Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाली कम्युनिष्ट पार्टी काभ्रेको परिचयात्मक बैठक सम्पन्न

प्रभातफेरी अनलाइन ४६९ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २९, आईतबार (३ महिना अघि)
नेपाली कम्युनिष्ट पार्टी काभ्रेको परिचयात्मक बैठक सम्पन्न

काभ्रेपलाञ्चाेक/ नेपाली कम्युनिष्ट पार्टी काभ्रेको परिचयात्मक बैठक सम्पन्न भएको छ । बैठक पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक मजबुतीको सन्देश सहित सम्पन्न भएको हाे ।
बैठक तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव हितमान शाक्य (सुमन)को प्रमुख आतिथ्यतामा तथा तत्कालीन नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव सावित्रा भुसालको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

नेकपा नेता गोकुल गौतमको सञ्चालन तथा केन्द्रीय सदस्य भोला अर्यालको सभापतित्वमा सम्पन्न बैठकमा दैबलाल घिसिङ (अनुशील)ले परिपत्र वाचन गरेका थिए । काभ्रेपलाञ्चोक जिल्लामा रहेका विभिन्न कम्युनिष्ट घटकहरूबीच पहिलोपटक संयुक्त रूपमा बसेको यो बैठकलाई ऐतिहासिक पहलका रूपमा लिइएको सहभागीहरूले बताएका छन् ।

बैठकले आगामी पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एकता सन्देश सभालाई सफल बनाउन काभ्रे जिल्लाबाट कम्तिमा १० हजारको संख्यामा जनपरिचालन गर्ने निर्णय गरेको छ । सहभागी नेताहरूका अनुसार उक्त सभा कम्युनिष्ट आन्दोलनलाई पुनः जनतासँग जोड्ने, फैलिँदै गएको निराशा चिर्ने तथा एकताको सन्देश देशभर विस्तार गर्ने महत्वपूर्ण अवसर हुनेछ ।
बैठकले एकताबद्ध कम्युनिष्ट आन्दोलनमार्फत सामाजिक न्याय, सुशासन र जनताको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको छ ।

 

नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले तोकिएकै मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । काभ्रेको बनेपामा आयोजित परिचय सभामा बोल्दै नेताहरूले आगामी फागुन २१ गतेलाई निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन हुन नसके वर्तमान सरकारप्रति जनविश्वास घट्ने बताएका हुन् ।

नेकपा नेता हितमान शाक्यले सरकारको एउटै मात्र ‘म्याण्डेट’ चुनाव गराउने रहेकाले त्यसमा केन्द्रीत हुन आग्रह गरेका छन् । “फागुन २१ मै निर्वाचन हुनुपर्छ, सरकारले निष्पक्ष र भयरहित रूपमा निर्वाचनको वातावरण बनाउनुपर्छ” “जेनजी प्रदर्शनपछिको अवस्थामा मुलुकलाई नयाँ जनमतसहित अगाडि बढाउन निर्वाचनको विकल्प छैन । संविधान र लोकतन्त्रको रक्षाका लागि पनि निर्वाचन अपरिहार्य छ ।”
अधिकांश पार्टीले निर्वाचनमा जाने निर्णय गरेकाले विस्तारै निर्वाचनको वातावरण बन्दै गएको भन्दै नेता शाक्यले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्यमा जोड दिए । उहाँले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले ५० प्रतिशत युवालाई उम्मेदवार बनाउने बताउनुभएको छ ।

नेकपाका नेता साबित्रा भुसाल निर्वाचनपछि बन्ने सरकारले ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्ने बहाउनुहुदै आफ्नो पार्टी निर्वाचनमा भाग लिन तयार रहेको र एक्लै प्रतिस्पर्धामा उत्रने धारणा राखे।

“घोषित निर्वाचनमा हामी भाग लिन्छौँ, निर्वाचन प्रक्रियामा जेनजी पुस्तालाई समेटेर लैजान्छौँ”, नेता भुसाल भने, “हाम्रो पार्टी आत्माआलोचनासहित जनताका बीच आएको छ, देशव्यापी रूपमा सकारात्मक वातावरण बनेको छ ।”
समयमै चुनाव नभए थप समस्या आउने भन्दै निर्वाचन सफल पार्न नेकपाले सरकारलाई सहयोग गर्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय परिस्थिति समेत नेपालका लागि अनुकुल नभई रहेको जटिल अवस्थामा निर्वाचनको विकल्प नभएको जिकिर समेत नेता भुसालले सम्बोधनका क्रममा व्यक्त गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • भ्रष्टाचार नियन्त्रणका लागि नेकपाको प्रस्ताव: अधिकारप्राप्त उच्चस्तरीय लोकपाल गठन

    भ्रष्टाचार नियन्त्रणका लागि नेकपाको प्रस्ताव: अधिकारप्राप्त उच्चस्तरीय लोकपाल गठन

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0