
प्रभातफेरी अनलाइन ३९९ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २६, आईतबार (३ महिना अघि)
काभ्रेपलान्चोक /कृष्ण बहादुर महरालाई प्रचण्ड सरकारले नै पक्राउ गरेर कानुनी दायरामा राखेका अभियुक्त हुन । उहाँ महिनै पिच्छे तारिख बोकिरहेका अभियुक्त हुन । प्रहरीकै सम्पर्कमा रहेका र तारेख धाइरहेका व्यक्ति पक्राउ पर्नुलाई उपलब्धि मान्न सकिन्न ! पुर्व सभामुख अभियुक्त महराका छोरा राहुल विद्युतीय चुरोट भेपमा सुन लुकाएर ल्याएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन भने महरा तत्कालीन अवस्थामा स्वास्थ समस्याका कारण तारिखमा रहेका हुन ।
महरा अनुसन्धान मै रहेका व्यक्ति हुन । यो मुद्दाको फाइल बन्द भएको भने होइन ! उहाँको थप अनुसन्धान हुँदै थियो । कानुनले निर्धारण गरेको समय र बलियो प्रमाण भेटिएका आधारमा अभियुक्तहरुले मुद्दा खेपिरहेका छन । फितलो प्रमाण भएकाहरू माथि थप अनुसन्धान गर्ने गरिन्छ । यस बिषय आफ्नो भयङ्कर ठूलो उपलब्धि मान्नु सरकारको निरिहता हो ।किन कि महरालाई त प्रचण्ड सरकारले नै कानुनी दायरामा ल्याएका पात्र हुन ! जब प्रचण्ड सरकार ढलेपछि ओली आए उसले अनुसन्धान अगाडि बढाएनन । यो मुद्दा पुरानैको निरन्तरता भएको कानुन व्यवसायीको दाबी छ ।
प्रचण्ड सरकार ले यस्ता थुप्रै तस्करी र भष्टाचारीलाई कानुनी दायरामा ल्याउने र कार्वाहीको भागिदार भनाउदै गइरको अवस्था प्रचण्ड सरकार अपदस्त गरिएको थियो । त्यो बिच झण्डै ९ हजार अभियुक्तलाई कानुनी दायरामा ल्याएका थिए ! त्यस्तै बालुवाटार जग्गाको फाइल अगाडि बढाएर नेपाल सरकारको नाम ल्याई सरकारी सम्पत्ति बनाएको थियो, बासबारी छालाजुत्ताको जग्गा सरकारी भयो, मिटव्याजी कानुनी दायरामा आए, नक्कली भुटानी शरणार्थीको फाइल खुल्यो । दोस्रो चरण को अनुसन्धान सुरु गर्दै गर्दा प्रचण्ड सरकार ढाले र ओली प्रधानमन्त्री बनेका थिए ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |