Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

प्रभातफेरी अनलाइन २१६ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २, बुधबार (३ महिना अघि)
भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

काभ्रेपलाञ्चोक/ भूपूसैनिक शुभकामना बहुउदेश्यीय सहकारी संस्था लिमिटेड काभ्रेपलाञ्चोकको १५ औं साधारणसभा सम्पन्न भएको छ । गत शनिबार स. र.डा. नर्बदा थापा (अ.प्रा.) प्रमुख आतिथ्यतामा सम्पन्न सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले संस्थाको संलग्नता तथा कार्यविधिहरु सहकरीको क्षेत्रमा नमुना रहेको र काभ्रे जिल्लामा बसोबास गर्ने सम्पूर्ण भूपूहरुलाई संस्थामा आबद्ध हुनका लागि आग्रह गर्दै विधिमा चलेका सहकारीहरुमा समस्या नभएको स्पष्ट पार्दै पछिल्लो समय सहकारीका बारेमा जे जति टिका टिप्पणीहरु भएका छन्, त्यसको मूल कारण सञ्चाल समितिहरुको लापर्वाहीको चरम नमुना भएकोले यो सहकारीमा जजसले नेतृत्व गरिरहनुभएको छ उहाँहरु अब्बल सावित भएको प्रस्तुत प्रतिवेदनहरुले प्रमाणित गरेको हुँदा आफुले पनि तत्कालै यो सो संस्थाको सेयर सदस्य बन्न आवेदन गर्नुभएको थियो ।

७१ प्रतिशत शेयर सदस्यहरुको उपस्थितिमा भव्य र सभ्य रुप सम्पन्न भएको उक्त सभाको सभापतित्व गर्दै संस्थाका अध्यक्ष राममणी अधिकारीले संस्थाको वार्षिक गतिविधिहरु र आगामी आर्थिकवर्षमा गरिने कार्यक्रम, संस्थाको विनियम र आन्तरिक कार्यविधि परिमार्जन, सुपथमूल्य पसल सञ्चालन लगायत संस्थाका शेयर सदस्यहरुलाई थप शसक्तिकरण गराउने योजनाहरु प्रस्तुत गर्नुभएको थियो । समारोहमा सचिव मिनबहादुर थापाले संस्थाको सांगठनिक रुवरुप, प्रगति विवरण र भावि योजना प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष बाबुराम घिमिरेले संस्थाको आम्दानी, खर्च एवं नाफासहितको विवरण तथा शेयर सदस्यहरुलाई वितरण गरिने लाभांशका बारेमा प्रस्ट पार्नुहुँदै चालु आर्थिक वर्षको कात्तिक मसान्त सम्म १३ सय ७० जना शेयर सदस्यहरुबाट ५७ लाख १३ हजार ५ सय शेयर, ९ करोड १९ लाख ८५ हजार ९ सय ५२ रुपयाँ बचत संकलन गरि ८ करोड ४५ लाख ६० हजार ४ सय ६५ रुपयाँ कर्जा लगानी गरेको जानकारी दिनुभयो । साथै जगेडा कोषमा ४० लाख १९ हजार २ सय ४० रुपयाँ र अन्य कोषमा २३ लाख ४२ हजार ६ सय ७४ रुपयाँ रहेको र सम्पत्तितर्फ १ लाख ९४ हजार ८ सय ५१ गरी ुल पुँजी १० करोड ६१ लाख ५२ हजार ४ सय ११ रुपयाँ रहेको समेत जानकारी गराउनुभयो । समालोहमा लेखा सुपरिवेक्षणको प्रतिवेनद लेखा समिति संयोजक श्यामहरि अधिकारीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि अतिथिहरुलाई स्वागत संगै संस्थाको पूर्वअध्यक्ष तथा सल्लाहकार पदमबहादुर के.सी.ले संस्थाको ऐतिहासिक पृष्ठभूमीबारे प्रष्ट पार्दै स्वागत गर्नुभएको थियो ।

उक्त सभामा ८५ वर्ष पार गरिसक्नुभएका जेष्ठ नागरिक सदस्य चित्रध्वज थापालाई रु ५००० नगद सहित खादा, न्यानो कपडा, हर्लिक्स सहित सम्मान गरिएको थियो । त्यस्तै ७५ वर्ष पार गर्नुभएका कविप्रसाद अधिकारी, रामबहादुर तामाङ, जेष्ठ नागरिक सदस्यहरुलाई रु १००० सहित, खादा, बुढेसकालको साहरा सहकारीको भहरा भन्दै टेक्ने लौरी वितरण गरिनुका साथ उत्कृष्ट बचतकर्ता मिठाराम कार्की, असल ऋणी विजयसिं ठकुरी लाई समेत सम्मान गरिएको थियो । सहकारीमार्फत शुपथ मूल्य पसल सञ्चालनका लागि साझेदारीका रुपमा घामखेती गुरु लिमिटेका प्रमुख गुरुप्रसाद न्यौपाने र सेनानी मुकेश कार्की (अ.प्र.) ले शुपथ मूल्य पसल सञ्चालनका बारेमा आफ्ना धारणा राख्दै सहकारीको तर्फबाट नमुना योग्य र व्यवसायिक क्षेत्रमा अनुकरणिय कार्य गरेर उपभोक्ताहरुलाई सर्वसुलभरुपमा खाद्यान्न लगायतक सामग्रीहरु पस्कनुका साथै दैनिक उपभोग्य वस्तुमा ठगिनबाट जोगाउने कार्यको थालनी गर्नका लागि संस्थासँग सहकार्य गर्न आफुहरु प्रतिबद्ध रहेको र साधारणभाले यसकिसिमका एजेण्डाहरु सर्वसम्मत रुपमा अनुमोदन गर्ने विश्वास रहको धारणा समेत राखेका थिए । सोही साधारणसभाको बन्दसत्रले आगामी ४ वर्षका लागि सञ्चालक समिति निर्वाचित गरेको छ । समितिको अध्यक्षतामा राममणी अधिकारी, उपाध्यक्ष मिनबहादुर थापा, सचिव राजु सिग्देल, कोषाध्यक्ष चित्रबहादुर थापा, सदस्यहरूमा रामकृष्ण पौडेल, गोपाल श्रेष्ठ, मिठाराम कार्की, दिलकुमारी खत्री काफ्ले र चमेली गिरी, लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा पुनः श्यामहरि अधिकारी र सदस्यद्वय रामेश्वर खत्री र विश्वनाथ सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0