Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सुरक्षाकर्मीको गुमेको आत्मबल उठाउने दायित्व सञ्चारकर्मीको पनि हो : प्रजिअ अधिकारी,

काभ्रेली जनतामा गुमेको शान्ति सुरक्षाको प्रत्याभूती गराउनु पहिलो प्राथमिकता हुनेछ

प्रभातफेरी अनलाइन ८९ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक २०, बुधबार (४ महिना अघि)
सुरक्षाकर्मीको गुमेको आत्मबल उठाउने दायित्व सञ्चारकर्मीको पनि हो : प्रजिअ अधिकारी,

काभ्रेपलाञ्चोक/ प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जेन्जी आन्दोलनका कारण सुरक्षाकर्मिको आत्मबल उठाउने दायित्व सञ्चारकर्मीको भएको बताउनु भएको छ । भर्खरै सरुवा भइ प्रशासनिक जिम्मेवारी समाल्न काभ्रे आउनु भएका प्रजिअ अधिकारिले संचाकर्मिले उठाएका जिज्ञासा मेटाउने क्रममा आईतवार भएको पत्रकारसंगको भेटमा उक्त धारणा राख्नु भएको हो ।

झापाबाट काभ्रे आउनुभएका प्रजिअ अधिकारिले पक्कै पनि झापा र काभ्रे सम्मान नहुन्सक्छ त्यो सोभाविकै हो, तपाईंहरुले उठाएका बिषय मनन योग्य छन् । यसमा दुई मत छैन,मैले कार्यक्षेत्रको अनुभवका वारेमा भन्नुपर्दा प्रजिअसंगै स्थानिय बिकास अधिकारी भएर जिम्मेवारी समालेको अनुभव पनि छ ।

प्रशासनीक नेतृत्व गर्न आइपर्ने चुनौतीको सामना गर्न म एक्लैले गरेर हुने बिषय होइन यसकालागी समाजका प्रभुत्व वर्ग देखि सञ्चारकर्मीको उतिकै महत्व हुन्छ । भनुहुदै सञ्चारकर्मीहरुको जिज्ञासा मेटाउने क्रममा प्रजिअ अधिकारिले सामाजिक संजाल आफैमा गलत होइन तर त्यसलाई हामिले नै गलत बनायौं भन्ने हो । सामाजिक संजालको प्रयोग गर्न सके फाइदैफाइदा छ । हामी प्रमाण बिनाका तथ्य पोष्ट गरेर कसैको चरीत्र हत्या गरिदिन्छौं त्यहिं समस्या सिर्जना हुन पुग्छ । जसका कारण सामाजिक सद्भाव खलवलिन पुग्छ त्यसैले यसतर्फ नागरिकलाई सचेत गराउने भुमिकामा तपाईं पत्रकार हुनुहुन्छ भन्न पछि पर्नु भएन प्रजिअ अधिकारी ।

काम गर्ने पात्रकालागि त उसले गरेका सबै काम ठिक लाग्छ ! ठिक छ कि बेठिक छ खुट्याइ दिने दायित्व तपाई पत्रकारको हो । त्यसलाई सुझावका रुपमा लिने क्षमता हामी कार्यालय प्रमुखमा निर्भर हुन्छ । आफू जिम्मेवारी रहुन्जेल काभ्रेको प्रशासनिक कामलाई ब्यबस्थित , सरल र सहज बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रजिअ अधिकारी थप्नु हुन्छ – सेवाग्राहीले सरल र सहज ढंगबाट सेवा प्राप्त गर्ने वातावरण बनाउने दायित्व स्थानीयको पनि हो , त्यसमा बल पुर्याउनु तपाईं पत्रकारको हुने छ । मुलुकमा जुन आन्दोलन उठ््यो त्यो समयको माग थियो भन्दा फरक पर्दैन भन्नू पर्दा जेन्जी आन्दोलनले उठाएका माग जायज छन् तिनको सम्बोधन हुनुपर्छ । त्यो अपेक्षा पूरा गर्ने दायित्व हामी प्रशासकको हो समयमा कामको डेलिभरी नहुदाको परिणाम हो जेन्जी आन्दोलन ।

सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन सकेको भए यो अवस्था आउने नै थिएन भन्नू हुँदै प्रजिअ अधिकारी थप्नु हुन्छ – आन्दोलनको जगमा टेकेर सेवा प्रवाह लाई चुस्तदुरुस्त बनाउन कुनै कसुर छोड्न दिने छैन – हो तपाईंहरुले उठाएका मुद्दा आजका चुनौती बनेका छन , त्यसको समाधान पनि तपाईं हामिबाटै सम्भव छ । मेरो पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा अमनचयन नै हो त्यसैले काभ्रेली नागरिकको नैसर्गिक अधिकारमा आचँआउन दिने छैन , कुनै पनि कार्यालय प्रमुख होस् वा जिम्मेवार अधिकारिले बाटोको जाम देखाएर सेवा प्रवाहमा उन्मुक्ति पाउने छुट छैन । यदि त्यस्तो संभावना देखिन्छ भने पुर्व तयारी उसको जिम्मेवारी हो सडक जामको बहाना अब चल्दैन । त्यसतर्फ सेवाप्रदायक संघसंस्था र कार्यालयको आफ्नो जिम्मेवारी भित्र पर्ने बताउनु भएको छ ।

तोकिएकै समयमा निर्वाचन हुने बिषयमा सञ्चारकर्मीको जिज्ञासा मेटाउनेक्रममा प्रजिअ अधिकारी ले भन्नुभयो– सरकारले तोकेकै मितिमा निर्वाचन गराउने दायित्व हाम्रो पनि हो । हामीले प्रशासनको तर्फबाट निभाउनुपर्ने भुमिकामा कुनै कमि हुन दिनौं । प्रत्येक नागरिकले प्रयोग गर्न पाउने मताधिकारलाई सहज र सरल वातावरण बनाएर मतदान प्रती नागरिकको आकर्षण बढाउने दायित्व हामीसङ्गसङ्गै तपाईं सञ्चारकर्मीको पनि हो । यो अभियानमा सबैको साथ र सहयोग हुन जरुरी हुन्छ । सर्वसाधारणका लागि अमनचयन कायम राख्न जिल्ला प्रशासनको साथैै सुरक्षाकर्मिको पनि उत्तिकै जिम्मेवारी रहन्छ । अहिलेको अवस्थामा सुरक्षाकर्मिको मनोबल गिरेको यथार्थ हो त्यो गिरेको मनोबल उठाउन तपाईं सञ्चारकर्मीको विशेष भुमिका रहेने तर्फ प्रजिअ अधिकारीको आग्रह छ, “समाज हुने अवाञ्छित गतिविधिको निगरानी र सूचना प्रवाह नितिगतरुपमा भइ दियो भने यो समस्या होइन त्यसका लागि फेरी पनि तपाईं पत्रकारको भुमिका महत्वपूर्ण हुनेछ ।”
सवाल आन्दोलनमा भएको क्षतिको छ – आगजनिमा केके जल्यो भन्ने मै अन्योलता छाएको छ । पिडित निकायले के के कति गुम्यो खुट्याउन सकिरहेको छैन ।

जसको कारण यथार्थ तथ्यांक बाहिर आउन नसकेको हो । अब बिस्तारै तथ्यांक संकलन हुदै छ , छिटै क्षतिको बिवरण सार्वजनिक हुनेछ । सूचना लुकाउने परिपाटीका वारेमा ध्यानाकर्षण गर्दै आसेपासेले मात्र सुचना पाउने गुनासो तर्फ गम्भीर हुँदै केही कार्यालयमा यो समस्याको रुपमा रहेको स्विकार्दै अब त्यसोहुने छैन भन्दै सुचना संप्रेसनका सवालमा सकेसम्म मासिक पत्रकार भेटघाटलाई कार्यसुचिकै रुपमा निरन्तरता दिने कोसिस रहेनेछ भन्दै अर्को टिपर आतंक तर्फ सञ्चारकर्मीको जिज्ञासा मेटाउनेक्रममा हिजो के भए त्यता नजाउ भोलिका दिनमा पासको दुरुपयोग हुनदिने छैन भन्नुहुदै जसरी आज दुध चिया खुवाएर स्वागत भएको छ , अरु केही नभए पनि कालो चिया खुवाएर बिदाइको अवसर बनाउने प्रतिबद्धता प्रजिअ अधिकारिले पत्रकार भेटघाटको क्रममा व्यक्त गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0