Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निर्माणाधिन वर्दघाट औद्योगिकग्रामको काम अलपत्र

प्रभातफेरी अनलाइन १९२ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर १८, बुधबार (३ महिना अघि)
निर्माणाधिन वर्दघाट औद्योगिकग्रामको काम अलपत्र

नवलपरासी/ खजुराखोला कटनाको जोखिममा रहेको जिल्लाका वर्दघाट नगरपालिकाको अगाडी बढाएको औद्योगोगिक ग्रामका काम अलपत्र परेका छन् । सम्भाब्यता विना नै खोला किनारमा औद्योगिक ग्राम बनाउने कार्य अहिले अलपत्र जस्तै देखिएको स्थानियले बताएका हुन् ।

बजेट र योजना पाउदैमा जहाँ सुकै फाल्ने र अलपत्र बनाउने अहिलेका जनप्रतिनिधिमा अदुर्शिता देखिएको गरिएको आरोप समेत स्थानियको रहेको छ । बजारसँग जोडिएको र सर्वसुलभ पहुँचको आधार नै नभएको खोला जोखिममा परेको औद्योगिकग्राममा विगतमा केही कामहरु भए पनि अहिले अलपत्र देखिने गरिएको स्थानियको भनाई रहेको थियो । उतm औद्योगिग्राम खजुरा खोला कटानको जोखिम बढदै छ । खोलामा हुने गरेको चोरी तस्करी नियन्त्रण नहुदा र स्थानिय सरकार औद्योगिक ग्राम प्रति गम्भिर नहुदा खोला कटानले उतm औद्योगिकग्राम खोला कटानको जोखिम बढदै गएको हो ।

खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरि ति स्थानमा औद्योगिक ग्राम बनाउने गरि कार्य अगाडी बढाएको थियो । सो क्षेत्रमा पर्खाल निर्माण गर्ने केही काम भएका पनि थिए । सो औद्योगिक ग्राम के कतिको उपयुतm स्थान हो भन्ने बारे स्थानिय प्राविधिकहरले पहिला वातावरणिय प्रभाव मुल्याँकन ९आईइए० गराउन पनि सुझाव दिएका थिए,तर आईइए नहुदै औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनेको कुरा पनि विवादमा आएको थियो । लामो समय पछि डिपिआर अनुसार औद्योगिक ग्रामको काम शुभारम्भ भएको थियो । तर अहिले खजुरा खोलाको निसाना औद्योगिक ग्राम तर्फ नै देखिएको स्थानियले बताएका छन् ।

औद्योगिक ग्राम तर्फ खोला पस्दै जादा भविष्यमा सो आद्योगिक ग्राम कतिको सुरक्षित होला भन्ने आशंका स्थानियमा छ । यसबारे नगरपालिकाले पुनः विचार गर्नु पर्ने स्थायिनले आवश्यकता औल्याएका छन् । त्यसैमा नगरपालिकाले खोलाको ठेक्का निकासी पनि गर्न खोजेको हुदा झन औद्योगिक ग्राम संकटमा पर्ने हो कि भन्ने चिन्ता पनि स्थानियले देखाएका थिए । औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन९डिपिआर० बनेको छ । नगरपालिकाले गर्ने काम अगाडी बढाएको छ, सो क्षेत्रमा उद्योग सञ्चालन गर्नेलाई निरन्तर प्रोत्साहित गर्दै लैजाने काम पनि भई रहेको छ । तर खजुरा खोलाको कटानले औद्योगिक ग्रामको सुरक्षा चुनौती पनि थपिदै आएको एक स्थानियले देखाए ।

यदि यस्तै हो भन्ने करोडौ लगानि बालुवामा पानी जस्तै देखिन सक्ने उनको भनाई थियो । नगरपालिकाले संरचना बनाएर पुर्वाधार उपलब्ध गराउने हो । पुर्वाधार बनाउने तर उद्योग सञ्चालन नहुने हो भने नगरपालिकाको लगानी खेर जान सक्छ,त्यो भएर यस क्षेत्रमा उद्योग «सञ्चालनकर्तालाई पनि खोला कटानले शसँकित छन् । पचास बर्षको लक्ष्य राखेर औद्योगिक ग्रामको काम भई रहेको सो क्षेत्रमा पर्खाल निर्माण गरि केही पुर्वाधारका काम पनि निर्माण भएका छन् । औद्योगिक ग्रामको निर्माणमा केही लगानी नगरपालिकाको भए पनि त्यसको निर्माण कार्य संघिय सरकारले नै ठेक्का लगाई काम गराउदै आएको नगरपालिकाका योजना अधिकृत पुष्कर काफ्लेले बताएका थिए । बजेट निकासा र भुतmानीले होला काम ढिलो भएको,अलपत्रबारे आफुले बुझेर बताउने सुनाएका थिए ।

औद्योगिक ग्रामको डिपिआर अनुसार भ्याट सहितको कुल ३१ करोड ५७ लाख ८४ हजार १ सय ४६ रुपिया लागतको औद्योगिक ग्राम पुर्वाधार निर्माण हुने छ । जस्मा प्रशासनिक ब्लकमा ५ करोड ८० लाख ३४ हजार ३ सय ८० रुपियाको लागत निस्केको छ । क्यान्टिन ५८ लाख ९० हजार ६ सय ४ रुपिया,सुरक्षागार्ड भवन १४ लाख ६८ हजार ४ सय ६२,प्रहरी क्वाटर ३१ लाख ४६ हजार २ सय २२,डे केयर सेन्टर ४३ लाख ४८ हजार ८ सय ६७, गन्जेबो २ लाख ४७ हजार ८ सय २६, चार वटा सौचालयका लागि १६ लाख ७२ हजार ३ सय ८३, गार्डपोष्ट १ लाख ४५ हजार ४ सय ९१ रहेको छ ।
त्यसै गरि प्रवेशद्धार ६ लाख २९ हजार ९ सय ४९,बाउण्डरीवाल ३ करोड ७३ लाख ९१ हजार २ सय ३३,सडक २ करोड ३२ लाख ८१ हजार २ सय ४० खोला तटबन्ध ४ करोड १२ लाख ६३ हजार ६ सय ९९, सौन्र्दयीकरण १५ लाख १० हजार ७ सय ६३,ढल २ करोड ३० लाख ४३ हजार २३, बाहिरी सरसफाई प्लम्गिँ पानी आपुर्ति १ करोड ३१ लाख ५२ हजार ३५,विद्युतीकरण कार्य १ करोड ३५ लाख ७२ हजार १ सय ७५,ओभरहेड पानी टंकी ४९ लाख २९ हजार १ सय १६ गरि विभिन्न शिर्षकमा बजेट प्रस्ताव गरिएको छ । औद्योगिक ग्रामको डिपिआर गर्ने कार्य डि।आर।एस।डब्लपर्स एण्ड डिजाईन प्रालि काठमाडौले गरेको थियो ।

नगरपालिकाले सबै संरचनाको निर्माण प्रश्चात प्रत्येक बर्ष सो औद्योगिक ग्राममा कृषक,उद्यमी,महिला तथा अन्य उद्योगका लागि उद्योग बाणिज्य संघसँग समन्वय गरि उद्योगको स्थापना गर्न प्रोत्साहन गरिने छ । ५० बर्षमा सो क्षेत्रमा एक खर्ब भन्दा बढि लगानी भित्रयाउने लक्ष्य समेत औद्योगिक ग्रामको रहेको छ । दिर्घकालिन योजना अनुसार यो काम गर्न थालिएको हो । ब्यवस्थित र औपचारिक रुपमा औद्योगिकग्राम घोषणा गरि त्यसको डिपिआर समेत बनाई काम अगाडी बढाए पछि अहिले सो कार्यमा ढिलाई भएको हो,कि योजना नै अलपत्र परेकोबारे स्थानियले अनभिज्ञता प्रकट गर्दै आएका छन् । वर्दघाट नगरपालिका लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशमा प्रवेश गर्ने नाका पनि हो । औद्योगिक ग्रामलाई पहाडको छेउमा राखिएको छ । प्रदुषणलाई मध्यनजर राखेर बस्ति देखी टाढा राखिएको उनको भनाई थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

    नेकपाका युवा संगठनद्वारा निर्वाचनमा ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन

  • जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

    जेष्ठ नागरिक सम्बन्धी बसुन्धराको प्रतिबद्धता : जेष्ठ नागरिकलाई सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनको सुनिश्चितताका लागि पहल गरिने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0