logo
२०८३ श्रावण १, शुक्रबार |
📰
🔍

एआई प्लेटफर्म ‘स्प्रिङबेस एआई’ नेपालमा आधिकारिक रूपमा उपलब्ध

प्रभातफेरी अनलाइन२७ पटक पढिएको प्रकाशित मिति: १ महिना अघि (१ महिना अघि)
एआई प्लेटफर्म ‘स्प्रिङबेस एआई’ नेपालमा आधिकारिक रूपमा उपलब्ध

काठमाडौँ, अमेरिकास्थित इनोभेन्चर्स एआई इंकले आफ्नो पूर्ण एआई अपरेटिङ सिस्टम ‘स्प्रिङबेस एआई’ नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। विश्वभरका व्यवसायिक संस्था र प्रोफेसनलहरूले प्रयोग गर्दै आएको यो प्लेटफर्म अब नेपाली प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको कम्पनीले जनाएको छ।

स्प्रिङबेस एआईले कम्पनीको ज्ञान, कागजात र बैठकका विवरणलाई रिपोर्ट, परियोजना योजना, प्रस्ताव, ड्यासबोर्ड तथा स्वचालित कार्यप्रवाहमा रूपान्तरण गर्न सहयोग गर्ने बताइएको छ। कम्पनीका अनुसार यसले एआई उपकरणहरूबीच समन्वय गर्दै लक्ष्यअनुसार कार्य योजना र नतिजा प्रदान गर्ने एकीकृत समाधान उपलब्ध गराउँछ।

नेपालमा यो सेवा प्रतिमहिना रु १,४९९ (करसहित) मा उपलब्ध हुनेछ भने माइन्ड स्न्याकले स्थानीय साझेदारका रूपमा तालिम, कार्यान्वयन र प्राविधिक सहयोग प्रदान गर्नेछ।