प्रभातफेरी अनलाइन ५६ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन १८, सोमबार (१७ घण्टा अघि)
काठमाडौ /नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक संजालमा फैलाइएको भ्रमका पछि नलाग्न नेत्ता,कार्यकर्ता तथा शुभचिन्तक मतदातालाई अनुरोध गर्नु भएको छ
एकाएक सामाजिक संजालमा भ्रम छरेको सार्वजनिक भए पछि बिहिवार झापा क्षेत्र नम्बर ५ मा कुनै पनि दलसँग सहकार्य नहुने स्पष्ट पार्नु भएको छ ।
बिहीबार झापा–५ का उम्मेदवार रन्जित तामाङलाई टेलिफोन सम्पर्क गर्दै उनले सामाजिक सञ्जालमा फैलिएको गठबन्धनसम्बन्धी हल्ला नपत्याउन र सक्रिय रूपमा चुनावी अभियानमा लाग्न निर्देशन दिनु भएको छ ।
प्रचण्डसँग केहीबेर अघि मात्रै फोनवार्ता भएको पुष्टि गर्दै तामाङले बाहिर बजारमा फैलिएको कांग्रेस–एमालेसँगको सम्भावित गठबन्धनबारेको चर्चा असत्य रहेको बताएका छन् । “मैले अध्यक्षसँग भर्खरै कुराकानी गरेँ। बाहिर जे बजारमा हल्ला आएको छ, कहीँ पनि एलायन्स हुँदैन,” तामाङले नेत्ता प्रचण्डको भनाइ उद्धृत गर्दै भने, “कुनै पनि छलफल, कुराकानी भएको छैन र हुँदैन पनि। हामी दृढतापूर्वक लागौँ भन्नुभएको छ।”
फोनवार्ताका क्रममा नेत्ता प्रचण्डले पार्टी पंक्तिलाई भ्रममा नपरी चुनावी मैदानमा सक्रिय रहन आग्रह गरेको तामाङले जानकारी गराएका छन् । उहाँले पूर्व क्षेत्रमा विशेष सभा आयोजना गर्ने तयारीबारे पनि अध्यक्षलाई अवगत गराएको बताएका छन् । “देशभर कार्यक्रम गर्नुपर्यो। विशेषगरी झापामै एउटा सभा राख्नुपर्यो भनेर मैले आग्रह गरेको छु,” तामाङले भने, “यहाँको चुनावी रिपोर्टिङ पनि उहाँलाई गराएँ।” बताएका छन् ।
बुधबार काठमाडौंमा बुद्धिजीवीहरूसँगको एक छलफलमा प्रचण्डले विदेशी शक्तिहरूलाई परास्त गर्न आवश्यक परे कांग्रेस र एमालेसँग पनि संवाद गर्नुपर्ने बताएका थिए। “सिंहदरबार जलाउने दलालहरूबाट देश, संविधान र शान्ति प्रक्रिया बचाउनुपर्दा कांग्रेस र एमालेसँग पनि कुरा गर्नुपर्नेछ,” उहाँले भनेका थिए। यही अभिव्यक्तिलाई लिएर झापा–५, दाङ–२ लगायत क्षेत्रमा सम्भावित गठबन्धनको चर्चा सुरु भएको हौवा(भ्रम) फिजाइएको संवादका क्रममा नेत्ता तामाङले बताएका छन ।
तर झापा–५ मा कुनै पनि प्रकारको सहकार्य नहुने र स्वतन्त्र रूपमा चुनाव लड्ने नेकपाको अडान प्रचण्डले फोनमार्फत स्पष्ट पारेको तामाङको भनाइ छ। उहाँले पार्टी संगठनलाई एकताबद्ध भएर अभियानमा जुट्न निर्देशन दिएको पनि जानकारी गराएका छन्।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |