Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

प्रभातफेरी अनलाइन १४१ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ २९, बुधबार (१ महिना अघि)
नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) महाभारत गाउँपालिका समितिको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न भएको छ। महाभारत गाउँपालिका–६ देविटारमा आयोजित उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार दिननाथ गौतम र समानुपातिकतर्फकी उम्मेदवार मिना पाख्रिनको पनि सहभागिता रहेको थियो।

प्रमुख अतिथि दोङले पार्टी संगठनलाई जनस्तरसँग मजबुत रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै राजनीति सत्तामुखी होइन, जनजीवन परिवर्तनमुखी हुनुपर्ने धारणा राख्नुभयो। उहाँले स्थानीय उत्पादनको प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्र निर्माण, स्रोत–साधनको समुचित उपयोग र जनअधिकारलाई केन्द्रमा राखेर राजनीतिक अभ्यास अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

 

भेलामा सहभागी नेताहरू तथा अगुवा कार्यकर्ताहरूले पार्टी संगठन सुदृढीकरण, निर्वाचन तयारी र जनतासँगको सम्बन्ध विस्तारका विषयमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए। आगामी निर्वाचनलाई लक्षित गर्दै स्थानीय तहमा पार्टीको पकड अझ बलियो बनाउने लक्ष्यका साथ गतिविधि अघि बढाइएको नेताहरूले बताए।

नेकपाले काभ्रेपलाञ्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं–१ लाई समृद्धिको दिशामा अघि बढाउने उद्देश्यसहित व्यवहारिक र जनमुखी राजनीतिक दृष्टिकोण अघि सारेको जनाएको छ। पार्टीले जनसहभागिता, समावेशी विकास र समानताको मूल्यलाई नीति निर्माणको आधार बनाएको उल्लेख गरिएको छ।

पार्टीले जनजाति, आदिवासी, महिला, दलित तथा पछाडि पारिएका समुदायको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। विविध जातीय, सांस्कृतिक र सामाजिक पहिचानलाई राष्ट्रिय शक्तिका रूपमा स्वीकार गर्दै नीति तथा कार्यक्रम अघि बढाइरहेको दाबी गरिएको छ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार दिननाथ गौतमले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउने, कृषि, पर्यटन र स्थानीय स्रोतको विकासमा जोड दिने, योजना निर्माण र कार्यान्वयनमा जनताको सहभागिता तथा निगरानी सुनिश्चित गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“जनताको साथ भए कुनै लक्ष्य असम्भव हुँदैन,” भन्दै उहाँले काभ्रे क्षेत्र नं–१ लाई आत्मनिर्भर, समृद्ध र न्यायपूर्ण समाजतर्फ लैजाने दृढ संकल्प व्यक्त गर्नुभयो।

उक्त भेलामा केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं–१ निर्वाचन समिति संयोजक गंगा बहादुर दोङ (बमध्वज), माननीय रत्नप्रसाद ढकाल, समानुपातिक उम्मेदवार मिना पाख्रिन, दैवलाल घिसिङ (अनुशील), सुजन लामा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार), गाउँ कमिटी अध्यक्ष मीन बहादुर वाइबा, विजय लामा, यसु लामा लगायत केन्द्रीय, जिल्ला, गाउँपालिका र वडा तहका नेताहरू तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सुर्यमान दोङ (लालध्वज), गंगा बहादुर तामाङ (बमध्वज), रत्नप्रसाद ढकाल, यसु लामा, दैवलाल घिसिङ (अनुशील), मिना पाख्रिन, विजय मोक्तान र कान्छालाल जिम्बा (संसार) लगायतले सम्बोधन गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0