logo
२०८३ श्रावण १९, मंगलबार |
📰
🔍

लगातार दोस्रो दिन नेप्से घट्यो

प्रभातफेरी अनलाइन६३ पटक पढिएको | २०८३ अषाढ २, मंगलबार
लगातार दोस्रो दिन नेप्से घट्यो

काठमाडौँ, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन पनि घटेको छ। आज नेप्से ६.३१ अंकले घटेर २,७०५.४५ विन्दुमा पुगेको छ। सोमबार पनि बजार १२.२६ अंकले घटेको थियो।

आजको कारोबारमा ८० कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

बजारमा कुल ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कुल १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर ५८ हजार ११६ पटक किनबेच भएको नेप्सेले जनाएको छ।

आज सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। दोल्ती पावर, बुंगल हाइड्रो र मेन्छियम हाइड्रो उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परेका छन्।

त्यस्तै सयपत्री हाइड्रो, युनिक नेपाल लघुवित्त, एनएमबी डिबेन्चर, कालिन्चोक हाइड्रो र रिलायन्स स्पिनिङ मिल्सलगायतका कम्पनी उच्च गुमाउने सूचीमा परेका छन्।

समूहगत सूचकतर्फ म्युचुअल फन्ड ०.०५ प्रतिशत र व्यापार समूह ०.३१ प्रतिशतले बढे पनि बाँकी ११ समूहको सूचक भने राताम्मे देखिएको छ।