प्रभातफेरी अनलाइन ८२ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ९, शनिबार (१० घण्टा अघि)
काठमाडौँ/ नेपाली कम्युनिष्ट पार्टी बर्दिया क्षेत्र नं. १ का उम्मेदवार विष्णु प्रसाद चौधरीले आफु निर्वाचित भएमा ९ वर्ष अघि नै भत्केर अलपत्र रहेको जब्दीघाट, जुरपानी खोला, अछरिया खोलामा नयाँ पुलहरू निर्माण गर्ने प्रतिबद्धता गरेका छन् । उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नीतिगत सुधारका पहल गर्ने साथै मानव सुरक्षा योजना बनाई कार्यान्वयन गरिने बताएका छन् ।
बढैया ताल, सतखलुवा ताल संरक्षण, कृष्णसार संरक्षण केन्द्रको सम्बद्र्धन र विकासको गुरु योजना निर्माण तथा कार्यान्वयन गरी पर्यटकीय गन्तव्य बनाइने उनको प्रतिबद्धता छ । सिकलसेल ऐनिमिया पहिचान, नियन्त्रण र रोकथामको लागि सिकलसेल उपचार केन्द्र स्थापना गरिने उनको उल्लेख छ । वारबर्दियामा रहेको सहिद विष्णु–धनी बहुप्राविधिक शिक्षालयमा संकाय र प्रविधि थप गरी बर्दियाकै केन्द्र बनाइने प्रतिबद्धता छ । बबई, भादा, मानखोला लगायतका नदिहरूमा तटबन्धन कार्यलाई प्राथमिकता दिइने, निजी क्षेत्रलाई प्रोत्साहन गर्न बाँसगढीको पुर्वी भागलाई औधोगिक क्षेत्र घोषणा गर्ने, गुलरिया रजनवा नाकालाई मुख्य भन्सार बनाइने र लघुवित्त, मिटरव्याज पीडितलाई न्याय दिलाउन नीतिगत सुधारमा पहल गर्ने उनको प्रतिबद्धता छ ।
चौधरी थारु समयको हक र अधिकारका निम्ति लामो समयदेखि लड्दै आएका छन् । उनी पहिलो संविधानसभामा संविधानसभा सदस्य थिए भने थारु आयोगको अध्यक्ष समेत भइसकेका छन् । कमैया र कमलहरीको पुनस्र्थापना तथा पीडितका लागि कानुनी उपचार लगायतमा पनि उनले योगदान दिएका छन् । आफ्नो सम्पूर्ण जीवन राजनीतिक संघर्षमा बिताएका चौधरीले निर्विवाद व्यक्तित्वको छवि बनाएका छन् ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |