समानुपातिकको मर्म बचाउँदै प्रचण्ड नेतृत्वको नेकपा !
प्रभातफेरी अनलाइन२८० पटक पढिएको | २०८२ पौष १८, शुक्रबार
काठमाडौँ /पछिल्लो समय राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीलाई आफ्ना नातागोता र पहुँचवालाहरूको ‘भर्ती केन्द्र’ बनाएको आरोप लागिरहेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भने फरक बाटो रोजेको छ।
मुलुकका ठूला दलहरूमा समानुपातिक सूचीलाई लिएर तीव्र असन्तुष्टि चुलिइरहँदा नेकपाले भने यसपटक वास्तविक उत्पीडित र सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर समानुपातिक प्रणालीको सदुपयोग गरेको दाबी गरेको छ।
चेपाङ समुदायका मंगलसिंह प्रजा सूचीमा
नेकपाले बुझाएको बन्दसूचीमा सबैभन्दा चर्चाको विषय चेपाङ समुदायका मंगलसिंह प्रजा को नाम बनेको छ। राज्यको मूल प्रवाहबाट सधैँ टाढा पारिएको र निकै कष्टकर जीवन बिताइरहेको अति सीमान्तकृत चेपाङ समुदायबाट प्रजालाई उम्मेदवार बनाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। “अरुले सत्ता र शक्तिको आडमा आफ्ना मान्छे हुले, हामीले जंगल र कन्दमूलमा आश्रित समुदायको प्रतिनिधि खोज्यौँ,” नेकपाका एक नेताले बताए।
पहुँचवालालाई निषेध, विज्ञ र शहीद परिवारलाई स्थान
नेकपाले यसपटक “एक पटक अवसर पाएकालाई नदोहोर्याउने” नीति कडाइका साथ लागू गरेको छ। पार्टीका अनुसार यसअघि मन्त्री वा सांसद भइसकेका कसैलाई पनि समानुपातिक सूचीमा राखिएको छैन। सूचीमा रहेका अन्य मुख्य नामहरू यस्ता छन्:
विज्ञ र अधिकारकर्मी: मानव अधिकारकर्मी मित्र परियार, पूर्वराजदूत प्रमेश हमाल र विज्ञ परशुराम तामाङ।
युवा र विद्यार्थी: पूर्व विद्यार्थी अध्यक्ष पञ्चा सिंह र उद्यमीहरू।
उत्पीडित वर्ग: पूर्व जनमुक्ति सेनाकी कमाण्डर कमला नहर्की र अल्पसंख्यक समुदायका प्रतिनिधिहरू।
अरु दलमा ‘दुरुपयोग’, नेकपामा ‘समावेशीकरण’
रास्वपा लगायतका दलहरूमा नेताका आफन्त र ‘स्वार्थ समूह’ का मानिसहरू सूचीमा परेको भन्दै पार्टीभित्रै विद्रोह भइरहेका बेला प्रचण्डले भने आफ्नो पार्टीमा ‘भुइँमान्छे’ हरूलाई समेटेर राजनीतिक सन्देश दिन खोजेका छन्। नेता वर्षमान पुनका अनुसार पार्टीले शहीद परिवार, अल्पसंख्यक, मुस्लिम, र पिछडिएको क्षेत्रका नयाँ अनुहारलाई प्राथमिकता दिएको छ।
”समानुपातिक भनेको नेताका श्रीमती वा व्यापारी थन्क्याउने ठाउँ होइन, यो त मंगलसिंह प्रजाहरू जस्ता आवाजविहीनहरूको आवाज संसदसम्म पुर्याउने पुल हो।” –