Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चुनाव नजिकिँदै गर्दा रास्वपा परित्याग गर्नेहरुको लर्को

‘पार्टी कब्जा भएको र बाहिरैबाट सञ्चालन भएको’ आरोप, चुनावी परिणाममा असर पर्ने भन्दै रास्वपा पंक्ति आतंकित

प्रभातफेरी अनलाइन ५ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ११, सोमबार (८ घण्टा अघि)
चुनाव नजिकिँदै गर्दा रास्वपा परित्याग गर्नेहरुको लर्को

काठमाडौँ  २१ फागुनको प्रतिनिधि सभाको चुनाव नजिकिदैँ गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद छताछुल्ल हुँदै गइरहेको छ । पार्टी स्थापनाकालिन नेताहरुले एकपछि अर्को गर्दै पार्टी परित्याग गरिरहेका छन् । सुशासनको चर्का चर्का नारा लगाउने रास्वपाभित्र सुशासन कायम हुन नसकेको, टिकट वितरणमा आर्थिक चलखेल भएको लगायतका आरोप लगाएर स्थानीय, जिल्ला, प्रदेश हुँदै केन्द्रीय राजनीतिमा सक्रिय रास्वपा नेताहरु बाहिरिन थालेका हुन् । यसरी पार्टी परित्याग गर्नेहरु कतिपय अन्य पार्टीमा प्रवेश गरिरहेका छन् भने कतिपय निस्क्रिय छन् । रास्वपाले केही दिन अघि मात्रै सार्वजनिक गरेको बाचा पत्रलाई थिति बसाल्ने सङ्कल्प भनेको छ । तर पार्टी थितिमा नचलेको, व्यक्ति विशेषले पार्टी कब्जा गरेको भन्दै रास्वपामा तिव्र असन्तुष्टि छ । दिन प्रतिदिन पार्टी भित्र असन्तुष्टि बढ्दै जाँदा र पार्टी परित्याग गर्नेहरु बढ्दै जाँदा जनमानसमा नकारात्मक असर पर्न सक्ने र चुनावी परिणाम नै प्रतिकुल हुने भन्दै रास्वपा पंक्ति आतंकित देखिएको छ ।

यता, देशव्यापी दौडाहा गरिरहेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले सम्बन्धित प्रदेश, जिल्ला र स्थानीय पार्टी कमिटीसँग सल्लाह नगरी व्यक्तिगत तवरले जाने गरेको भन्दै पार्टी पंक्ति आक्रोशित बनेका रास्वपा नेताहरुले बताउने गरेका छन् । शाहले आफु निकटका व्यक्तिहरुलाई मात्रै सघाउने र तर रास्वपाका संस्थापक नेताहरुलाई वास्ता नगर्ने गरेको भन्दै नेताहरु असन्तुुष्ट बनेका हुन् । यस विषयमा सभापति रवि लामिछानेसँग नेताहरुले असन्तुष्टि राखिसकेको बताइएको छ । जवाफमा लामिछानेले चुनावसम्मका लागि बाध्यात्मक परिस्थिति भन्दै कार्यकर्ताहरुलाई थामथुमको प्रयास गरिरहेका छन् ।

सोमबार(आज) मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पार्टी छाडेर नेपाली कांग्रेस प्रवेश गरे । पराजुली २०७९ को प्रतिनिधि सभा चुनावमा रास्वपाको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । यसपटकको चुनावमा भने टिकट वितरणमा आर्थिक चलखेल भएको आरोप लगाउँदै उनले पार्टी परित्याग गरेका हुन् । उनले पार्टीले पुँजीवादी सोँच बोकेको आरोप लगाएका छन् ।

चुनावकै बिचमा रास्वपाबाट एनआरएए विभाग उपप्रमुख प्रणयशमसेर राणा, केन्द्रीय वित्त विभाग दिनेश आचार्य, बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँ, मधेश प्रदेश संस्थापक सभापति ममता शर्मा, रास्वपा संस्थापक सदस्य उर्मिला भुर्तेल, नुवाकोट जिल्ला सदस्य अशोक कुुमार थापा, नुवाकोट जिल्ला सदस्यद्वय पवन चौधरी र कमला रावल पाण्डे लगायत छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

  • काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

  • भ्रष्टाचार नियन्त्रणका लागि नेकपाको प्रस्ताव: अधिकारप्राप्त उच्चस्तरीय लोकपाल गठन

    भ्रष्टाचार नियन्त्रणका लागि नेकपाको प्रस्ताव: अधिकारप्राप्त उच्चस्तरीय लोकपाल गठन

  • ऐतिहासिक मोडको निर्वाचन: नारा कि परिणाम, जिताउने कि नजिताउने?

    ऐतिहासिक मोडको निर्वाचन: नारा कि परिणाम, जिताउने कि नजिताउने?

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    चुनाव नजिकिँदै गर्दा रास्वपा परित्याग गर्नेहरुको लर्को

    चुनाव नजिकिँदै गर्दा रास्वपा परित्याग गर्नेहरुको लर्को

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    काभ्रे/काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन जहिल्यै रोचक हुने गर्छ

    भ्रष्टाचार नियन्त्रणका लागि नेकपाको प्रस्ताव: अधिकारप्राप्त उच्चस्तरीय लोकपाल गठन

    भ्रष्टाचार नियन्त्रणका लागि नेकपाको प्रस्ताव: अधिकारप्राप्त उच्चस्तरीय लोकपाल गठन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0