logo
२०८३ श्रावण २०, बुधबार |
📰
🔍

नेप्से १२.२६ अंकले घट्यो

प्रभातफेरी अनलाइन६७ पटक पढिएको | २०८३ अषाढ १, सोमबार
नेप्से १२.२६ अंकले घट्यो

काठमाडौँ, धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १२.२६ अंकले घटेर २,७११.७६ विन्दुमा झरेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.९६ अंकले घटेर ४६६.१३ विन्दुमा सीमित भएको छ।

आज ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ पुगेको छ।

कारोबारमा ७३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। त्यसपछि एनबिबिएल डिबेञ्चर, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल नेपाल र रिलायन्स स्पिनिङ मिल्स शीर्ष पाँचमा परेका छन्।

आज सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, एसवाई प्यानल नेपाल र डोल्टी पावर कम्पनी का लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्। यता ग्रीन डेभलपमेन्ट बैंक, रावा इनर्जी डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र नेपाल फाइनान्स का लगानीकर्ताले सर्वाधिक घाटा बेहोरेका छन्।