / प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोक शाखाले बडा दशैं, दिपावली, छठ, नेपाल सम्वत ११४६ लगायतका पर्वको अवसरमा शुभकामना आदान-प्रदानसँगै समसामयिक राजनीतिक परिवेशका बारेमा अन्तरक्रिया गरेको छ।

बनेपामा शनिबार आयोजित कार्यक्रममा सहभागी राजनीतिक दल तथा सञ्चारकर्मीहरूले लोकतान्त्रिक व्यवस्था, प्रेस तथा अभियोगी स्वतन्त्रताका साथै यसअघिका राजनीतिक उपलब्धि रक्षाको लागि पनि सबै लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने धारणा राख्नुभएको थियो ।

संविधानसभा सदस्य समेत रहेका नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति सदस्य सूर्यमान दोङले लोकतान्त्रिक व्यवस्था रक्षाको लागि निर्वाचन स्वीकारेर जानुको विकल्प नभएको बताउनुभयो । वर्तमान व्यवस्थामाथि प्रश्न उठेको र प्रतिगामी र विदेशी शक्तिले टाउको उठाउन खोजेको भन्दै उनले लोकतान्त्रिक शक्तिहरूबीच संवाद र सहकार्य हुनुपर्ने तर्क गरे। जेन्जी पुस्ताको आन्दोलनमा अन्य प्रतिगामी शक्तिहरूको घुसपेठ हुँदा अन्य आन्दोलनको तुलनामा बढी क्षति भएको बताउनुभयो ।

खानीखोला गाउँपालिकाका अध्यक्ष समेत रहेका माओवादी केन्द्रको बागमती प्रदेश सचिव इन्द्रबहादुर थिङले जेन्जी पुस्ताको नाममा भएको आन्दोलनको उपलब्धिबारे ‘शल्यक्रिया’ गर्नुपर्ने बताए । पार्टी र नेताहरू बिग्रिएको कुरा सत्य भएको तर्क गर्दै उनले पार्टी र आन्दोलनलाई नयाँ ढंगलेबाट पठाउनुपर्ने तर्क गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्यालले जेन्जी पुस्ताको आन्दोलनमा २३ गते आफ्नो नैतिक समर्थन र एक्यवद्धता रहेपनि २४ गतेको आन्दोलनमा भएको घुसपेठ र क्षतिबारे गम्भीर छानबिन गर्नुपर्ने बताए । पार्टीहरू निर्वाचनबाट भाग्न नखोजेको भन्दै उनले संसद पुनर्स्थापना गरी संविधान संशोधनमार्फत कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने तर्क गर्नुभयो ।
बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईले सत्ता र पदमा पुगेपछि पद नछोड्ने प्रवृत्तिका कारण केही समस्या देखिएको तर्क गर्दै दुई कार्यकालभन्दा बढी नपाइने नीतिगत व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोद कुमार न्यौपाने, नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकका अध्यक्ष नगेन्द्र अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेपलाञ्चोकका अध्यक्ष इन्द्रबहादुर थापा, प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकका उपाध्यक्ष सुरज श्रेष्ठ लगायतले समसामयिक राजनीतिक परिवेशबारे आफ्नो धारणा राख्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने अवस्था आउन नहुने बताउनुभयो । प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष रामप्रसाद ढकालले शुभकामना आदान-प्रदानसँगै वर्तमान राजनीतिक अवस्थाबारे काभ्रेमा क्रियाशील राजनीतिक दलहरूको धारणा बुझ्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रेस सेन्टर नेपाल काभ्रे शाखाले आज बनेपामा गरेको शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित भै शुभकामना दिनुहुने प्रमुख अतिथी पुर्ब राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज) अतिथिहरु नेकपा माओवाद केन्द्र बागमती प्रदेश सचिब इन्द्रबहादुर थिङ (छिन्ताङ), नेकपा माओवादी केन्द्र काभ्रेका सम्योजक भोला अर्याल, मा. रुकु चौलागाइ, मा. रत्न ढकाल, तेमाल गाउपालिका उपाध्यक्ष डि एम लामा, एकीकृत समाजबादी पाटी काभ्रेका अध्यक्ष एबम पुर्ब बागमती प्रदेश मन्त्री बसुन्धरा हुमागाइ, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यद्वय प्रल्हाद शर्मा हुमागाइ / राम कृष्ण बन्जारा पुर्ब केन्द्रिय सदस्यद्वय इश्वरी राजकुमार मैनाली/ पेमा लामा, प्रेस सेन्टर नेपाल बागमती प्रदेश पुर्ब अध्यक्ष यदुनाथ गौतम (देउपुरे) प्रेस सेन्टर नेपाल बागमती प्रदेश उपाध्यक्ष अन्जली तामाङ, सचिब रोजन तामाङ सदस्य नवराज अधिकारि,नेपाल पत्रकार महासङ काभ्रेका अध्यक्ष बिनोद न्यौपाने,न्युनतम पारिश्रमिक समितिका सदस्य कपिल कोइराला, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रेका अध्यक्ष केदार तिमल्सिना, फोनिज काभ्रेका अध्यक्ष इन्द्र थापा मगर, अग्रज पत्रकार,लगायत काभ्रेमा रहेका प्रेस संगठन्का सम्पुर्ण अध्यक्ष ज्युहरु जिल्लाका सम्पुर्ण कृयाशिल पत्रकार मित्रहरु मेरो कार्यसमिती,तथा प्रेस सेन्टर नेपाल काभ्रे शाखाका सम्पुर्ण सदस्य ज्युहरु । प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा सहयोग र शुभकामना दिई यस कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल बनाउन भुमिका खेल्नु भएकोमा म सबैलाइ बिशेष धन्यवाद दिन्छु र कार्यक्रमलाई संचालक गरि सहयोग गर्ने मेरो संगठनका सचिब हरिहर घिमिरे र उपस्थित प्रमुख अतिथी, अतिथिहरुलाइ आफ्नो भनाइ मार्फत स्वागत गर्ने सुरज श्रेष्ठलाईलगायतले सम्बोधन गर्नु भएको छ ।










प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |